कमलवजार: अछाम जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)विच २०८१ असार ४ गते एकता अधिवेशन सम्पन्न भएको छ।अधिवेशनको ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री व्यानर वाचन गरेर उदघाटन गरेका थिए ।उदघाटनमा प्रशिक्षण मन्तव्य राख्दै इञ्चार्ज जाग्रीले क्रान्तिकारी पार्टीहरुको एकताको आवश्यकता समयको माग भएको, अन्य पार्टीहरु भन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता वैचारिक राजनीतिक रुपमा मात्र नभए व्यवहार र आचरणमा पनि जनताले देख्ने वुझ्ने गरी फरक हुनुपर्ने कुरा बताए ।
कार्यक्रममा ७ न. प्रदेशका संंयोजक महानले सवै पार्टी सदस्य, कार्यकर्ताहरु पूर्व पार्टीको मानसिकतावाट मुक्तभइ पार्टी एकतालाई रुपान्तरणमा लिएर जानुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला इञ्चार्ज शितलले एधार सदस्सीय जिल्ला समितिको प्यानल प्रस्तुत गरे ।र ११ सदस्सीय जिल्ला संगठन समिति गठन भएको छ । नवनिर्वाचित समितिलाई प्रदेश कार्यालयको तर्फ वाट चिन्तकले शुभकामना तथा वधाइ दिएका थिए । कार्यक्रमको अध्यक्षता तथा संञ्चालन विज्ञान र स्वागत भाषण योध्दाले गरेका थिए ।