काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासी , ५ नं. प्रदेशमा र बारा पर्सामा पनि पार्टीको राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र बनाएको छ ।

यसै साताबाट अभियानात्मक रुपले प्रचारप्रसारलाई तीब्र बनाउदै पार्टीले ठाउँ ठाउँमा व्यानर, भित्तेलेखन, पर्चा वितरण गरेको जनाएको छ ।

सो क्रममा बर्दघाटको बसपार्क, एस मोड, चिसापानी, बेतहानी, चौपत्ता, भुताहा लगायतको क्षेत्रमा व्यानर तथा भित्ते लेखन र सरावलको भगडा, तुलसीनगर, बासाबसही, सुनवलको हरकट्टा, भुमही, स्वाठी, रमवापुर, ज्यामिरेमा भित्ते लेखन तथा रामग्रामको बुद्धचोकमा व्यानर तथा भित्ते लेखन र रामग्राम कै बजार क्षेत्र एवं हुलासी क्षेत्रमा भित्ते लेखन सम्पन्न गरिएको सेक्रेटरी पाण्डेयले जानकारी दिनुभयो ।

त्यसैगरी ५ नं. प्रदेशका विभिन्न ठाउँहरुमा र बारा पर्सामा पनि राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र छ ।
