एमाले माओवादीका कार्यकर्ता बैद्यको पार्टी प्रवेश ‘जनसम्बन्ध विस्तार अभियान शुक्लाफाँटामा’

झनक श्रेष्ठ/ कन्चनपुर शुक्लाफाँटा
‘जनसम्बन्ध विस्तार अभियान’ लिएर कन्चनपुरको गड्डा चौकी पुगेको क्रान्तिकारी कम्युनिस्ट पार्टी जनताका घरहरुमा पुगिरहेको छ । अभियान टोलीले बिहिबार एक कोणसभा गर्दै एमाले माओवादी केन्द्र र स्वतन्त्रका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । कन्चनपुरको शुक्लाफाटा ८ मणिकाधाममा आयोजीत उक्त सभाबाट नेकपा(एमाले)का सन्जु जप्रेल, नेकपा(माओवादी केन्द्र)का गगन कामी, झुसे कामी र स्वतन्त्रबाट दिनेश सिहं भाट लगायतका विभिन्न पार्टीका कार्यकर्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई अभियान टोली प्रमुख कृष्णराज पौडेल, १ नम्बर व्युरो इन्चार्ज शेरबहादुर देउवा लगायतले स्वागत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै १ नम्बर व्युरो इन्चार्ज शेरबहादुर देउवा‘शिखर’ले जनयद्धका कमान्डर संसदवादमा पतन भएकोले लक्ष्य प्राप्त नभएको भन्दै आफ्नो पार्टीको नेतृत्वमा हुने क्रान्तिले मात्र जनयुद्धको लक्ष्य पुरा हुने बताए । संसदवादी पार्टी जनतालाई भ¥याङ बनाएर सत्तामा जाने राज्यको सम्पत्ति दोहन गर्ने भएको कारण संसदवादीहरुको कारण मुलुक धरासायी बन्दै गएको बताए । सत्ता र सरकारमा फरक भएको कारण आफनो पार्टीले सरकारमा जाने नभई सत्ता स्थापना गर्न खोजेको शिखरको भनाई छ । उक्त सभामा स्थानीय नेता हरि जप्रेलले कुनै पनि पार्टीहरुले स्थानीय जनताको जीवन परिवर्तनका लागि केही पनि नगरेका कारण जनताको लागि क्रान्तिकारी पार्टी आवश्यक भएको तर्क गरे । जिल्ला सचिव विष्णु दमाई शितलले कार्यक्रमको संचालन गरेका थिए । अभियान टोलीले त्यसक्षेत्रमा व्यापक भित्तेलेखन गरेको छ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?