
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौंको दशरथरंगशालामा पौष १० गते आयोजना गरेको ५१ औं दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको छात्रा प्रतिभा पौडेल राजनीतिशास्त्र तर्फ सर्वोत्कृष्ट घोषित भइन्। एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट घोषित भइन् । पदक र पुरस्कार हात पारिन् । उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । पौडेल अहिले विभागमै एमफिलकी विद्यार्थी समेत हुन् ।
प्रतिभा पौडेल अध्ययनमा मात्र अब्बल छैनिन् । उनी बहुप्रतिभाकी धनी छिन् । राजनीतिकर्मी र प्रगतिशील कलाकार उनको अन्य परिचय हुन् । उनी राजनीतिमा सक्रिय छिन् । उनी क्रान्तिकारी कम्प्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आबद्ध छिन् । राष्ट्रघाती एम.सी.सी .सम्झौताको विरोधमा बनेश्वरको आन्दोलनमा घाइते भएकी थिइन् । परिवारको पुख्र्यौली थलो बागलुङ जिल्ला भए पनि परिवारको बसाईंसराईका कारण उनलाई सूूर्योदय प्रावि कपिलवस्तु जिल्ला( हाल वाडगंगा नगरपालिका चप्परगाउ)बाट अध्ययनको सुरुवात गर्नु परेको थियो । पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा कक्षा १२ पास गरिन् । उनले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा पौडेल त्यसपछि भने राजनीति शास्त्रतर्फ लागिन् । ।
कसरी अध्ययन गर्ने बारे उनी भन्छिन्,“ आफूलाई उपयुक्त समय मिलाएर पढ्नुपर्छ । पढने कुनै सूत्र हुँदैन । आआफ्नो तरिका हुन्छ । तुलनात्मक रूपमा अध्ययन गरेर पढने मेरो स्वभाव छ ।”
कलाकारितामा उनको गहिरो अभिरुची छ । जव उनी कुनै सांस्कृतिक मञ्च वा कुनै आन्दोलन वा राजनीतिक कार्यक्रममा प्रगतिशील गीत संगीतमा नृत्य प्रस्तुत गर्छिन् , सम्पूर्ण दर्शकको ध्यान खिच्न सफल हुन्छिन् । विभिन्न प्रगतिशील गीतको भिडियोमा उनको नृत्य र अभिनय रेकर्ड छन् । भन्छिन्,“ हो , म रक्तिम सास्कृतिक अभियानमा लामो समय देखि काम गरिरहेको र त्यसै शिलशिलामा प्रगतिशील गीतहरुमा पनि भिडियो छायाँकनमा सहभागि छु। पहिलो गीत जीवन शर्माको ‘कस्तो होला नेपालको चित्र’ भन्ने हो जुन तिहारको गीत पनि हो । त्यस पश्चात हेमराज आश्रमको आधिको वेग बनि, हामी नेपाली , नाकावन्दिले, तिमी एउटा रोज नेपाल या संघीयता, बहिनी तिम्रो हातको फूूल टिका, सबै वाम, सिंहदरवार आदि छन्।”

एमए राजनीतिशास्त्रको थेसिसको विषय पनि उनले जनवादी तथा प्रगतिशील गीत माथि नै लेखेकी थिइन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक अर्जुनध्वज अर्यालले उनको थेसिसको निर्देशन गरेका थिए । त्यसबारे प्रतिभाको भनाई छ ,“ जनयुद्धको समयमा राजनीतिक जागरण ल्याउन क्रान्तिकारी गीतको भूूमिका कस्तो थियो भन्ने बारेमा मेरो एम.ए.को थेसिस हो । म स्वयम प्रगतिशील गीतसंगितबाट प्रभावित र साँस्कृतिक अभियानसग जोडिएको व्यक्ति हुँ । गीत संगीत जोकोही व्यक्तिलाई पनि मन पर्ने गर्छ र त्यसको प्रभावले मानिसलाइ छिटो छुन्छ । जनयुद्धको समयमा जनवादी तथा प्रगतिशील गीत संगीतको प्रभाव र पछिल्लो समय ती गीत संगीतलाई जनताले कसरी लिएका छन ? त्यो बारेमा थाहा पाउनु मेरो थेसिस लेखनको उद्देश्य थियो । ” उनले थेसिस लेखनका सन्दर्भमा रोल्पाको थबाङ भ्रमण समेत गरेकि थिइन् ।

विद्यार्थी जीवनमा राजनीतिको महत्त्वबारे उनको भनाइ छ ,“विद्यार्थी जीवनमा राजनीतिको महत्त्व व्यापक हुन्छ, किनकि यसले व्यक्तिको चेतना, नेतृत्व क्षमता र नागरिक जिम्मेवारी विकास गर्न सहयोग गर्छ। यसले सचेत नागरिक बन्न सिकाउँछ। समाजका समस्या , असमानता, अन्याय, वुझ्न र समस्याका उपायहरु खोज्न त्यसका लागि संघर्ष गर्न सिकाउँछ। ”
प्रतिभा पौडेलले जुन प्रगति गरेकी छिन् उनको मिहेनतको प्रतिफल त हँुदै हो । उनको परिवारको सहयोगले पनि राम्रै योग पु¥याएको छ । बुवा चिन्तामणि पौडेल र आमा जमुना पौडेलको स्नेहपूर्ण सहयोगले उनलाई प्रगतिपथमा लम्कन प्रोत्साहन गरिरहेको छ ।