
बुटवल : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा पत्रकार सम्मेलन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीको जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेलको अध्यक्षता र बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बहिष्कार गर्नु पर्ने बताउनु भएको छ ।
अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताउनु भयो। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले जेनजी बिद्रोहको नाममा भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यबादको इसारामा यो सरकार बनेको दावी गर्नु भयो।
उहाँले संसदीय व्यवस्था असफल भैसकेकाले अहिलेकै अवस्थामा चुनाब उपयोग गर्न नसकिने बताउँदै सुशीला कार्की नेतृत्वको सरकारले गराउने चुनाब विदेशी प्रतिक्रियावादी शक्तिहरुको डिजाइनमा चुनाब गराउन लागेकोबताउनु भयो ।
देशभक्त, जनतान्त्रिक, वामपन्थी, र प्रगतिशील शक्तिहरुको बिचमा राष्ट्रिय राजनीतक सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरेर त्यो मोर्चाको नेतृत्वमा स्वाधीन संयुक्त सरकार बनाउनु पर्ने बताउनु भयो । उहाँले फागुन २१ गते हुने चुनाब विदेशी एजेन्टहरुको वर्चस्व कायम गरी आफ्ना एजेन्टहरुको सरकार बनाउने डिजाइन गरिएको दावी गर्र्दै उहाँले भन्नु भयो, “ संसदीय व्यवस्था र यस भित्र हुने चुनाबबाट देश अगाडि बढ्न सक्दैन । ” कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई संसदवाद्ी पार्टी भएको दावी गर्दै यी संसदबादी पार्टीहरु असफल भैसकेकाले देशलाई सही प्रकारले अगाडि बढाउनका लागि स्वाधीन संयुक्त सरकार निर्माण गरिनु पर्दछ – पौडेलको भनाइ थियो ।
स्थायी समिति सदस्य पौडेलले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नै यो व्यवस्था (वर्तमान पुँजिवादी संसदीय व्यवस्था ) का विरुद्ध उभिएको पार्टी हो भन्नु भयो । वहाँले भन्नु भयो , “अरु पनि व्यवस्था विरोधीकेही पार्टीहरु छन् तर मुख्य पार्टी यो नै हो । नयाँ आएका पार्टीहरुले पनि व्यवस्था हैन अवस्था मात्रै बदल्ने भनेका छन् तर हाम्रो पार्टीको स्पष्ट धारणा छ व्यवस्था नबदलिकन अवस्था बदलिनेवाला छैन । यो व्यवस्थाका विरोधीहरु राजावादी प्रतिगामीहरु पनि छन् तर हामीले यो व्यवस्थाको विरोध गर्नुको अर्थ अग्रगामी परिवर्तनको निम्ति हो । ”
वर्तमान राजनीतिक परिस्थितिको विष्लेषण गर्दै वर्तमान सुशीला कार्की नेतृत्वको सरकार अमेरिकी साम्रज्यावाद र भातीय विस्तारवादको कठपुतली सरकार हो भन्नु भयो । वहाँले थप स्पष्ट गर्दै भन्नुभभयो ,“ जेनजी विद्रोहका बेला तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले राजिनामा दिएपछि बालेन शाहलाइ नै प्रधानमन्त्रीबनाउने चर्चा पनि चलेको थियो । त्यो सबै अवस्था उनले थेग्न नसकिने देखिएपछि सुशीला कार्कीलाई अगाडि सारिएको हो ।”
नेता पौडेलले ढिलो चाँडो चुनाव त होला तर साम्राज्यवादी एजेण्टहरुको बहुमत आउने परिस्थिति नबन्दासम्म चुनाव नगराउन सक्छन् ।बंगलादेशमा आफ्ना एजेण्टहरुको बहुमत आउने स्थिति नबनिसकेकाले अमेरिकी कठपुतली प्रधानमन्त्री महमम्द युनुसले चुनावको मिति सारेका सा¥यै छन्, ठीक त्यसैगरी नेपालमा पनि आफ्ना एजेण्टहरुको बहुमत आउनेस्थिति नहुँदासम्म चुनाव सार्दै जान सक्ने स्थिति हुन सक्छ – पौडेलेलको स्पोष्टोक्ति थियो ।
रवि लामिछाने रिहाइ भएको घटनालाई पौडेलले साम्राज्यवादका एजेण्टहरुलाई एकीकृत गरेर निर्वाचन जिताउने तयारीको रुपमा अथ्र्याउनु भयो । पौडेले भन्नु भयो – कसलाई थाहा छैन रवि सहकारी ठग होइन भनेर ? तर उनलाई जेलबाट निकालेर चुनावको तयारी गरिँदैछ ।
अर्को सन्दर्भमा पौडेलले भन्नु भयो, “कुलमान घिसिङ निकै लोकप्रिय व्यक्तित्व मानिन्थ्यिो तर उनी त बारबारा फाउण्डेसनबाट सञ्चालित रहेछन् । सन्दुक रुइतले आफ्नो बारेमा वक्तव्य निकाल्नु परेको सबैलाई थाहा छ । गत स्थानीय चुनावमा बालेन शाहले चुनाव जित्दा धेरैलाई आश्चर्य लागेको थियो । उनी विदेशीहरुबाट परिचालित मान्छे रहेछन् । जेनजी आन्दोलनबाट उनको मुखुण्डो पनि उघारियो । “ पोडेलको जोड थियो ,“ यो सबै राजनीतिक परिस्थितिमा विदेशीहरुको स्वार्थ सिद्ध गर्न लागिएको चुनावलाई बहिस्कार गर्न जरुरी छ । ”