कमरेड हर्कसिंह ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीसहित पशुपतिमा अन्त्यष्टी
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनका बुबा हर्कसिंह ओलीको पार्थिव शरीरमा माल्र्यापण र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली मन्तव्यसहित अन्त्यष्टी गरिएको छ । काठमाडौंको पशुपति आर्यघाटको शवदाह गृहमा उहाँको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले सञ्चालन गरेको कार्यक्रममा पार्टीका महासचिव सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा प्रभाकर, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेखा शर्मा, नेकपा (एमालेका नेता खेममान खड्का र नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । मृतक हर्कसिंह ओलीका छोरा…