‘‘जन सम्बन्ध विस्तार अभियान”

आज कहाँ के हुँदैछ ?

जनविहानी न्युज डेस्क/काठमाडौँ,चैत्र ६

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि गठन गरेको ४ वटै टोलीले आज तेस्रो दिन पनि विभिन्न कार्यक्रम गर्दै छ ।
चियोभञ्ज्याङ
पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियान टोली भारतको सिमाना पांचथरको चियोभन्ज्याङबाट अगाडि बढेको छ । याे टोली तमोर नदी तरेर तेहथुमको आठराई सक्रान्ति बजार पुगेको छ । यो टोलीले आज सक्रान्ति बजारमा कार्यक्रम गर्ने छ ।

काँकडभिट्टा
पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियान टोली भारतको सिमाना झापाको काँकडभिट्टाबाट अगाडि बढेको छ । याे टोलीले आज खुदुनावारीमा कार्यक्रम गर्ने छ ।

झुलाघाट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियान टाेलीले भारतको सिमाना बैतडीको झुलाघाटबाट अभियान उद्घाटन गरी सुरनैया र सतबाझमा सभा गरेकाे छ भने आज बैतडीको पाटन र खोड्पे बजारमा कार्यक्रम गर्दै छ। त्यसपछि याे टाेली डडेल्धुरा प्रवेश गर्ने छ ।


गड्डाचौकी
पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियानको याे टाेलीले भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट उद्घाटन सभा गरी शहिद परिवार भेटघाट र भित्तेलेखन गरेकाे छ । याे टाेलीले आज कञ्चनपुरको कलुवा बजारमा कार्यक्रम गर्दै छ । यो टोलीले आजै शुक्लाफाँटा आरक्ष पीडितहरुको वस्तीमा कार्यक्रम गर्नेछ ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?