काठमाडौ : अखिल (क्रान्तिकारी)ले रूस अध्यन गर्न भनी गएका विद्यार्थी दिनेश नायक अलपत्र भएकोमा खोजी गर्न नेपाल सरकार सित माग गरेकोछ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले २०८१ भाद्र १४ मा एक वक्तव्य प्रकाशित गरी सो माग गरेका हुन। वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
नेपाली विद्यार्थीहरू शैक्षिक बेरोजगारीको समस्याका कारण ठूलो संख्यामा विदेशिन बाध्य भैरहेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार ड्रीम कन्सल्टेन्सी,ल्याण्डमार्क कन्सल्टेन्सी लगायत शैक्षिक परामर्श केन्द्रबाट अध्ययन सँगै उचित रोजगारीको प्रलोभन देखाइ रूस पुर्याइएका विद्यार्थीहरूलाई भने जस्तो रोजगारीको ब्यबस्था हुन नसकेकाले लगभग १५० विद्यार्थीहरू अलपत्र पर्नुका साथै यसै कारण दिनेश नायक रसियाली सेनामा भर्ती हुन बाध्य भइ बेपत्ता भएको घटनाले हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ । अलपत्र परेको पीडित विद्यार्थीलाई तत्कास उद्दार गरी उचिर क्षतिपूर्ति दिई न्याय दिन, बेपत्ता दिनेश नायकको खोजी गरी उद्दार गर्न र झुठा आश्वासन दिई विदेश पठाउने शैक्षिक परामर्श केन्द्रलाई छानविन गरी कडा कार्वही गर्न हाम्रो संगठन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं । यस्तो घटना हुन नदिन सम्पूर्ण शैक्षिक र रोजगारी समस्या समाधान गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं। यदि समयमा समस्या समाधान नभए हामी कडा संघर्षको कदम उठाउन बाध्य हुने छौँ ।
