काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाको जिल्ला सम्पन्न भएको छ । सम्मेलनले महािधवेशन आयोजक समिति सदस्य गोविन्द काफ्लेलाई सेक्रेटरीमा निर्वाचित गरेको छ । सम्मेलनको उदघाटन पार्टीका कार्यलय सदस्य तथा ३ नं संयोजक अटलले गरेका थिए । सम्मेलनले ३ जना पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

दोलखा पार्टीका संयोजक अभियानको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई पार्टीका सचिवालय सदस्य पुर्ण व. खडका, महाधिवेसन आयोजक समिति सदस्य तथा रामेछाप सेक्रेटरी लाङगाली मगर तथा दोलखाका माओवादी नेता ईश्वर थापाले शुभकामना दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि अटलले एकता महाधिवेशनबाट क्रान्ति सम्पन्न गर्न लायक क्रान्तिकारी पार्टी निर्माण गर्ने र क्रान्तिकारी कार्यदिशा पारित गर्ने विश्वास व्यक्त गरे।