
सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतले आसन्न फागुन २१ को निर्वाचन बहिष्कार सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रम संवाद क्लवमा भएको थियो । कार्यक्रम जिल्ला सचिव रत्न वलीको अध्यतामा भएको थियो भने केन्द्रीय सदस्य कर्ण बि सि ले उदघोषण गर्नु भएको थियो । पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी तीन न ब्युरो इन्चार्ज शेर बहादुर देउवाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य विरेन्द्र सुनार बरुन र केन्द्रीय सल्लाहकार सदस्य स्याम कार्कीको उपस्थिति रहेको थियो ।
