अखिल (क्रान्तिकारी) काठमाडौंंले KMC कलेजलाई गर्यो यस्तो कारबाही
काठमाडौं : मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौँको बागबजार स्थित KMC कलेजमा आज २०८२ साउन १६ गते कालो ब्यानर सहित विरोध प्रदर्शन गरेको छ। अध्यनरत छात्रालाई कलेज प्रशासनले मानसिक तथा शारीरिक यातना सँगै यौन दुर्व्यवहार गरेको हुनाले चेतावनीमूलक कालो ब्यानर टाँसेर प्रदर्शन गरेको छ। कलेज प्रशासनले यो विषयलाई गैर जिम्मेवारी देखायो भने सशक्त संघर्ष हुने चेतावनी दिएको छ । यश भन्दा अगाडि अखिल (क्रान्तिकारी) काठमाडौंले विज्ञप्ति निकालेर विरोध जनाएको थियो । https://www.facebook.com/share/v/176Bxf1SXe