Blog

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति…
Read More
छाउगोठमा गणतन्त्र

छाउगोठमा गणतन्त्र

कविता लेखक : जगदीश चन्द्र एक दशक हाराहारीभइसकेको छतिमीहरूको गणतन्त्रआएकोसिंहदरबारको पटाङ्गिनीबाटमहानगर उपमहानगरगाउँ गाउँमागणतन्त्रको वीभत्सताआदर्श च्यूत विद्रूपतादेखिएकै छ पोतिएकै छभरखर भरखरै भनेछाउगोठमा गणतन्त्रलेमानव मर्यादामाथिनिर्लज्ज उपहास गरेको छजतिसुकै उफ्रजतिसुकै उत्कृष्ट बोलतिम्रो कुरूप संसदतिम्रो कुरूप तन्त्रकेवल छाउगोठकोअसभ्य तन्त्र हो । यो समयछाउगोठको गणतन्त्रविरुद्ध प्रतिरोधकोसमय होभित्र बाहिरजता जहाँबाटजसरी जुनसुकैविधि तरिकाबाटआँधी तुफान बने पनि हुन्छ ।
Read More
अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका महत्वपूर्ण निर्णयहरु पार्टी संयोजक मोहन वैद्य किरणले एक प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गर्नुभएको छ । ६ बुँदे विज्ञप्तिको ५ नं बुँदामा उल्लेख गरिएको छ, “केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ । यस सन्दर्भमा स्वस्थ, मर्यादित तथा मैत्रीपूर्णढङ्गले बहस तथा अन्तरक्रियालाई सन्चालन गर्ने, महाधिवेशनलाई अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकसित तुल्याउने, पार्टीलाई विपरीतहरूको…
Read More
नुनको मूल्य बढेर २६ रुपैयाँ पुग्यो

नुनको मूल्य बढेर २६ रुपैयाँ पुग्यो

काठमाडाैँ: साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ। यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात…
Read More
क्रान्तिकारी महिला संगठनको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठनको एकता अधिवेशन सम्पन्न

काठमाडौं : क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघबिच एकता अधिवेशन सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा मंगलबार सम्पन्न भएको अधिवेशनले अम्बिका मुडभरीको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।एकता अधिवेशनबाट दुवै संगठनको एकतापछि संगठनको क्रान्तिकारी महिला संगठन राखिएको छ भने संगठनको सहसंयोजकमा शारदा महत, अन्जना तामाङ र मनु विकलाई चयन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयोजक सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता अधिवेशनले सातवटै प्रदेशका संयोजक र सहसंयोजक पनि चयन गरेको छ । जस अनुसार प्रदेश १ को संयोजकमा अम्बिका रेग्मी, सहसंयोजकमा राधा खतिवडा, निरु पोखरेल, प्रदेश २ को संयोजकमा नरमाया मगर, सहसंयोजकमा…
Read More
विष्णु आलेको लोकदोहोरी गीत दुईतिर माया सार्बजनिक

विष्णु आलेको लोकदोहोरी गीत दुईतिर माया सार्बजनिक

काठमाडौं : प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया जेठ २५ गते शुक्रबार सार्बजनिक भएको छ ।  विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत शुक्रबार  युट्युब बजारमा ल्याइएको हो ।  विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको‌ एरेन्जमा बनेको उक्त दोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने  भिडियो निर्देशक शिशिर बुढाथोकी हुन् ।  गीतको मोडलमा राजकुमार विश्वकर्मा,सजिना तामाङ, टेक बहादुर तामाङ् र सरस्वती तामाङ रहेका छन् । बाँकी भिडियोमा... https://www.youtube.com/watch?v=eqyTTyNP58o
Read More
मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

भारतमा १८ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म ७ चरणमा सम्पन्न चुनावको परिणाम ४ जुनमा बाहिरिएको छ । यो निर्वाचनको परिणामले नरेन्द्र मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टीलाई दह्रो सबक सिकाएको छ । हुन त भाजपाले एक्लैले २४० सिट प्राप्त गरेको छ । त्यसकारण त्यो सबैभन्दा ठूलो पार्टी भएको छ । तर ठूलो पार्टी भएर पनि एक्लै सरकार बनाउन सक्ने उसको हैसियत रहेको छैन । भाजपा नेतृत्वको गठबन्धनका घटकहरु जनता दल युनाइटेड र तेलगु देशम पार्टीले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता प्रकट गरेपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए र उनी भारतको तेस्रो प्रधानमन्त्रीको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

कमलवजार: अछाम जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)विच २०८१ असार ४ गते एकता अधिवेशन सम्पन्न भएको छ।अधिवेशनको ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री व्यानर वाचन गरेर उदघाटन गरेका थिए ।उदघाटनमा प्रशिक्षण मन्तव्य राख्दै इञ्चार्ज जाग्रीले क्रान्तिकारी पार्टीहरुको एकताको आवश्यकता समयको माग भएको, अन्य पार्टीहरु भन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता वैचारिक राजनीतिक रुपमा मात्र नभए व्यवहार र आचरणमा पनि जनताले देख्ने वुझ्ने गरी फरक हुनुपर्ने कुरा बताए । कार्यक्रममा ७ न. प्रदेशका संंयोजक महानले सवै पार्टी सदस्य, कार्यकर्ताहरु पूर्व पार्टीको मानसिकतावाट मुक्तभइ पार्टी एकतालाई रुपान्तरणमा लिएर जानुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला इञ्चार्ज शितलले एधार सदस्सीय जिल्ला समितिको प्यानल…
Read More

कम्युनिस्ट पार्टी एकताबारे

– अटलपार्टी एकता भनेको बनाउने कुरा हो । बनाउन जति गाह्रो हुन्छ भत्काउन अत्यन्तै सजिलो हुन्छ । उदाहरणको लागि एउटा घर बनाउन महिनौं वा कतिपय अवस्थामा त वषौं लाग्छ तर त्यो घरलाई बाढी, पहिरो, आगलागी, वम व्लाष्ट हुँदा केही समय मै ध्वस्त हुन्छ । पार्टी एकता पनि त्यस्तै हो । द्वन्द्ववादको नियम अनुसार पनि एकता अस्थायी, क्षणिक, शर्तबद्ध र सापेक्ष हुन्छ । संघर्ष वा फुट स्थायी, निरन्तर निशर्त र निरपेक्ष हुन्छ । मानिसहरु सहज र सजिलै प्रश्न गर्छन् कम्युनिस्टहरु फुट्न मात्र जान्दछन् र जुट्न बडो मुश्किल हुन्छ भनेर महान लेनिनले त्यसको सटिक उत्तर दिंदै भन्नुभएको छ सर्वहारा क्रान्तिकालमा निम्न पुँजीवादी…
Read More