क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका सबै पालिकामा पुग्ने
अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले देशमा संसदबादी यथास्थितिवाद रहेसम्म नेपालमा भ्रष्टाचार, अन्याय, अत्याचार लगायतका घट्ना दिन प्रतिदिन बढ्ने बताएका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा अर्घाखाँची पुगेका नेता सन्तबहादुरले यस्तो बताएका हुन।उनले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताउँदै अभियानमा भ्रष्टाचार, कुसंस्कार, अन्याय, अत्याचारको बिरोध गदै जनताको पक्षमा जनआवाज बुलन्द गर्ने भन्दै देशमा राजाबादीहरुले चलखेल गरिरहेको भएपनि ईतिहासका पाङग्रा कहिल्यै पछाडि नफर्किने बताए । नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको बताउदै जसको परिणाम स्वरुप मुलुक अहिले चारैतर्फबाट घेराबन्दीमा परेको छ भने । पाटीका पोलिटव्युरो सदस्य नरेन्द्र थापाले देशमा भएको भ्रष्टाचार…