अबकाे बहस जनगणतन्त्रको हाे, याे जनताको घर घरमा पुग्नुपर्छ : सीपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले जनगणतन्त्रको बहसलाई जनताको घर घरमा पु¥याउनु पर्ने बताउनु भएको छ । पार्टीको ९ नं व्यूरोले शनिबार काठमाडाैँकाे बागबजार स्थित हार्दिक होटलमा आयोजित ‘वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । ‘वर्तमान राजनीतिक संकट र समाधानको प्रश्न’ शीर्षकको दुई पृष्ठको कार्यपत्र प्रस्तुतपछि हलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “नेपाली राजनीतिमा अहिले तीनवटा शक्ति अस्तित्वमा रहेका छन्– प्रतिगामी (राजावादी), यथास्थितिवादी (दलाल संसदवादी) र अग्रगामी क्रान्तिकारी (जनगणतन्त्रका पक्षधर) शक्ति रहेका छन् । प्रतिगामी र यथास्थितिवादीहरुबाट देशमा विद्यमान र आसन्न संकटको समाधान…