काठमाडौं : “आइकोर सँगै अगाडि बढौ! मुक्ति, जनतन्त्र, स्वतन्त्रता र समाजवादको सङ्घर्षमा अगाडि बढौँ !” भन्ने नारा सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (आई. सि. ओ.आर. अर्थात आइकोर )को ५ औं विश्व सम्मेलन २०२४ सेप्टेम्बरमा युरोपमा सम्पन्न भएको छ । सो कुरा आइकोरद्वारा जारी घोषणामा उल्लेखित छ । ५० प्रतिशत भन्दा बढी सदस्य पार्टी तथा संगठनहरूको उपस्थिति भएकाले विश्व सम्मेलनका लागि कोरम पुगेको थियो । सम्मेलनमा २७ देशका प्रतिनिधि र जम्माजम्मी ३२ प्रतिनिधिमण्डलहरूले भाग लिएका थिए । अन्तर्राष्ट्रिय सम्मेलन आयोजक (आइसिसि) को निमन्त्रणामा पाँच अतिथि संगठनहरूले भाग लिएका थिए । साम्राज्यवादी विश्व व्यवस्थामा तीव्र परिवर्तन भइरहेको अहिलेको स्थितिमा गहिरो वैचारिक–राजनीतिक बहस गर्दै यो सम्मेलन सम्पन्न भएको घोषणामा जनाइएकोछ । त्यसले वहसको सर्वहारा संस्कृतिलाई चित्रित गरेको पनि घोषणामा जनाइएकोछ ।

विश्व सम्मेलनको क्रममा,विश्व सम्मेलन हुनु भन्दा पहिले युरोप र एशियाको महादेशीय सम्मेलन अफ्रिका र अमेरिकाका महादेशीय बैठक तथा मध्य पूर्वको क्षेत्रीय बैठक सम्पन्न भएको थियो । सहभागी सङ्गठनका क्रान्तिकारी युवाहरूले चौथो आईसीओआर विश्व सम्मेलन देखि हालसम्म ज्यान गुमाएका माक्र्सवादी–लेनिनवादी र क्रान्तिकारीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । विश्व सम्मेलनमा प्रारम्भिक निर्णयहरू बहुमत द्वारा लिइएको बताइएकोछ । विश्व सम्मेलनमा आइसीओआरका संयोजक, युरोप तथा अफ्रिकाका संयोजक र वित्तीय अधिकारी समेतको अध्यक्ष मण्डल निर्वाचित गरिएको थियो।
सुरुको दुई दिनको कार्यक्रममा मुख्य संयोजकको परिचयात्मक भाषण, प्रत्येक प्रतिनिधिमण्डलको देशको प्रतिवेदन ( कन्ट्री रिपोर्ट) , विश्वको आर्थिक र राजनीतिक अवस्थाका साथै अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति (आईसीसी)को प्रतिनिधिहरुका प्रस्तुत भइ सर्वसम्मतिले पारित भएका थिए । ३२ देशका प्रतिवेदनहरूको छोटो छोटो प्रस्तुतिले छलफललाई समृद्ध बनाएको थियो ।
धेरै साथीहरूले विगतको चौथो विश्व सम्मेलन र यसका निर्णयहरूको कार्यान्वयन र अनुभवहरूबारे प्रतिवेदनमा थपिनु पर्दछ भन्ने कुरा राख्नु भएको थियो र त्यसमा सहमति कायम पनि भएकोथियो । सम्मेलनमा धेरै कमरेडहरूले साम्राज्यवादको अस्थिरता, फासीवादी र दक्षिणपन्थी विकास र जनता र मजदुर वर्गको बढ्दो सङ्घर्षको बारेमा विचार प्रकट गर्नु भएको थियो – घोषणामा भनिएकोछ ।
१) साम्राज्यवादले मानव जीवनलाई यस्तो संकट तर्फ धकेल्दै छ कि जहाँ मानव जीवनको अस्तित्वलाई नै खतरामा पारिदैछ । फासीवादी प्रवृत्ति, आणविक जोखिम सहित तेस्रो विश्व युद्धको खतरा, र विश्वव्यापी पर्यावरणीय संकट गहिरिदै गएको छ ।
२) धेरै देशहरूमा आर्थिक र वित्तीय संकट बढ्दै गइरहेको छ । नाफाको लोभको प्रभाव मजदुर, किसान र आम जनसमूहमा परिरहेको छ। मुद्रास्फीति, गरिबी, जीवनयापनको बढ्दो लागत, कम ज्याला आदि जनताबाट थप अतिरिक्त मूल्य निकाल्ने माध्यम हुन् । क्रान्तिकारी पार्टीहरूले आफ्ना एजेन्डामा यी कुराहरूलाई थप ठाउँ दिनुपर्छ।
३. असमान विकासले विश्वको पुनः विभाजनलाई निम्त्याउदछ र थप युद्धहरू निम्त्याउँछ। विश्वयुद्धको लागि साम्राज्यवादीहरुको तयारी बढ्दै गएको छ ।
४ . साम्राज्यवादी विश्व व्यवस्थामा तीव्र र ठूला परिवर्तनहरू भइरहेका सम्बन्धमा गहिरो सँग छलफल भएका छन् । नवऔपनिवेशिक उत्पीडित र शोषित देशहरूका कामरेडहरू र पूँजीवादी र साम्राज्यवादी देशका कामरेडहरूले अमेरिकी साम्राज्यवाद, युरोपेली युनियन साम्राज्यवाद, टर्की र भारत विशेष गरी अफ्रिकाका शासक वर्गको विस्तारवादी वा साम्राज्यवादी नीतिहरूको निन्दा गरेक छन् । नयाँ साम्राज्यवादी देशहरूको उदय बारे प्रस्थापना माथि छलफल भएकोछ ।
५. केन्या, बंगलादेश, श्रीलंका र भारतका कामरेडहरूले जनसंघर्ष, विद्रोह र क्रान्तिकारी परिस्थितिहरूमा माक्र्सवादी–लेनिनवादी पार्टी र संगठनहरूले कसरी अग्रणि भूमिका खेल्नु पर्दछ भन्ने कुरामा छलफल केन्द्रित गर्नु भएको थियो।
७. प्रारम्भिक मन्तव्यमा विगत तीन वर्षमा भएका शक्तिशाली मजदुर सङ्घर्षको सिंहावलोकन गरिएको थियो । तर, विशेषगरी फक्सवागनजस्ता अन्तर्राष्ट्रिय एकाधिकारका उत्पादन सञ्जालहरूमा मजदुर सङ्घर्षको व्यावहारिक समन्वय र सहयोग पर्याप्त रूपमा विकास हुन नसकेको पनि छलफलमा मूल्याङ्कन गरिएको थियो ।श्रमजीवी वर्गको नेतृत्वदायी भूमिकाबिना सर्वहारा क्रान्ति हुँदैन, त्यसैले आइकोर संगठनहरूले काम गर्नुपर्छ ।
८. युक्रेनको युद्धलाई अन्यायपूर्ण अन्तर–साम्राज्यवादी युद्धको रूपमा चर्चा गरिएको छ । यो साम्राज्यवादी रुस र नेटो वीचको युद्ध हो । केही प्रतिनिधिहरूले युक्रेनलाई फासिस्ट सरकारको रूपमा चित्रण गरे। लेनिनले भनेजस्तै युद्धलाई गृहयुद्धमा परिणत गर्नुपर्छ भन्ने केही कामरेडहरूको भनाई थियो ।
९. विश्वव्यापी पर्यावरणीय संकट सरकारहरूको, विश्वव्यापी विकास र यसले निम्त्याउने फासीवादी खतराले बढाएको हो भन्ने हाम्रो बुझाइ रह्यो ।उत्पादन, उपभोग र वितरण मानव जाति र प्रकृतिको एकतातर्फ केन्द्रित भएको समाजवादी समाजले मात्र जनतालाई भविष्य प्रदान गर्न सक्छ।
१०. कामरेडहरूले बढ्दो दमन, जेल, यातना, हत्याको बारेमा रिपोर्ट गर्नु भयो।
११.सम्मेलनले जनतालाई समाजवादी भविष्यतर्फ आकर्षित गर्न र उनीहरूसँग भएका प्रश्न र आवश्यकताहरूको जवाफ दिन आइकोरको संशोधनवाद र सुधारवाद विरोधी अडानलाई जोड दियो । आइकोर आज मुख्य कुरामा धेरै एकताबद्ध छ र नयाँ घटना र परिवर्तनहरूको सन्दर्भमा व्यापक रूपमा एकता खोज्दछ । यसले अन्य क्रान्तिकारी पार्टीहरूका लागि ढोका खुला राखेकोछ ।
१२. पाँचौं विश्व सम्मेलनले छलफल भएका विभिन्न विष्ययहरूमा द्वन्द्वात्मक पद्धति लागू गर्ने र अन्तरविरोधमा एकता र सङ्घर्षको संकल्प र समाधानमा प्रयास गरेको छ ।
सम्मेलनमा सहभागीहरूले प्यालेस्टाइनसँग ऐक्यबद्धता साँझ मनाउनु भएको थियो । उपस्थित सबै आइकोर संगठनहरूले समाजवादको बाटोमा क्रान्तिकारी– जनवादी परिप्रेक्ष्यमा प्यालेस्टिनी मुक्ति संघर्षको पूर्ण समर्थन जनाउनु भयो ।
आइकोर महिलाहरुले छुट्टै बैठक आयोजना गर्नुभयो । जसमा महिला समस्या बारे दृष्टिकोण राख्नुका साथै अनुभव आदानप्रदान गरिएको थियो ।
सम्मेलनले आगामी कार्यक्रमबारे योजना बनाएकोछ “(क)आई.सि.ओ.आर.ले श्रमिक वर्ग, विशेष गरी ठूला औद्योगिक कारखाना र ट्रेड युनियनहरूमा कामको बारेमा अनुभव आदानप्रदान गर्न उपयुक्त तरिकाहरू खोजी गर्ने छ ।
(ख) पाँचौं विश्व सम्मेलनले अघिल्लो विश्व सम्मेलनले साम्राज्यवाद र साम्राज्यवादी विश्व व्यवस्थाको परिस्थितिमा आएको परिवर्तनका बारेमा चेतना निर्माण र शिक्षालाई तीव्रता दिने छ। (ग) एक नयाँ क्षेत्र मध्य पूर्वमा समिति गठन गरियो ।(घ) पाँचौं विश्व सम्मेलनले जाति हत्या, रंगभेदी शासनद्वारा प्यालेस्टिनी जनताको नरसंहारको विरुद्धमा प्यालेस्टाइनको मुक्ति सङ्घर्षसँगको अटूट ऐक्यबद्धतालाई तीब्र बनाउने निर्णय गरेको छ घ) आइकोरले अक्टोबर १ देखि ७, २०२४ सम्म प्यालेस्टिनी मुक्ति संघर्षसँग एकताको एक हप्ता आयोजना गर्नेछ । ङ) प्यालेस्टाइनमा अनलाइन जर्नलको दोस्रो संस्करण प्रकाशित गरिनेछ । च) आइकोरले टर्कीमा हुने नेटो २०२६ शिखर सम्मेलनको विरोधका लागि अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी समर्थन अभियान सञ्चालन गर्नेछ। छ ) आइकोर संगठनहरूले फराकिलो गठबन्धनको लागि अभियान चलाउँनेछन् । ज ) वेबसाइटमा सुधार गरिनेछ ।”
घोषणामा भनिएकोछ कि सम्मेलनले नयाँ अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी ) र लेखा परीक्षक चयन गरेको छ। कमरेड मोनिका गार्टनर–एङ्गेल प्रमुख संयोजक, कमरेड हातम लाउनी उप– प्रमुख संयोजक र कमरेड सुवास जि.सी., वित्तीय अधिकारी ) आइकोर चयन भएका छन् । महादेशीय संयोजकमा अफ्रिकाका लागि बेनेडिक्ट वाचिरा, अमेरिकाका लागि जोभिनो न्युनेज, एसियाका लागि सञ्जय सिंघवी र युरोपका लागि जेरोइन टुसेन्ट निर्वाचित भएका छन् ।एसियाका तीन नयाँ संस्थालाई सदस्यमा भर्ना गरिएको छ । सम्मेलनले अहिले अस्तित्वमा नभएका वा आइकोर छोडेका दलहरूका सदस्य संगठनहरूको सूची अद्यावधिक ग¥यो।
सम्मेलनले विभिन्न प्रस्तावहरू जस्तै
मजदुर वर्गको संघर्ष;
प्यालेस्टाइनको लागि स्वतन्त्रता, एक समाजवादी प्यालेस्टाइनको लागि;
फासीवादी खतरा विरुद्ध दृढ रहौं,
भारत, फिलिपिन्स, टर्की र कुर्दिस्तानमा दीर्घकालीन जनयुद्धप्रति ऐक्यबद्धता;
आइकोर युवा;
फासिस्टहरूसँग एकता हैन,
प्यालेस्टाइन सँग एकता;
जर्ज इब्राहिम अब्दल्लाह, अहमद सादत, खालिदा जरार र सबै प्यालेस्टिनी कैदीहरूको मुक्ति;
बंगलादेश विद्रोह;
मणिपुर, भारतमा जातीय सफाया;
कोलकातामा डाक्टरको बलात्कार र हत्या;
विश्वव्यापी पर्यावरणीय समस्या विरुद्ध समाज परिवर्तन गर्ने पर्यावरणीय संघर्ष;
पेरुको आममाफी र मौलिक अधिकारको लागि आन्दोलनको राजनीतिक उत्पीडनको बिरूद्ध;
भारतद्वारा नेपाली भूभागलाई गाभ्ने र कब्जागर्ने;
आइकोर महिलाहरूको लागि दृष्टिकोण,
टर्की उपनिवेशवाद विरुद्ध संघर्ष गरौं ।
साइप्रस सम्बन्धी लगायत पारित गरिएका छन् ।
भारतद्वारा नेपाली भूभागलाई भारतमा गाभ्ने र कब्जा विरुद्ध संकल्प प्रस्ताव
(सेप्टेम्बर ८–१२, २०२४ मा आयोजित आई. सि.ओ. आर. को पाँचौं विश्व सम्मेलनमा प्रस्तुत र पारित प्रस्ताव )
भारत–चीन युद्ध सकिएपछि सन् १९६२ देखि नेपालको कालापाली क्षेत्र भारतले कब्जामा लिएर ६२ वर्षदेखि आफ्नो सैन्य शिविर तैनाथ गरेको छ । भारतले आफ्नो राजनीतिक नक्सामा कालापानीदेखि लिपुलेक हुँदै लिम्पियाधुरासम्म करिब ३ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपाली भूभागलाई समावेश गरेको छ । भारतले कालापानीलाई आफ्नो राष्ट्रिय सुरक्षाको सन्दर्भमा एक महत्वपूर्ण रणनीतिक बिन्दुको रूपमा लिन्छ र यसरी भूभागमा आफ्नो पकड कायम राख्ने आफ्नो कुआकांक्षा देखाएको छ। यसरी भारतले नेपालप्रति आफ्नो आक्रामक नीति र मनोवृत्तिलाई नग्न ढङ्गले प्रदर्शन गरेको छ ।
भारतीय पक्षबाट हुने यस प्रकारको कुख्यात कार्य कुनै नौलो घटना होइन । यसरी भारतले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुण्ठित गरेर आफ्नो आक्रामक महत्वाकांक्षालाई बढाएको छ । भारतको यस्तो रवैयाको हामी कडा शब्दमा भत्र्सना गर्दछौं र कालापानीबाट तत्काल भारतीय सेना फिर्ता गर्न र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई जतिसक्दो चाँडो फिर्ता गर्न जोडदार माग गर्दछौं ।
साथै नेपालको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न भारतलाई आग्रह गर्दछौं । विगत ६ दशकदेखि नेपाली भूमिमाथिको जबर्जस्ती कब्जाविरुद्ध सबै देशभक्त र वामपन्थी दल र शक्तिले अथक संघर्ष गर्दै आएका छन् । संविधानमा यी भूभाग समेटेर आज नेपालको राजनीतिक नक्सा संसदबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रस्तुतः
नेपाल क्रान्तिकारी संयुक्त मोर्चा (RUFN)
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ।