Blog

इजरायलले गर्याे इरानमा आक्रमण, दुई इरानी सेनाको मृत्यु

इजरायलले गर्याे इरानमा आक्रमण, दुई इरानी सेनाको मृत्यु

काठमाडौँ : इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ । इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ । सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भनेको छ- ‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ । आपराधिक यहूदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिक मारिए ।’ इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ भनेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ लाई उद्धृत…
Read More
सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

साहित्य : संस्मरण (सहिदगाथा) २००२ साल चैत १६ गते जन्मनुभएका क. दीपेन्द्र लमजुङ हुँदै चितवन, गीतानगर ३ पृथ्वीनगरमा बसाई सरी स्थायी बसोबासका रूपमा बस्दै आउनुभयो । शैक्षिक रूपमा एमएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका क. दीपेन्द्र सानैदेखि भलाद्मी, तिक्ष्ण प्रकारको चेतना भएका कारण समाजमा भएका विकृति, विसङ्गति, असमानता, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेद जस्ता विषयहरूप्रति अत्यन्तै गहिरो अध्ययन अनुसन्धान गर्न पुग्नुभएको पाइन्छ । समाजमा देखिएका तमाम समस्याको वैज्ञानिक रूपमा समाधान के हुन सक्छ भनेर खोज गर्दै जाँदा विश्वका कतिपय देशहरूमा चल्दै गरेका वर्ग सङ्घर्ष स्थापित हुँदै गरेका सर्वहारा वर्गीय सत्ताले स्थापित गरेका मूल्य मान्यता र उत्पादन तथा वितरण प्रणाली…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

काठमाडौं : एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन'ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा यहाँ उल्लेखित लगायत सम्पूर्ण उद्योगहरु पुनर्सञ्चालन गरी थप विकास गर्न, देशमा रोजगारी नपाएर अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिएको श्रम शक्तिलाई फिर्ता बोलाई यी उद्योगहरुमा रोजगारी दिन र राष्ट्रिय पुँजीको विकास गर्न सम्बन्धित निकायसँग विशेष माग गर्दछौँ । यदि नेपाली जनताको यो मागप्रति बेवास्ता गरियो भने हाम्रो…
Read More
जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले आज एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी जनताका विरुद्ध इजरायली फासिवादी सरकारले गरिरहेको व्यापक नरसंहारको विरोधमा एकजुट भएर आवाज उठाउन अपिल गर्नुभएको छ । संयोजक दुःखीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘प्यालेस्टिनी जनताको स्वाधीनता, स्वतन्त्रता र मानवीय अधिकारको समेत हनन् गरी साम्राज्यवादी अमेरिकाको समर्थन र सहयोगमा इजरायलद्वारा प्यालेस्टिनी जनतामाथि हुँदै आएको बर्बर आक्रमण, हत्या र घरबारविहीन बनाउने कुकृत्यको हाम्रो सङ्गठन तीव्र भ्रत्सना र निन्दा गर्दछ ।’ विज्ञप्तिमा दुःखीले इजराल सरकारले प्यालेस्टिनी जनतालाई उनीहरुको आफ्नो मातृभूमिबाट लामो समयदेखि विस्थापित गरिएको र आफ्नै भूमिमा…
Read More
‘वीपी कोइराला स्मृति कप टी–२०’ भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

‘वीपी कोइराला स्मृति कप टी–२०’ भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

प्रकाश न्यौपाने/भैरहवा : ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको…
Read More
राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र

राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासी , ५ नं. प्रदेशमा र बारा पर्सामा पनि पार्टीको राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र बनाएको छ । यसै साताबाट अभियानात्मक रुपले प्रचारप्रसारलाई तीब्र बनाउदै पार्टीले ठाउँ ठाउँमा व्यानर, भित्तेलेखन, पर्चा वितरण गरेको जनाएको छ । सो क्रममा बर्दघाटको बसपार्क, एस मोड, चिसापानी, बेतहानी, चौपत्ता, भुताहा लगायतको क्षेत्रमा व्यानर तथा भित्ते लेखन र सरावलको भगडा, तुलसीनगर, बासाबसही, सुनवलको हरकट्टा, भुमही, स्वाठी, रमवापुर, ज्यामिरेमा भित्ते लेखन तथा रामग्रामको बुद्धचोकमा व्यानर तथा भित्ते लेखन र रामग्राम कै बजार क्षेत्र एवं हुलासी क्षेत्रमा भित्ते लेखन सम्पन्न गरिएको सेक्रेटरी पाण्डेयले जानकारी दिनुभयो । त्यसैगरी ५ नं. प्रदेशका विभिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानको जिल्ला एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानको जिल्ला एकता भेला सम्पन्न

सल्यान : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला एकता भेला कात्तिक ६ गते सम्पन्न भएको छ । भेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सल्यान इन्चार्ज लालध्वज पुन र केन्द्रीय सदस्य मोतिराम खड्काको उपस्थिति रहेको थियो । भेलाले श्रीधर बस्नेतको नेतृत्वमा ११ सदस्सीय़ जिल्ला संगठन समिति निर्माण गरेको छ ।
Read More
आइकोरको पाँचौ विश्व सम्मेलन सम्पन्न

आइकोरको पाँचौ विश्व सम्मेलन सम्पन्न

काठमाडौं : “आइकोर सँगै अगाडि बढौ! मुक्ति, जनतन्त्र, स्वतन्त्रता र समाजवादको सङ्घर्षमा अगाडि बढौँ !” भन्ने नारा सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (आई. सि. ओ.आर. अर्थात आइकोर )को ५ औं विश्व सम्मेलन २०२४ सेप्टेम्बरमा युरोपमा सम्पन्न भएको छ । सो कुरा आइकोरद्वारा जारी घोषणामा उल्लेखित छ । ५० प्रतिशत भन्दा बढी सदस्य पार्टी तथा संगठनहरूको उपस्थिति भएकाले विश्व सम्मेलनका लागि कोरम पुगेको थियो । सम्मेलनमा २७ देशका प्रतिनिधि र जम्माजम्मी ३२ प्रतिनिधिमण्डलहरूले भाग लिएका थिए । अन्तर्राष्ट्रिय सम्मेलन आयोजक (आइसिसि) को निमन्त्रणामा पाँच अतिथि संगठनहरूले भाग लिएका थिए । साम्राज्यवादी विश्व व्यवस्थामा तीव्र परिवर्तन भइरहेको अहिलेको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दोलखाको सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दोलखाको सम्मेलन सम्पन्न

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाको जिल्ला सम्पन्न भएको छ । सम्मेलनले महािधवेशन आयोजक समिति सदस्य गोविन्द काफ्लेलाई सेक्रेटरीमा निर्वाचित गरेको छ । सम्मेलनको उदघाटन पार्टीका कार्यलय सदस्य तथा ३ नं संयोजक अटलले गरेका थिए । सम्मेलनले ३ जना पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । दोलखा पार्टीका संयोजक अभियानको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई पार्टीका सचिवालय सदस्य पुर्ण व. खडका, महाधिवेसन आयोजक समिति सदस्य तथा रामेछाप सेक्रेटरी लाङगाली मगर तथा दोलखाका माओवादी नेता ईश्वर थापाले शुभकामना दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि अटलले एकता महाधिवेशनबाट क्रान्ति सम्पन्न गर्न लायक क्रान्तिकारी पार्टी निर्माण गर्ने र क्रान्तिकारी कार्यदिशा पारित…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बाँकेको एकता सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बाँकेको एकता सम्मेलन सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके जिल्लाको जिल्ला सम्मेलन नेपालगञ्जमा २०८१ कार्तिक पाँच गते गुणानीधि आचार्यको अध्यक्षता, केन्द्रीय कार्यालय सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यता ,हरी न्यौपानेको सञ्चालन र सागरको स्वागतमा सम्पन्न भएको छ । अन्य अतिथिहरुमा शशिधर भण्डारी , दिपक शाही, बालकृष्ण ओली ,विपिन ,भुकम्प ,सरद , खड्गबहादुर मल्ल लगायत रहेका थिए । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारण गरी अगाडि बढेको कार्यक्रममा अतिथिहरुले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई सही ढंगले अगाडिबढाउनु पर्नेमा जोड दिए । सम्मेलनबाट गुणानिधि आचार्य सेके्रटरी रहने गरी ३७ सदस्सीय जिल्ला समिति बाँके समिति गठन गरेको छ ।
Read More