इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

काठमाडौं : इजरायलले इरानमाथि अहिलेसम्मकै भिषण आक्रमण सुरु गरेको छ। गएराति इजरायलले गरेको भिषण हमला इरानको आणविक कार्यक्रम र वरिष्ठ सैन्य नेताहरूमाथि लक्षित गरी प्रहार गरिएको छ। र वरिष्ठ सैन्य अधिकारी र आणविक वैज्ञानीकहरू मारिएको जनाइएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो आक्रमण र युद्ध लामो समय सम्म चल्ने घोषणा गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि थालिएको अहिले सम्मकै ठूलो कारबाही भनेका छन्। यस्तोमा मध्यपूर्वलाई नयाँ द्वन्द्व सुरु भएको छ र क्षेत्रीय शान्ति अनिश्चिततामा धकेलिएको छ।

आइआरजीसी प्रमुख मारिए

इजरायलको भिषण हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का प्रमुख जनरल होसेन सलामी मारिएको जनाइएको छ। उनी इरानका सबैभन्दा शक्तिशाली र प्रभावशाली व्यक्तिहरूमध्ये एक थिए। आइआरजीसी इरानको ब्यालेस्टिक मिसाइल विकास र देशभित्रको विरोध दमन गर्ने प्रमुख संस्था हो।

इरानी सञ्चारमाध्यमहरू र प्रत्यक्षदर्शीहरूका अनुसार देशको मुख्य युरेनियम प्रशोधन केन्द्र नतान्जसहित विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानी सरकारी टेलिभिजनले जानकारी दिएको जानकारी अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको मुख्यालय (आइआरजीसी) मुख्यालयलाइ समेत निशानामा पारेको छ।
राजधानीको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा केही बालबालिकाहरूको मृत्यु भएकोसमेत उल्लेख गरिएको छ। सरकारी टेलिभिजनले वरिष्ठ कमान्डर गोलामअली राशिद, साथै कम्तीमा दुई आणविक वैज्ञानिकहरु फरेयदून अब्बासी-दावानी र मोहम्मद मेहदी तेहरान्चीको पनि मृत्यु भएको पुष्टि गरेको छ।

इजरायली इतिहासको निर्णायक मोडमा छौं: नेतन्याहू

नेतन्याहूका अनुसार ‘अप्रेशन राइजिङ लायन’ अन्तर्गत नतान्जस्थित इरानको प्रमुख युरेनियम प्रशोधन केन्द्र, आणविक वैज्ञानिकहरू, र ‘इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमको मुटु’ भनिने स्थानहरूमा आक्रमण पछि इजरायली प्रधानमन्त्रीले बेन्जामिन नेतन्याहूले भिडियो सन्देशमार्फत इजरायलको इतिहासको एक निर्णायक मोडमा पुगेको बताए।

उनले भने, ‘इजरायलले अप्रेशन ‘राइजिङ लायन’ सुरु गरेको छ। यो सैन्य कारबाही इरानको खतरालाई समाप्त पार्न निर्देशित गरिएको हो। यो अभियान तबसम्म चल्नेछ, जबसम्म यो खतरा पूर्ण रूपमा हट्ने छैन्।’

अमेरिकाले भन्यो ‘हाम्रो संलग्नता छैन्’

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ‘यो आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताएका छन्। इजरायलले एकल निर्णयमा इरानमाथि कारबाही गरेको उनको दाबी छ। उनले भने, ‘यो हमलामा हाम्रो कुनै संलग्नता छैन्। इजरायलले एकल निर्णयमा यो आक्रमण गरेको हो। हाम्रो पहिलो प्राथमिकता भनेको क्षेत्रका अमेरिकी सैनिकहरूको सुरक्षा गर्नु हो।’

इजरायलले गम्भिर परिणाम भोग्नु पर्छ: इरान

इरानका सर्वोच्च नेता अलीतुल्ला अल खामेनेईले एक विज्ञप्ति जारी गर्दै इजरायलले यो अपराधको गम्भीर परिणाम भोग्नु पर्ने बताएका छन्। उनले भने, ‘यो हमला गरेर इजरायलले आफ्नो सासनको अवसानको भाग्य तयार गरेको छ।’

उनले ‘धेरैजना कमान्डर र वैज्ञानिकहरू’ मारिएको स्वीकार गरेका छन्। इजरायली सेनाका एक अधिकारीका अनुसार, इजरायलले इरानका दर्जनौँ आणविक र सैनिक लक्ष्यहरूमा आक्रमण गरिरहेको छ, जसमा नतान्जको केन्द्र पनि पर्दछ। ती अधिकारीले बताएअनुसार, इरानसँग केही दिनमै १५ वटा आणविक बम बनाउन पर्याप्त सामग्री छ।

तेल अवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। र इजरायलको हवाई सुरक्षा प्रणालीहरू पूर्ण सतर्कतामा राखिएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?