इरान-इजरायल रातभर आक्रमण
एजेन्सी : इजरायल र इरानबीच भिषण आक्रमण जारी छ । इजरालयले इरानको रक्षा मन्त्रालय र तेल भण्डारहरुमा आक्रमण गरेको छ भने इरानले राजधानी तेलअभिभ लगायतका क्षेत्रमा आक्रमण गरेको छ । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ । इजरायलले गरेको आक्रमणको २४ घण्टा नबित्दै बदला स्वरुप इरानले मिसाइल प्रहार गरेको हो । आक्रमणमा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलको तेल अभिभमा भएको इरानी आक्रमणमा एक जना र मध्य इजरायलमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन् । आणविक केन्द्रहरुलाई निसाना बनाउने गरी इजरायलले गरेको आक्रमणको प्रतिवादमा इरानले…