संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोणसभा एवं घरदैलो सम्पन्न
सुकुम्बासी बस्तीमा बहिष्कारको लहर ! नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ( बहुमत ) सहित चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीले बहिष्कारको अपिल गर्दै कोण सभा एवं घरदैलो सम्पन्न गरेको छ । बुधबार सुस्ता-१ फेचुहाको ठुलो टोलामा कोण सभा एवं घर दैलो गरिएको संयुक्त संघर्ष समिति नवलपरासीले जनाएको छ । उक्त सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष समितिको जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्राकपा नेपालका सुस्ता संयोजक सोम बहादुर बिश्वकर्मा , गोबिन्द बहादुर साठीघरे , क्रान्तिकारी संयुक्त मोर्चाका कमल हरिजनलगायतको सक्रियतामा गाउँमा कोण सभा र बहिष्कारको अपिल सहित घरदैलो कार्यक्रम भएको हो । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय…