क्रान्तिकारी दलित मुक्ति मोर्चा ५ नं. ब्युरोद्वारा जागरण जनयात्रा उदघाट्न सम्पन्न
रुपन्देही : क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ५ नम्वर ब्युरो द्वारा जागरण जनयात्रा कार्यक्रमको उदघाट्न गरेको छ । २०८२ साउन २१ गते बुधबार रुपन्देही जिल्लाको सैनामैना नगरपालिका -१ को परुवामा एक कार्यक्रमको आयोजना गरी मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा पार्टीका ५ नम्बर व्यूरो सचिव कमरेड जितामित्र सुनारले उद्घाटन गर्नुभएको छ । उहाँले " जागरण जनयात्रा देश व्यापी सञ्चालन हुनेछ । यो कार्यक्रम मात्र दलित मुक्ति मोर्चा वा दलित समुदायको मात्र न भएर, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पनि हो " भन्नु भयो । कार्यक्रम सफल पार्न सम्पुर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । " जब सम्म पार्टी आधारभुत वर्गको बिचमा…