जडसुत्रवादीहरु एकता विरोधी हुन्छन्

लेखक : गंगा पौडेल

साढे सात दशक लामो इतिहास बोकेको नेपालको कम्युनिस्ट आन्दोलनमा मूलतः कार्यनीति, व्यक्तिवादी चिन्तन पद्धति, प्रवृत्ति र व्यवहारमा मतभिन्नता भएकै कारण पार्टी फुट्ने, विसर्जन हुने गरेका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको मूल उद्देश्य भ्रष्ट सामन्ती तथा शोषण प्रधान व्यवस्थालाई पूर्ण रुपमा नष्ट गरेर त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशा अवलम्बन गर्ने हो । विद्यमान नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा आज पनि नयाँ जनवादी क्रान्ति नै आधारभूत कार्यक्रम हो । त्यो जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र संघर्षबाट नै प्राप्त हुन सक्दछ । त्यसका लागि एउटा सशक्त, मिलिटेन्ट र अनुशासित क्रान्तिकारी पार्टीको निर्माण गर्न आवश्यक हुन्छ । नेपालमा विद्यमान कथित संसदवादी कम्युनिस्ट पार्टीहरुबाट यो कार्य सम्भव छैन । नेपालमा साना ठूला गरी दर्जनौं कम्युनिस्ट पार्टीहरु छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) , नेकपा ( एकीकृत – समाजवादी र संसदमा एक सिट रहेको नेकपा (मसाल) संसदवादी पार्टी हुन । अब यी पार्टीको मूल नेतृत्वबाट नेपालमा जनवादी क्रान्ति हुने कुराको कल्पना पनि गर्न सकिंदैन । यी पार्टीहरुमा रहेको इमान्दार, क्रान्तिकारी विचार भएका नेता, कार्यकर्ताहरु संसदीय आहालबाट बाहिर निस्केर क्रान्तिकारी पार्टीसँग धु्रवीकरण हुन अबेर भैसकेको छ । कुनै पनि देशमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी एउटा मात्र हुन्छ । त्यही सच्चा क्रान्तिकारी पार्टीले सर्वहारावर्गको प्रतिनिधित्व गर्दै क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउँछ । तर यहाँ त संशोधनवादी, दक्षिणपन्थी र उग्रवामपन्थी पार्टीहरुले अपाmूलाई सही क्रान्तिकारीको हवला दिने गर्दछन् । नेपालको सन्दर्भमा पनि त्यही भएको छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुनुको मूल समस्या कम्युनिस्ट पार्टीका मुख्य नेताहरुमा रहेको निम्न पुँजीवादी चिन्तनजन्य महत्वकांक्षाबाट ग्रसित संशोधनवादी, दक्षिणपन्थी प्रवृत्तिका कारण कम्युनिस्ट पार्टी पटकपटक फुट तथा विभाजन हुने गरेका छन् । फुटको कारण कम्युनिस्ट आन्दोलन क्षतविक्षत हुन पुग्यो र क्रान्ति सम्भव भएन । अब विगतमा भएका कमीकमजोरीहरुबाट पाठ सिकेर नेपालका संसदवादी कम्युनिस्ट पार्टी बाहेक अलगअलग समूहमा बसेका क्रान्तिकारीहरु एकै ठाउँमा ध्रुवीकृत हुनुको विकल्प छैन । क्रान्तिकारीहरु बीचको एकता विना नेपालमा क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगेर २०७९ कार्तिक महिनामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) बीच पार्टी एकताका लागि वार्ता सुरु भयो ।
एकताका आधारहरु तयार गर्न करिव दश महिना लाग्यो ।वार्ता कमिटीले ८ बुँदासहितको आधारभूत र सैद्धान्तिक सहमति ग¥यो । तर नेकपा (मशाल) मा आन्तरिक छलफल र सहमति नपुगेको कारण (मशाल) सहितको एकता तत्कालका लागि स्थगन भयो । यद्यपि २०८० वैशाख १९ गते तदनुसार १ मई २०२४ मा नेकपा (क्रा.मा) र नेकपा (बहुमत) दुई पार्टी बीच एकता भयो । दुई पार्टी बीचको एकता भएको ठिक १ वर्षपछि २०८१ वैशाख १९ गते नै ने.क.पा. मशाल समेतको पार्टी एकता भयो । पार्टीको नाम १ वर्ष पहिला नै तीन पार्टीको सहमति अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने टुंगंो लागि सकेको थियो । यसरी तीनवटा पार्टीको केन्द्रीय समितिलाई राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिमा परिणत गरेर आयोजक समितिको बैठकबाट राष्ट्रिय एकता महाधिवेशनको मिति पनि तय भैसकेको स्थितिमा नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वको एक हिस्साले एकता प्रक्रियामा सामेल हुन नसक्ने भनी विज्ञप्ती जारी ग¥यो । तर बहुमत पक्ष कै अर्को समूह ज सको नेतृत्व हेमन्त प्रकाश ओली (सुदर्शन) ले गर्नु भएको थियो । उहाँहरु एकता प्रक्रियामा सामेल हुनुभयो । यसरी तीन पार्टी बीचको बैठकले पुनः राष्ट्रिय एकता महाधिवेशनको मिति निश्चित ग¥यो । पार्टीले १६ वटा आधिकारिक दस्तावेजहरु तयार ग¥यो ।
प्रस्तुत दस्तावेजहरुमा संशोधन प्रस्तावको रुपमा मूलतः १) जनयुद्धको समीक्षा, २) माओवाद वा विचारधारा, ३) संघीयतासम्बन्धी प्रस्ताव पूर्व मशालबाट आएका कामरेडहरुबाट प्रस्तुत भयो । फरकमतलाई सम्मान गरी पार्टीको तल्लो निकायसम्म फोरम संचालन गर्ने निर्णय भयो । करिव दुई महिनासम्म खुला र आन्तरिक कमिटीहरुमा व्यापक छलफल (बहस गर्दै राष्ट्रिय एकता महाधिवेशन हलमा पुगेर देश तथा विदेशबाट उपस्थित चार सय एकाउन्न जना प्रतिनिधिहरु बीच दश दिनसम्म बृहत छलफल र बहस भयो । महाधिवेशनमा प्रस्तुत सबै दस्तावेजहरुको मूल टे«न सर्वसम्मतले पारित भएपछि फरक मत तथा संशोधन प्रस्तावमध्ये जनयुद्धको समीक्षालाई पार्टीभित्र विधि निर्धारण गरेर बहस गर्दै जाने । माओवाद, विचारधारा र संघीयताबारे अफिसियल लाइनलाई स्वीकृत गर्ने तर पार्टीभित्र र बाहिर पनि छलफल , बहस गर्न सकिने गरी राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भयो । कम्युनिस्ट पार्टीमा फरक मत हुने कुरा स्वभाविक मानिन्छ । एउटा जिवन्त पार्टीमा फरक मत हुनु जनवादको सुन्दर पक्ष हो । तर फरक मतलाई सापेक्षताको आधारमा मैत्रीपूर्ण तरिकाले हल गरेर जान सक्नुपर्दछ ।
पार्टीको आधारभूत सिद्धान्त संगठनात्मक प्रणालीमा सहमत भएको तर कतिपय कार्यनीति सवालमा फरक मतरहेकै कारण पार्टी एकता गर्न हुन्न भन्ने मान्यता जडसुत्रवादी हुन्छ । कतिपय जडसुत्रवादी चिन्तन भएका पार्टी वा व्यक्तिहरुले यसलाई ठाडै अस्वीकार गर्ने गर्दछन् । फरक मत हुँदाहुँदै एकता गरेपछि पार्टीमा पुनः फुट हुन्छ भन्ने मान्यता राख्नेहरुले पार्टीलाई बलियो बनाउने भन्दा पनि आफ्नो गुटको रक्षा गर्ने र व्यक्तिगत तथा मनोगत इच्छा पूरा गर्ने, सानो गुट बनाएर भएपनि नेता बन्नैपर्ने त्यो पनि आजीवन नेतृत्वमा रही रहन पर्ने इच्छा प्रकट गर्दछन् । यही संर्किणताका कारण अहिलेसम्म कम्युनिस्ट आन्दोलनले सफलता हासिल गर्न सकेन । नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशनमा आगामी कार्यदिशामा सहमत भए तापनि कतिपय तात्कालिक नीतिगत प्रश्नहरुमा मतान्तर थिए । ती मतान्तरहरुलाई एकता महाधिवेशनले सापेक्षतामा समाधान गरेको छ । समाधान गर्न तीन पार्टीका शीर्ष नेताहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
कतिपय संचारमाध्यमहरु तथा पार्टी एकता भएको देख्न र सुन्न नचाहने तत्वहरुले “सन्तबहादुरको नेतृत्वको मशालले अब मोहन वैद्य किरणको एजेण्डा जातीय संघीयता, जनयुद्ध र माओवादलाई हुबहु स्वीकार ग¥यो । सन्तबहादुरले पार्टी चलाउन नसकेर मोहन वैद्यसँग विलय भयो । विगतमा हामीले भन्दै आएको कुरा प्रमाणित भयो” भनेर स्याल हुइयाँ गर्दै दिपावली मनाएको मूलतः मोहनविक्रम सिंह नेतृत्वको (मसाल) का नेता कार्यकर्ताहरुबाट पाइयो । यो उनीहरुको एकता विरोधी तथा जडसुत्रवादी चिन्तन हो । खैर उनीहरुले यो एकतालाई फुटमा परिणत भएको देख्न चाहन्थे । त्यसको लागि उनीहरु प्रार्थना गरेका थिए । उनीहरुको चरम पूर्वाग्रही प्रवृत्तिबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई कुनै फरकक परेन र पर्दैन । तीन पार्टी बीचको एकतालाई असफल पार्नका लागि मोहन विक्रम समूह मात्र नभएर अन्य कतिपय देशी, विदेशी शक्तिहरु पनि नलागेका हैनन् । त्यसको एउटा छिटा धर्मेन्द्र वास्तोला समूहमा प¥यो । धर्मेन्द्र आफू सहितको बैठकले महाधिवेशनको मिति तय गरेर बैठकले गरेको निर्णयको मसी नसुक्दै एकतामा सामेल हुन सकिएन भनेर वक्तव्य जारी गरेर एकता प्रक्रियाबाट भागेका वास्तोलाको बारे पहिले नै पार्टीबाट चर्चा भइसकेको छ । यो एकता महाधिवेशन, त्यसको महत्व र सान्दर्भिकताको कुरा तीन पार्टीबीचको एकतामा साँच्चिकै एउटा चुनौती र जटिलता पनि थिए । अझै पनि सबै कुरा टुंगिइसकेका छैनन् । यद्यपि थाति रहेका विषयहरुलाई क्रमशः हल गर्दै जाने कुरामा ३ वटै पार्टी एक ठाउँमा उभिएको अवस्था छ । पूर्व बहुमत र क्रान्तिकारी माओवादी पार्टीको विगतको पृष्ठभूमि एउटै भए तापनि कतिपय व्यवहारिक समस्याहरु कायमै थिए । तर पनि दुवै पार्टी युद्धको मोर्चाबाट आएका हुन् भने नेकपा(मशाल) जनसंघर्ष, जनआन्दोलनको मोर्चाबाट आएको पार्टी बीच हुन गएको एकताले आधारभूत सिद्धान्तलाई माक्र्सवाद, लेनिनवाद, माओ–त्सेतुङ विचारधारा वा माओवाद सार्वभौम सिद्धान्तको रुपमा स्वीकार गर्दै नयाँ जनवादको खुड्किलो पार गरेर वैज्ञानिक समाजवाद ल्याउने कुरामा सहमत भए तापनि कतिपय नीतिगत प्रश्नहरुमा असहमति रहनु अस्वभाविक थिएन र छैन । मूल सैद्धान्तिक तथा सांगठनिक कुरा मिलेपछि अन्य कुरालाई आन्तरिक र बाह्य रुपमा छलफल र बहसको विषय बनाएर जाने कुरा नै ऐतिहासिक महत्व र अहिलेको परिस्थितिमा सान्दर्भिक थियो र छ ।
रुसको एउटा जिवन्त पार्टीभित्र एक पार्टी दुई कार्यनीति मेन्सेविक र बोल्सेविक पार्टी बीच चलेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पनि यो नयाँ अभ्यास सुरु भएको छ । यसरी फरक मतलाई आन्तरिक र बाह्य रुपमा पनि छलफल र बहस गर्न पाउने पूर्ण लोकतान्त्रिक पद्धतिले फरक फरक पार्टी एक ठाउँमा जोडेर बलियो पार्टी बनाउन मद्दत पुग्नेछ भन्ने कुरा आम पार्टी पंक्तिमा विश्वास छ । नेपालको कम्युनिस्ट आन्दोलनमा हण्डर खाएर आएका ३ वटै पार्टीका शीर्ष नेताहरुले नयाँ संकल्पका साथ पार्टी एकतालाई सुदृढ गर्ने उद्देश्यले नयाँ अभ्यासको सुरुवात गरेको भन्ने लाग्दछ । यदि एकता महाधिवेशनमा अल्पमत र बहुमतको अभ्यास गरेको भए पूर्व (मशाल) समूहको पराजय अवश्यमभावी थियो । तर कसैले हार्ने वा कसैले जित्ने भन्दा पनि फरक विचार पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा संचालन भइरहेका कम्युनिस्ट पार्टी भित्रका पुरक प्रस्ताव नै हुन र यिनी विषयहरुमा छलफलको माग बढ्दै गएको परिस्थितिलाई मध्यनजर गरी महाधिवेशनले उक्त निर्णय गरेको हो । यो एकता यति मै मात्र सीमित नभइ अझै पनि बाहिर छरिएर रहेका क्रान्तिकारी समूह, व्यक्ति तथा जनताहरु समेतलाई समेटेर सशक्त क्रान्तिकारी पार्टी निर्माणको दिशातर्फ जाने लक्ष्य रहेको छ । निश्चित रुपमा यो एकता नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ भन्ने कुरामा धेरैलाई आशा र विश्वास लागेको छ ।
२०८१ माघ ७ गते

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?