चुनाव बहिष्कारबारे नुवाकोटको बट्टारमा पत्रकार सम्मेलन

नुवाकोट : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नुवाकोटको आयोजनामा पत्रकार सम्मेलन बट्टारमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य तथा ८ नं. ब्युरो इञ्चार्ज रमेश पौडेल (सरोज) को प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटकाको जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठ लगायतको समेत उपस्थिति थियो । प्रमुख अतिथि रमेश पौडेलले फागुन २१ मा हुने निर्वाचन बहिष्कार गर्नु पर्ने बताउनु भएको थियो । उहाँले वर्तमान राजनीतिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना र जनताको पक्षमा संविधान निर्माणमा जोड दिनु भयो । पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै जनअधिकार, समानता र सामाजिक न्यायका लागि संघर्ष निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?