एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको लक्ष्य

काठमाडौं : बंगलादेशमा केही दिनअघि सम्पन्न भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली नयाँ यात्रामा निस्कँदैछ ।

नेपाली जुनियर महिला टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान जाँदैछ । छनोट अगष्ट ६ देखि १० सम्म (साउन २१-२५) हुँदैछ ।

दक्षिण एसियाली स्तरमा खेलेर फर्केको दुई साता पनि नबित्दै नेपालले अर्को महत्वपूर्ण छनोट प्रतियोगिता खेल्नैछ ।

एएफसी यू-२० महिला एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले उत्तर काेरिया आयोजक भुटान र साउदी अरेबियासँग खेल्नेछ । यस समूहमा सुरुमा मंगोलिया पनि समावेश थियो । तर नाम फिर्ता लिएपछि चार राष्ट्र मात्र रहेको छ ।

उत्तर कोरिया एएफसी यू२० महिला एसियन कप र फिफा यू२० महिला विश्वकपको साविक विजेता टिम हो । सन् २०२४ मा उसले दुवै उपाधि जितेको थियो ।

खेलमा हार जित स्वभाविक नै हुन्छ । लक्ष्य सबैको जित्ने नै हुन्छ । तर आफ्नो स्तर, तयारी, प्रशिक्षणको आधारमा पनि कस्तो नतिजा आउँछ अनुमान लगाउन सकिन्छ । तर नेपालले भने यस पटक ठूलै लक्ष्य राखेको छ ।

नेपालले अगष्ट ६ मा भुटानसँग पहिलो खेल खेल्दै यात्रा थाल्नेछ । यस्तै अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?