
एजेन्सी : चीन र रुसले ईरानमाथि ईजरायलले गरेको आक्रमणको भत्र्सना गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले ईरानका राष्ट्रपति र प्रधानमन्त्रीसँग टेलिफोन नै गरेर ईजरायली हमलाको बिरोधमा रहेको जनाउ दिएका छन् । हिजै विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको भत्र्सना गरेको थियो ।

यता चीनले पनि ईजरायली हमला ईरानको सार्वभौम सत्ता र अन्तराष्ट्रिय कानुनको उलंघन भन्दै बिरोध जनाएको छ । सँयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि फु चोङले ईजरायली हमलाले ईरानको सार्वभौम सत्ताको उलंघन भएको भन्दै सैन्य तनाव उत्पन्न हुन नदीन अपील पनि गरेका छन् ।
यता अमेरीका भने ईजरायलको पक्षमा मैदानमा उत्रिएको छ । अमेरीकाले ईरानी क्षेप्यास्त्रहरु खसाल्न एन्टी एयर डिफेन्स सिस्टम र लडाकु विमानहरु परिचालन गरीरहेको छ । अमेरीकाकै समर्थनमा मध्यपूर्वमा ईजरायलले चौतर्फी हमलाहरु गरीरहेको छ ।