
लेनिन
३६ . पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट पत्र पत्रिकाहरुको विकास गर्र्नु पर्दछ । कुनै पनि पत्रिकाले जबसम्म आफूलाई पार्टीको मातहतमा राख्दैन ,तबसम्म त्यसपत्रिकालाई कम्युनिष्ट मुख पत्रका रुपमा मान्यता दिन सकिँदैन । पार्टीले धेरै पत्रिका प्रकाशित गर्नुको सट्टा राम्रा पत्रिका प्रकाशित गर्ने तर्फ बढी ध्यान दिनुपर्छ । प्रत्येक कम्युनिस्ट पार्टीसँग एउटा अति नै राम्रो र सम्भव भएसम्म त दैनिक केन्द्रीय मुखपत्र नै हुनुपर्दछ ।
३७.एउटा कम्युनिस्ट पत्रिका कुनै पनि अवस्थामा पुँजीवादी प्रतिष्ठान बन्नु हुँदैन । जस्तो – वुर्जुवा पत्रिका र धेरै जसो समाजवादी पत्रिकाहरु बन्दछन् । हाम्रा पत्रपत्रिकाहरु विभिन्न किसिमका पुँजीवादी ऋण –संस्थाहरुबाट स्वतन्त्र वा टाढा नै रहनुपर्दछ , विज्ञापन बटुल्न सक्ने सांगठनिक क्षमता भएका र कानुनी रुपमा काम गरिरहेका जन– पार्टीहरुका लागि पत्रिकाको अस्तित्वलाई कायम राखिरहन सम्भव हुन्छ । तर यसबाट ठूला विज्ञापन दाताहरुमाथि हाम्रो निर्भरता कदापी देखिनु हुँदैन । यसको उल्टो सर्वहारा वर्गका तमाम सामाजिक समस्याहरुमाथि पत्रिकाले राख्ने अटल दृष्टिकोण र अभिरुचिले नै हाम्रा जनण्पार्टीहरुका बीचमा उक्त पत्रिका प्रति बढी सम्मानको भावना जगाउने काम गर्दछ ।
हाम्रा पत्र पत्रिकाले सनसनीपूर्ण खोजखबर पढ्न चाहने आम जनताको इच्छालाई पूर्ति गर्ने या जनतालाई मनोरन्जनका सामाग्री प्रस्तुत गर्नेकाम गर्नुहुँदैन । कम्युनिस्ट पत्रिकाले निम्न पुँजीवादी लेखकहरु र विशेषज्ञ पत्रत्रकारहरुको अगाडि झुक्नु हुँदैन, नत उनीहरुका दृष्टिमा सम्माननीय बन्न कोशिश नै गर्नुहुन्छ ।
३८. कम्युनिस्ट पत्र पत्रिकाले समग्र रुपमा उत्पीडत तथा लडाकु मजदुर वर्गका हितमा ध्यान दिनुपर्दछ । कम्युनिस्ट पत्र पत्रिकाले हाम्रा सर्वोच्तम आन्दोलन कर्ता र सर्वहारा क्रान्तिको नेतृत्वकारी प्रचारक बन्नु पर्दछ ।
पार्टी सदस्यहरुद्वारा संचालित कारवाहीहरुसँग सम्बन्धित मूल्यावान अनुभवहरुलाई एकीतृत गर्नु र त्यसलाई कम्युनिस्ट कार्यप्रणालीको निरन्तर सुधार तथा परिष्कारको मार्ग दर्शनका लागि आफ्ना कामरेडहरुका समुन्ने प्रस्तुत गर्नु हाम्रा पत्र पत्रिकाको उद्देश्य हुनुपर्दछ । यसरी कम्युनिस्ट पत्रपत्रिका हाम्रा क्रान्तिकारी काम सर्वोत्तम संगठनकर्ता बन्न सक्ने छन्् । कुनै पनि कम्युनिस्ट पत्रिका अझ खास गरेर हाम्रा मुख्य पत्रिका हरेक किसिमका चौतर्फी सांगठनिक कामहरुका माध्यमबाट नै उपयुक्त निश्चित लक्षलाई ध्यानमा राखेर संचालित हुनुपर्दछ , यसो भएमा हामी कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता कायम गर्न सक्नेछौं र पार्टी कामलाई कुशलतापूर्र्वक बाँडफाँड गर्न सक्नेछौं । यसबाट पार्टी आफ्नो ऐतिहासिक लक्ष्य प्राप्त गर्नै समर्थ पनि बन्न सक्नेछ ।
कम्युनिस्ट समाचार पत्रको संगठन
३९.कम्युनिस्ट समाचार पत्रले एउटा, कम्युनिस्ट प्रतिष्ठान बन्ने प्रयास गर्र्नुपर्दछ । अर्थात एक लडाकु सर्वहारा संगठन हुनुपर्दछ । अनि क्रान्तिकारी मजदुरहरु नियमित लेख्ने कार्यकर्ताहरु, संपादकहरु, मुद्रक , वितरक, टंकनकर्ता , स्थानीय समाचार दाताहरु र पत्रिकाको प्रचारमा हरेक दिन सक्रिय रहने व्यक्तिहरुको क्रियाशील समुदाय हुनुपर्दछ । पत्रिका वा समाचार पत्रलाई एउटा सच्चा लडाकु मुखपत्रका रुपमा बदल्नका लागि अनि त्यसलाई कम्युनिष्टहरुको एक सशक्त क्रियाशील समुदाय बनाउनका लागि कैयौं व्यवहारिक कदम चाल्नु आवश्यक छ ।
कुनै पनि कम्युनिस्टले आफ्ना पत्रिकाका साथ घनिष्टतम सम्बन्ध बनाइराख्नु आवश्यक छ । त्यसका लागि उसले काम गर्नु पर्दछ । यो कम्युनिष्टहरुको लागि प्रत्येक दिनको हतियार हो, जसलाई उपयोगका लागि हर समय धार लगाउँदै र चम्काउँदै गरिरहनुपर्दछ । कम्युनिस्टपत्र पत्रिकाको अस्तित्व कायम राखी राख्नको लागि ठूला ठूला भौतिक तथा आर्थिक वलिदानको आवश्यकता भइरहन्छ । मतलव के हो भने जबसम्म पत्रिका एक कानुनी जुन पार्टी अन्तर्गत व्यापक वितरण संजालयुक्त रस दृढ संगठन बन्ने स्थिति आउँदैन अथवा स्वयम कम्युनिस्ट आन्दोलनका लागि एक शक्तिशाली आधार बन्दैन, तबसम्म यस्ता पत्रिकाको विकास र आन्तरिक सुधारका लागि सम्पूर्ण स्रोत पार्टी सदस्यहरुकै पक्ति भित्रबाट जुटाउनु पर्दछ । पत्रिकाको सक्रिय प्रचारक र पक्षपोषक बन्नु मात्रै पनि पर्याप्त हुँदैन पत्रिकाको लागि लेख्ने व्यक्ति वा लेखक बन्नु पनि आवश्यक छ ।
दुर्घटना देखि लिएर मजदुरहरुका आम सभासम्म, एक सिकारु मजदुरप्रति हुने दुव्र्यवहार देखि लिएर प्रतिष्ठानका आर्थिक समाचारसम्म कारखानाका भित्री सामाजिक तथा आर्थिक अभिरुचिका प्रत्येक घटनाका समाचार पत्रिकालाई तुरुन्त पठाउनुपर्दछ । ट्रेड युनियन फ्याक्सनहरुले आफ्ना सबै महत्वपूर्र्ण निर्णय, आफ्ना बैठक र सचिवालयका प्रस्तावका साथै शत्रुहरुका कुनै पनि विशेष कारवाहीसँग सम्बन्धि सूचना पनि तत्काल पत्रिकाको कार्यालयमा पठाउनुपर्दछ । बाहिरी सडक र आमसभाहरुमा सार्वजनिक जीवनमा देखिएका पार्टी सदस्यहरुलाई सामान्यतया यस अवसरले सामाजिक पक्षहरुका विषयमा विस्तारपूर्वक आलोचनात्क दृष्टि प्रस्तुत गर्न सक्नेगरी तयार गराउने छ । यस्ता आलोचनात्मक दृष्टियुक्त टिप्पणीहरु हाम्रा पत्रपत्रिकमा छापिएपछि पटक्कै अभिरुचि नराख्ने पाठकहरु पनि हाम्रो जीवनका दैनिक आवश्यकताहरुका बारेमा हामीले कति नजिक रहेर दृष्टि राख्दा रहेछौं भन्ने कुरा सोच्न थाल्ने छौं ।
मजदुरहरुका पत्रहरु
मजदुरहरुको जीवन दशाको बारेमा मजदुरहरुद्वारा तथा मजदुर वर्गको संगठनद्वारा प्रेषित समाचारहरुलाई सम्पादक मण्डलले विशेष सावधानीका साथ र लगावका साथ हेर्नु पर्दछ । त्यस्ता सामग्रीको उपयोग संक्षिप्त सूचनाका रुपमा गर्न सकिन्छ । जसले हाम्रा पत्रिका र मजदुरहरुको जीवनबीचका अन्तरंग सम्बन्धको भावनालाई प्रष्ट गरेका होउन् । अथवा त्यस्ता सामग्रीलाई मजदुरका दैनिक जीवनबाट लिइएका त्यस्ता व्यवहारिक उदाहरणका रुपमा उपयोग गर्नु पर्दछ । जसले कम्युनिज्म (साम्यवादको ) सिद्धान्तलाई व्याख्या गर्न सहयोग गरेका होउन् ।
यो व्यापक श्रमजीवि जनतालाई कम्युनिस्ट सिद्धान्तको महान आदर्शको नजिक ल्याउने सबैभन्दा छोटो बाटो हो । जहाँ कही पनि सम्भव भएसम्म सम्पादक –मण्डलले प्रत्येक दिन उपयुक्त समय मिलाएर केही घण्टा त्यस्ता मजदुरहरुसँग कुराकानी गर्नका लागि छुट्याउनुपर्दछ , जुन मजदुरहर उससंग भेट्न आउँछन् यस्तो भेटमा सम्पादक मण्डलले मजदुरहरुका आकांक्षा उनीहरुले जीवनमा भोग्नु परिरहेका हैरानी आदि सिकायतहरुलाई गम्भीरतापूर्वक सुन्नुपर्दछ । आवश्यक भएमा नोट गर्नु पर्दछ र पार्टीको जानकारीको लागि त्यसको उपयोग गर्नु पर्दछ ।
प्राब्दाको उदाहरण निःसन्देश यस पुँजीवादी व्यवस्थामा हाम्रा पत्रपत्रिका कम्युनिस्ट मजदुरहरुको आदर्श समुदाय बन्ने कुरा असम्भव नै छ । फेरि पनि कठिनतम परिस्थितिमा पनि यस्ता क्रान्तिकारी पत्रपत्रिकाहरुको संगठनमा एक हदसम्म सफलता प्राप्त गर्न सकिन्छ । सन् १९१२–१३ तिर हाम्रा रुसी कामरेडहरुद्वारा प्रकाशित प्राब्दाको उदाहरणबाट प्रष्ट भइसकेको छ । पत्रिकाले वास्तवमा सबैभन्दा महत्वपूर्ण रुसी केन्द्रहरुका सचेत रक्रान्तिकारी मजदुरहरुको सचेत र क्रान्तिकारी मजदूरका स्थायी एवम् सक्रिय संगठनको प्रतिनिधित्व गर्दथ्यो कामरेडहरुले यस पत्रिकाको सम्पादन – प्रकाशन र वितरणका लागि आफ्नो जीविकोपार्जनको कामका साथै सम्पन्न गरेका थिए । र पत्रिका प्रकाशनका लागि आवश्यक आर्थिक स्रोत आफ्नो आम्दानीबाट निकाल्ने गरेका थिए । यसकोे सट्टामा पत्रिकाले उनीहरुलाई त्यस्ता सर्वोत्तम सामाग्री तयार गर्न लगायो , जुन सामाग्रीको आवश्यकता उनीहरुलाई थियो , जसको उपयोग उनीहरु आफ्ना काम र संघर्षमा गर्न सक्थे । र आज पनि गर्न सक्दछन् ।
यस किसिमका पत्रिकालाई यथार्थ अनि साँचो अर्थमा तमाम पार्टी सदस्य र बहुसंख्यक क्रान्तिकारी मजदुरहरु भन्न सक्दछन्–“हाम्रो पत्रिका ।”
जन–अभियानलाई सञ्चालन गर्ने हतियार
४०. जुझारु कम्युनिस्ट पत्रपत्रिकाहरुले पार्टीद्वारा सञ्चालन गरिने अभियानहरुमा सहभागिता जनाउनुपर्छ । यदि कुनै निश्चित अवधिमा पार्टीको सक्रियता हुने खास अभियानमा केन्द्रित छ भने त्यस अवस्थामा पार्टी मुखपत्रले आफ्ना सम्पादकीय पृष्ठहरुलाई मात्र होइन आफ्ना सम्पूर्ण विभागहरुलाई उक्त विशेष अभियानको सेवामा आबद्ध गराउनुपर्दछ । यसलाई आफ्नो कर्तव्य नै बनाउनुपर्दछ । यस अभियानलाई सहयोग पु¥याउनुपर्दछ । तथा पत्रिकाको अन्तरवस्तु र रुप दुवैमा यस्ता सामग्री रहनुपर्दछ ।
४१. “आफ्नो पत्रिका” का लागि सहयोग जुटाउन एउटा पूर्ण संयन्त्र बनाइनुपर्दछ । यसका लागि सबै भन्दा पहिले जब कुनै घटनाका कारणले मजदुरहरुका राजनीति तथा सामाजिक चेतना जागृत भएको हुन्छ, त्यस्ता प्रत्येक अवसरको, प्रत्येक परिस्थितिको उपयोग गरिनुपर्दछ ।यस प्रकारका प्रत्येक ठूला हडताल ,आन्दोलन या तालाबन्दीका दौरानमा हाम्रा पत्रपत्रिकाले खुलेआम र पूर्णरुपमा मजदुरहरुका हितहरुको रक्षा गर्नु पर्दछ र आन्दोलनमा सहभागी भएकाहरुका बीचमा प्रचारात्मक कामलाई संगठित ढंगले सञ्चालन गर्नु पर्दछ ।
पत्रपत्रिकाका लागि चन्दा सूची र ग्राहक फारमहरुलाई यस्ता अनेकौं कारखानाहरुमा गठित ट्रेड युनियन फ्याक्सनहरुका बीचमा पनि बाँडिनुपर्छ । जहाँ मजदुरहरुले हडतालहरुमा भाग लिएका छन् यसका अतिरिक्त जहाँ सुकै पनि सम्भव भएसम्म ग्राहक फारमहरुलाई पत्र पत्रिकाको प्रचार गर्ने मजदुरहरुका विशेष समुहद्वारा घर घरमा बाँडिनुपर्छ यस्तै गरी मजदुरहरुका विश्ेष दस्ता तैनाथ गरिनुपर्दछ , जो यस्ता पत्र पत्रिकाका लागि व्यवस्थित प्रचार गर्दै मजदुरहरुका घर घर जाउन् ।
महंगी वेरोजगारी र मजदुरहरुको ठूलो हिस्सालाई प्रभावित गर्ने किसिमका अन्य कठिनाइहरुमा प्रकट हुने राजनीतिक तथा आर्थिक संकटहरुको दौरानमा पेसागत आधारमा संगठित विभिन्न उद्योगका मजदुरहरुलाई आफ्ना साथ नजिक्याउने हरसम्भव प्रयत्न गर्नु पर्दछ, जसले घर घर गएर पत्रिकाका लागि व्यवस्थित ढंगले प्रचार गर्न सकुन् । अनुभवले के बताउँछन भने यस प्रकारको प्रचार कार्यको लागि सबैभन्दा उपयुक्त समय प्रत्येक महिनाको अन्तिम हप्ता हुन्छ । यदि कुनै स्थानीय समूह कुनै महिनाको अन्तिम हप्तालाई यस्तो प्रचारका लागि उपयोग नगरी कनै बिताउँछन् भने त्यसले कम्युनिस्ट आन्दोलनको प्रचारका सम्बन्धमा गम्भीर अपराध गरिरहेको छ ।
पत्र पत्रिकाको प्रचार गर्ने जिम्मेवारी पाएका कुनै पनि कार्यकर्ता टोलीले प्रत्येक सार्वजनिक सभा या प्रदर्शनमा शुरुदेखि लिएर अन्तिमसम्मै ग्राहक फारम लिएर उपस्थित हुन पर्दछ । टे«ड युनियन फ्याकसनले युनियनका प्रत्येक बैठकमा गर्र्नु पर्दछ , अनि पार्टी दल वा फ्याक्सनले अगल अलग विभागहरुका बैठकमा गर्नु पर्दछ ।
पार्टी प्रेसको रक्षा गर
४२. प्रत्येक्ष पार्टी सदस्यले आप्नो मुखपत्रलाई सबै खाले विरोधी आक्रमणहरुबाट निरन्तर बचाइरहनुपर्दछ ता पुँजीवादी पत्रपत्रिकाहरुका विरुद्ध जोडदार अभियान चलाइरहनुपर्दछ । उनीहरुले पुँजीवादी प्रेसको निचता, त्यसमा प्रवाहित असत्य र भ्रम, समाचारलाई दबाउने जस्ता चेष्टा अनि ढुलुमलेपनलाई बेनकाव गर्नुपर्दछ र त्यसतर्फ मानिसहरुको ध्यानाकर्षण गर्नुपर्दछ ।
तुच्छ गुटबन्दीका बादविवादमा नफँसेर सामाजिक जनवादी तथा स्वतन्त्र पत्रपत्रिकाहरुद्वारा दैनिक रुपमा संचालित प्रत्यक्ष वर्गसंघर्षहरुमाथि पर्दा लगाउने जस्ता गद्दारीपूर्ण शैलीको निरन्तर पर्दाफास गर्दै अनि निरन्तर आक्रमक ढंगले तिनको आलोचना गर्दै तिनीहरुमाथि विजय हासिल गर्नुपर्दछ । टे«ड युनियन याक्सनहरु अरु प्रकारका याक्सनहरुले टे«ड युनियनहरु र अन्य मजदुर र्सगठनका सदस्यहरुलाई सामाजिक जनवादीहरुद्वारा फैलाइएका गुमराहमा पाने र पंगु बनाइदिने किसिमका प्रभावहरुबाट मुक्त गर्नुपर्दछ यसका अलवा हाम्रा पत्रपत्रिकाका लागि घर घर गएर प्रचार गर्ने कामलाई सामाजिक जनवादी पत्रपत्रिकाहरुका विरुद्ध प्रचारको दिशामा कुशलतापूर्वक निर्देशित गरिनुपर्दछ ।