क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न,भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन

भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन

भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन

इटहरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न भएको छ । क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको सम्पन्न भेलाले गोपी भण्डारीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ ।

बरुण चौधरीको प्रमुख आतिथ्यमा गोपी भण्डारीको सञ्चालन र ईश्वरी बहादुर सुबेदीको स्वागत मन्तब्यबाट अघि बढेको उक्त भेलामा शुभकाना दिनेहरूमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक अमृता राई, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य निरू पोख्रेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिव पारस लिम्बू , सोही पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सुवेदी र पार्टीका केन्द्रीय सदस्य तथा १५ नं. ब्युरो सचिव डिल्लीराम बोहरा रहेका थिए ।

केन्द्रीय वक्ताहरूले ट्रेड युनियन अधिकारका बारेमा प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।

By जन बिहानी

Related Posts