‘शहिदलाई श्रद्धान्जली परिवारलाई सम्मान’ सुदुरपश्चिम विरयोद्धाहरु जम्माउने भूमि हो – सुदर्शन

डडेलधुराबाट प्रतिबिम्बको सहयोगमा, जनबिहानी न्युजडेस्क,काठमाडौँ

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ‘जनसम्वन्ध विस्तार अभियान’ अन्तर्गत बैतडिकाे झुलाघाटबाट अभियान शुरु गरेको अभियान टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका ४ चिपुरमा रहेको जयराज भट्ट ‘विनय’ र गौतम बोहोराको शालीकमा श्रद्धाञ्जली अर्पण गर्नुको साथै शहिद परिवारलाई अभिनन्दन गरेको छ । अभियान टोलीले चिपुरमा विनयकी जीवन संगीनी नन्द भट्ट र शहिद गौतम वोहराकी आमालाई सम्मान गरेको हो । पार्टीका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले शहिद परिवारलाई दोसल्ला ओडाएर पार्टीकाे तर्फवाट सम्मान प्रकट गरेका हुन् ।


शहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्द अभियान टोली प्रमुख सुदर्शनले सुदूर पश्चिम विर योद्धाहरु जम्माउने भुमी भएको भन्दै सुदुरपश्चिमले दशरथ चन्द, भिम दत्त पन्त, जयराज भट्ट र गौतम बोहोराहरुजस्ता विरहरू जन्माएकाे र जसले देश र जनताका लागी वलिदानी दिएको वताए ।
यस्तै अर्का वक्ता पिविएम लालवहादुर जाग्रीले शहिदहरु कुनै पार्टी परिवार विशेषका नभइ देश र जनताका हुने भएकोले जनगणतत्रको लक्ष्य प्राप्त गर्न सञ्चालन गरेको जनयुध्दको क्रममा वझाङको सन्सिउमा तत्कालिन सुरक्षा कर्मीवाट हत्या गरिएका जयराज भट्ट विनयको सपना साकार पार्ने प्रतिवध्दता व्यक्त गरे ।
कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु केवि गुरूंङ, धनेश्वर पोख्ररेल, टोलीका सदस्यहरु दिनेश थापा, डम्वर विष्ट, हुकुम खड्का, प्रकाश ऐर, नरेन्द्र चन्द, हरि सुवेदी लगायत उपस्थित थिए ।
अजयमेरूमा सभा सम्पन्न
अभियान टोलीले अभियानको तेस्रो दिने डडेल्धुराको अजयमेरुको चमडामा सभा सम्पन्न गरेको छ । सभामा स्थायी अभियान टोली प्रमुख हेमन्त प्रकाश ओली‘सुदर्शन’ पिविएम लालवहादुर जाग्रीले सम्वोधन गरेका थिए भने पिविएमहरु केवि गुरुङ धनेश्वर पोखरेल सहितको उपस्थिति थियो । प्रकाश ऐरले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सिसिएम हरि सुवेदीले गरेका थिए । त्यस क्षेत्रमा विद्यार्थी र किसानको सदस्यताहरु पनि वितरण गरिएको थियो ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?