भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

काठमाडौं :सरकारले ल्याको भूमिबैंकको नीति खारेज गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । क्रान्तिकारी किसान महासंघको आयोजनामा काठमाण्डौको होटेल हार्दिकमा “सरकारको भूमि बैंकसम्बन्धी नीति र किसानका जल्दाबल्दा समस्याबारे क्रान्तिकारी किसान महासंघको अवधारणा ” विषयक अन्तरक्रियामा वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले पेश गरेको अवधारणा माथि आफ्नो धारणाहरु राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव सिपी गजुरेलले कार्यक्रम निकै सान्दर्भिक रहेको र वक्ताहरुले जुन धारणा राख्नु भएको छ ,त्यसले किसानहरुको बीचमा जान सजिलो हुने भन्दै किसानरुलाई भूमिबैंकले उत्पादकत्व बढाउने भन्दै सरकारवादी तथा सरकारका पक्षपोषकहरुले किसानहरुमा भ्रम छरेको बताउनु भयो । वहाँले राजनैतिक दलका नेताहरु र किसान नेताहरुलाई सरकारमा जाँदा यो व्यवस्था समाजवाद उन्मुख भन्नु पर्ने र सरकार भन्दा बाहिर रहँदा नवउदारवादी भन्नु पर्ने बाध्यता रहेको बताउनु भयो । वहाँले देशमा कृषि क्रान्ति पूरा हुन बाँकी नै रहेकोले किसानहरुले यो कार्यभार पूरा गर्नु पर्ने कुरामा जोड दिनु भयो । अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम वास्कोटाले भूमि बैंक किसानलाई स्वामित्व दिन र सुकुम्बासीको समस्या समाधान गर्न ल्याइएको नभइ पूँजीपतिलाई जग्गा दिन ल्याइएको बताउनु भयो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मीले किसान भूमिबैंकको माध्यमबाट कृषिमा कर्पोरेट प्रणाली घुमाउरो तरिकाले छिर्दैछ ,यसले किसानहरुको समस्या समाधान गर्ने होइन उल्टो भएको जमिन जग्गाको समेत किसानहरुको स्वामित्व गुम्ने खतरा आएको बताउँदै भूमि बैंकको बारेमा किसानहरुलाई राम्रोसँग जानकारी गराउन र सघर्ष गर्न आवश्यक रहेको बताउनु भयो ।अखिल नेपाल क्रान्तिकारी किसान संघका उपमहासचिव बुद्ध वस्नेतले भूमिबैंक तमाम किसानहरुको विषय हो भन्दै यो विषयलाई तलै सम्म लैजानु पर्ने कुरामा जोड दिनु भयो । वहाँले भूमिबैंक सरकारले ल्याएको राम्रै पो होकि भन्ने भ्रम रहेकाले प्रष्ट पार्नु पर्नेमा जोड दिनु भयो । अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदीले सरकारले ल्याएको भूमिबैंकको नीति भूमि पूँजीपतिलाई सुम्पन्न ल्याएको बताउँदै त्यसको विरोधमा सबै पार्टी , देशका सबै तह र तप्का विद्यार्थी ,महिला युवा, डाक्टर इन्जिनियर सबै लाग्नु पर्ने कुरामा जोड दिनुका साथै किसानहरुले हारेको तर हार नखाएको कुरा गर्नु भयो र जीवनदायिनी शक्ति किसानलाई उठाउनु पर्ने कुरामा जोड दिनु भयो । क्रान्तिकारी सुकुम्बासी संगठनका संयोजक भीम चापागाइँले पहाडमा किसानहरु बाँदर आतंकले हैरान भएको बताउँदै यसको समाधानको माग गर्नु भयो । नेपालका किसानहरु लाखौं सुकुम्बासी रहेकाले त्यो समस्या समाधान भूमि बैकको नीतिले नगर्ने बरु बहुराष्ट्रिय कम्पनीहरुलाई भूमि सुम्पने भएकाले किसानहरु संगठित हुँदै संघर्षमा जानु पर्ने कुरा औल्याउनु भयो । कार्यत्रममा रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले जीवनशर्माले गाउनुभएको “मै दुःखी किसान गाह्रो भयो जीवन बिताउन” भन्ने बोलको गीत गाउनु भएको थियो । क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङको अध्यक्षता ,महासचिव धनेश्वर पोख्रेलको सञ्चालन र केन्द्रीय सदस्य गंगा गुरुङको स्वागतमा अगाडि बढेको कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ९ नं व्यूरो इन्चार्ज दिनेश शर्मा , सेक्रेटरी चिन्तामणि शर्मा ,१०नं व्ूयरो का सुरेश श्रेष्ठ ,क्रान्तिकारी ट्रेड युनियन महासंघका इश्वर तिमिल्सिना लगायतको आतिथ्यता रहेको थियो ।ज्ञात अज्ञात सहीदहरुप्रति १ मिनेट मौनधारण पछि कार्यक्रम अगाडि बढेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?