रुसको कामचट्का प्रायद्वीपमा शक्तिशाली भूकम्प

काठमाडौँ : बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।


सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ ।

भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ । रुसको सुदूर पूर्वमा कामचट्स्कीबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो ।

भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?