
पान्डिचेरी : अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत दक्षिण टाउन एरिया समितिको २७ औं एरिया सम्मेलन भब्य र सान्दार रुपमा ०७÷०९÷२०२५ कादिन सम्पन्न भएको छ । हरिकला थापाको अध्यक्षता , प्रेम सुवेदीको संचालनमा अगाडि बढेको २७ औं एरिया सम्मेलनको उद्घाटन कार्यक्रम वीर सहिद प्रति एक मिनेट मौन धारण , उपस्थिति जनमासलाई गीतबाट रक्तिमका कलाकारहरुले र शब्दबाट दिलबहादुर पुनले स्वागत गर्नु भएको थियोे ।
कार्यक्रमका अतिथिहरु नगर समिति सहसचिव प्रेम के सी , केन्द्रीय सदस्य आर जनकराज शर्मा , सुर्य थापा, नगर सदस्य संजोक आले मगर , आरोभिल एरिया बाट नन्दलाल शेर्पाली , गिता शेर्पाली रहनु भएको थियोे ।२७ औं एरिया सम्मेलनको उद्घघाटन केन्द्रीय सदस्य तथा नगर अध्यक्ष सुर्य थापाले दीप बालेर गर्नु भएको थियोे ।उद्घाटनको क्रममा भारतवासी नेपालीहरुको अवस्था र अहिलेको संगठनको आवश्यकता र नेपाली श्रमिकहरुमा परेका समस्या लाई आम नेपालीहरुको सामुहिक एकताले मात्र सुल्झाउन सक्ने भनाइ राख्नु भएको थियोे ।
केन्द्रीय सदस्य आर जनकराज शर्मा , नगर सदस्य संजोक आले मगर ,सहसचिव प्रेम के सीले संगठनले गर्ने एरिया गतका सम्मेलन गर्नाले संगठित र जनचेतनामूलक कार्यको कारणले नै हाम्रो समाजमा आएका नकारात्मक कार्यको सफाइ गर्दै आएको छ र संगठनले सहि तरिकाले चालेका हरेक पहलकदमहरु हामीहरुले सही तरिकाबाट हल गर्न सकेको बताउनु भएको थियोे ।सम्मेलनले हरिकला थापाको अध्यक्षता मा ९ पुर्ण ३ वैकल्पिक ५ सल्लाहकार गरि १७ सदस्य समितिको घोषणा गरेको छ जसमा क्रमशः
अध्यक्ष हरिकला थापा, उपाध्यक्ष दिलबहादुर पुन, सचिव आर जनकराज शर्मा ,सहसचिव सपना थापा, कोषाध्यक्ष दुर्गा बा छन्त्याल , सदस्यहरुमा असोक बहिक मगर , किरान क्षेत्री , रङ्गिला राना थारु , बसान्त गिरी, वैकल्पिक सदस्य हरुमा लालकुमार चौधरी , गोविन्द थापा, लोकबहादुर गुरुङ सल्लाहकारहरुमा सुमन थापा, प्रकाश राउत , बिक्रम राना मगर ,संजोक आले मगर र एक स्थान रिक्त राखिएको छ नयाँ समितिको घोषणा नगर सहसचिव प्रेम के सीले गर्नु भएको थियोे भनेनिर्वाचित समितिलाई बधाई नगर अध्यक्ष सुर्य थापा र रक्तिमका कलाकारहरुले “हिउँ फुल तिमी फुल्दै जाउँ जुन सरी खुल्दै जाउँ यो देशको अन्धकारमा दिप बनी आउँ तिमी यहीँ छ शुभकामना” भन्ने बोलको गीतबाट बधाई दिएका थिए ।