
विक्रम थापा, पोखरा , भदौ २८ । कास्कीमा कृयाशील राजनैतिक पार्टीका प्रतिनिधिहरुले जेनजी आन्दोलनका घाइतेहरु र तिनका आफन्तहरुलार्इ पोखरा स्थित गण्डकी अस्पतालमा गएर स्वास्थ्य अबस्था बारे जानकारी लिएका छन् । जसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला सेक्रेटरी बिक्रम थापा, नेकपाका केस तथा जिल्ला सेक्रेटरी उमेस सि, नेसपा नयाँ शक्तिका केन्द्रिय सदस्य टिकाराम पौडेल , नेकपा माकेका कास्की जिल्ला सम्योजक बिश्व प्रकाश लामिछाने , राजमोका जिल्ला सदस्य सन्तोष पौडेल र नेकपा एकीकृत समाजवादीका केस तथा गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपाली र जिल्ला अध्यक्ष खड्क बहादुर हमाल सहितको प्रतिनिधि मण्डलले भेट गरेको हो ।
जानकारी अनुसार मादी ४ मिजुरे कास्कीका बर्ष १८ का लक्ष्मण नेपाली रहेका छन । उनको घाटिमा गोलि लागेको र बोल्न सक्ने अबस्थामा रहे पनि उनको शरीर नचल्ने अवस्थामा छ । उनी पोखरा युनाइटेड स्कुलमा कक्षा ११ मा अध्ययनरत बिध्यार्थी हुन् । उनको भदौ २३ गते पहिलो दिनमै कास्की जिल्ला प्रशासन अगाडि गोलि लागि घाइते भएका थिए । अर्का घाइते चितवन घर भएका ४४ बर्शीय बिजय लामा पनि जिल्ला प्रहरी कार्यालय कास्किमा भएको आगजनिमा परेर घाइते भएका थिए । उनी मजदुरी गरेर जिबिका चलाएका एक मजदुर हुन् ।उनको आजै निधन भएको छ ।
रोल्पा घर भै गण्डकी बोडिङ स्कुलमा आइटी इन्जिनियर अध्ययन गर्दैरहेका अर्का २० बर्से बिध्यार्थी बिबस घर्ती मगरको पनि कम्मरमा गोलि लागेर अस्पतालको आइसियुमा उपचाररत छन् । उनको कलेजो छेदबिछेद अबस्थामा रहेको छ । उनी पनि पहिलो दिन कास्की जिल्ला प्रशासन अगाडि सुरक्षा कर्मीको गोलि प्रहारबाट घाइते भएका थिए ।त्यस्तै स्याङ्जा बाडखोला निवासी बर्ष १९ का कृष्ण बिक पनि तनहुँमा भएको मुडभेडमा घाइते हुदा देब्रे खुट्टा भाच्चिन गइ तनहुँ अस्पतालको सिफारिसमा गण्डकी अस्पतालको अर्थो वाडमा उपचाररत छन् ।
अर्का घाइते पोखरा हेम्जाका बर्ष ३२ का रमेश शर्मा पौडेल पनि पोखराको सहिद चोकबाट सुरक्षाकर्मीको गोलि लागि घाइते भै गण्डकी अस्पतालमै उपचाररत छन । उनको मुत्र प्रणालिमा गोलि लागेको छ ।
अर्का एक जना १४ बर्सीय नेपाल भारत मैत्री बिध्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र सौरभ जैसवाल पनि भदौ २५ गते अप्रत्याशित रुपमा पोखराको गैहापाटनमा प्रहरीको गोलि लागि घाइते भै गण्डकी अस्पतालमै उपचाररत छन । उनलाइ कर्फ्यु आदेस नमानेको आरोपमा गोलि प्रहार भएको अनुमान गर्न सकिन्छ । उनको दुबै खुट्टामा गोलि लागेको छ । अहिले उनको अवस्था सामान्य रहेको छ ।
दलका प्रतिनिधिहरुले घाइतेको उपचारमा कुनै कमि नहोस भनी सजग हुन सरोकारवाला सबैमा अपिल गर्दै निस्पक्ष्र छानबिन आयोग गठन गरि दोशी उपर आबस्यक कार्वाहीको माग समेत रहेको प्रतिनिधिहरुले बताएका छन ।