चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेले चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिने घोषणा कार्यान्वयनका लागि उक्त पार्टीद्वारा देशव्यापी अभियान सुरु गर्दै पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

सोमबार पत्रकार सम्मेलनमा गत मंसिर १६ र १७ गते पार्टीको केन्द्रीय चौथो पूर्ण बैठकबाट संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराइएको थियो । पार्टीका पोलिटब्यूरो सदस्य दिपक बहादुर शाहीले बहिष्कारको चरणबद्ध आन्दोलनमा पार्टी जुटेको बताउनु भयो । ’

बाँकेका पार्टी जिल्ला सेक्रेटरी पि.टी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भेरी कर्णाली इन्चार्ज समेत रहेका शाहीले त्यसबीच भ्रष्टाचार विरुद्ध ‘भौतिक कारवाहीका योजना समेत सुनाए ।

पार्टी केन्द्रीय सदस्य गुणनिधी आचार्यले माघ २७ गतेसम्म विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम जानकारी दिंदै ‘तेस्रो चरणको आन्दोलन त्यसपछि तय हुनेछ भन्नु भयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?