साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन
काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो ।…