
पोखरा: अखिल (क्रान्तिकारी) कास्कीको २६औ जिल्ला सम्मेलन साेमबार सम्पन्न भएको छ । सम्मेलनले सन्देश परियारको अध्यक्षतामा तीन रिक्त सहित २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरु, सचिव, सहसचिब र कोशाषध्यक्ष्यमा क्रमश ः अस्मिता मकक्रान्ती, हिरालाल बिश्वकर्मा,सुर्य गुरुङ, दिपु परियार र कृस गुरुङ रहेका छन । सदस्यहरुमा क्रमशः जय घर्ती, मानसा सुनार, इन्द्र क्षेत्री,आशिका जिसि, आयुस परियार, सुदिप गुरुङ र कुशल गुरुङ रहेका छन ।

सम्मेलनको उत्घाटन प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रवेश रुम्बा लामाले मैनबत्ती जलाएर गर्नु भएको थियो । उद्घाटन गर्दै लामाले आफ्नो सङ्गठनले निशुल्क, सर्बसुलभ र बैज्ञानिक शिक्षा प्राप्तिको लागि सम्झौताहिन संघर्ष गरेको बताउदै सम्पुर्ण बिध्यार्थीहरुलाइ आफ्नो सङ्गठनमा आबद्द हुनको लागि अपिल गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार सदस्य राम्जी थापा , ७ नम्बर ब्युरोका इन्चार्ज नारायण अधिकारी, जिल्ला सचिब बिक्रम थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सङ्गम साँस्कूतिक मंचका अध्यक्ष काजिगाउले श्रेष्ठले परिवर्तनको गीत गाएर चेतनाको सन्देश दिनु भएको थियो ।

सिजन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन अस्मिता मकक्रान्तीले गरेका थिए । शहिदहरुप्रति एक मिनेट मौनधारण सङ्गै कार्यक्रमको शुरूवात भएको थियो ।