डडेल्धुरामा कोणसभा र पत्रकार भेटघाट कार्यक्रम

डडेल्धुरा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको पाचौँ दिन शुक्रवार डडेल्धुराको सदरमुकाम वागवजारमा कोणसभा सम्पन्न भएको छ ।
कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शनले सम्वोधन गर्दै पार्टीले शुरू गरेकाे अभियान ४५ दिनमा ५६ जिल्लामा सञ्चालन हुने बताउँदै मे दिवसको सन्दर्भमा वैशाख १८ गते काठमाण्डौमा विशाल सभा गरिने जानकारी दिए । साथै उनले जनताकाे जीवनस्तर परिवर्तनका लागि जनवाद–बैज्ञानिक समाजवाद अनिवार्य भएकाे बताए । कोणसभालाई पिविएम लालवहादुर जाग्री, केवि गुरुङ, धनेश्वर पोखरेलले पनि सम्वोधन गरेका थिए । कोणसभाको सञ्चालन हरि सुवेदीले गरेका थिए ।
डडेल्धुरा जिल्लाको सदरमुकामको तुफानडाडामा रहेको क्लासिक होटलको हलमा विहान क्रान्तिकारी कम्युनिस्ट पार्टी डडेल्धुरा जिल्ला कमिटीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियाे । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन जिल्ला ईञ्चार्ज लालवहादुर मडै लालकिरणले गरेका थिए ।


नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?