
भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल निकट अखिल (क्रान्तिकारी)को आज भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ ।
“वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थी एकजुट होऔं, राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र भ्रष्टाचारविरूद्ध संघर्षका लागि हाम्रो आन्दोलन सुदृढ र जुझारू संगठनका लागि एकताको १८औं जिल्ला सम्मेलन “भन्ने मूल नारासहित जिल्ला सम्मेलनमा १ मिनेट श्रद्धाञ्जली गर्दै
उक्त कार्यक्रमको अध्यक्षता सागर कार्कीले गर्नुभएको थियो भने सन्चालन विद्यार्थी नेता प्रवेश रुम्बाले गर्नु भयोको थियो।
विद्यार्थी नेत्री निर्मला लुहारले स्वागत मन्तव्य राख्नु भयो । विद्यार्थी नेता नवीन खड्का, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर जिल्ला समितिका सचिव सुरेश अधिकारी र विद्यार्थी नेता नेत्र शाहीले नव निर्वाचित समितिलाई शुभकामना मन्तव्य राख्नु भएको थियो ।