काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नंं अभियान टोलीले आज तेह«थुमको म्याङ्लुङ बजारमा जनसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन अभियान टोलीले जनसभा सम्पन्न गरेको हो ।सभामा पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख नेतृत्व रामसिंह श्रीसले दलाल पुँजीपति वर्गको हातमा रहेको सत्तालाई श्रमिक जनताको हातमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको बताए। उनले नेपालमा पटक पटक आन्दोलन, संघर्ष, युद्ध भएपनि नेतृत्वको धोका र गद्दारीका कारण जनताले चाहेको राजनीतिक व्यवस्था अहिलेसम्म आउन नसकेको बताए । सभालाई पार्टीका पोलिटब्यूरा सदस्य चन्द्रहरि सुवेदी र महिला नेतृ शारदा महतले पनि सम्बोधन गरेका थिए । पार्टीका तेह«थुम इन्चार्जको अध्यक्षतामा सम्पन्न भएको जनसभाको सञ्चालन डिल्लीराम बोहराले गरेका थिए ।
