विष्णु आलेको लोकदोहोरी गीत दुईतिर माया सार्बजनिक

काठमाडौं : प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया जेठ २५ गते शुक्रबार सार्बजनिक भएको छ । 

विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत शुक्रबार  युट्युब बजारमा ल्याइएको हो ।

 विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको‌ एरेन्जमा बनेको उक्त दोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने  भिडियो निर्देशक शिशिर बुढाथोकी हुन् । 

गीतको मोडलमा राजकुमार विश्वकर्मा,सजिना तामाङ, टेक बहादुर तामाङ् र सरस्वती तामाङ रहेका छन् ।

बाँकी भिडियोमा…

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?