अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

image

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्लाको २७ औं एकता जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निर्मला लुहारको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा प्रदेश ९ का सेक्रेटरी चिन्तामणि पौडेलले मैनवत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता निर्मला लुहारले गर्नुभएको थियो भने सञ्चालन इसान महर्जनले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चिन्तामणि पौडेल, पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडा, बोजराज श्रेष्ठ र विद्यार्थी नेताहरु नविन खड्का, नेत्र शाही, दिनेश जोशी, लक्ष्मण बम, दिपेन्द्र शाही लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तय नमूना शाहीले राख्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?