‘जातीय भेदभाव उन्मूलन दिवस’ मनाइयाे

काठमाडौं । क्रान्तिकारी कम्यूनिष्ट पार्टी ९ नं. ब्यूरोले ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी त्रजातीय ६० औं भेदभाव उन्मूलन दिवस भव्य रुपमा मनाएको छ । एकीकृत दलित मुक्ति मोर्चाको ब्यूरो संयोजक रोशन विसंखेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा पार्टीका ब्यूरो इन्चार्ज दिनेश शर्माले सम्बोधन गरेका थिए । कार्यक्रममा ब्यूरो सचिव चिन्तामणी पौडेलकाे उपस्थित थिए।वेदराज दियालीले संचालन गरेको कार्यक्रममा वक्ताहरूले जातिय भेदभाव उन्मूलनको महासन्धिको ६० बर्षमा पनि समस्या ज्यूँका त्युँ रहेको भन्दै जातिय भेदभावको समस्या सम्पूर्ण रूपमा उन्मूलन गर्न पुनः संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरू कगेन्द्र, इन्चार्ज श्याम केसी, जगदिश्वा महर्जन, केदार खतिवडा, नबराज ढकाल लगायतय उपस्थित थिए ।

By नवदर्शन हिमाली

Related Posts