कम्युनिस्ट पार्टी एकताबारे
– अटलपार्टी एकता भनेको बनाउने कुरा हो । बनाउन जति गाह्रो हुन्छ भत्काउन अत्यन्तै सजिलो हुन्छ । उदाहरणको लागि एउटा घर बनाउन महिनौं वा कतिपय अवस्थामा त वषौं लाग्छ तर त्यो घरलाई बाढी, पहिरो, आगलागी, वम व्लाष्ट हुँदा केही समय मै ध्वस्त हुन्छ । पार्टी एकता पनि त्यस्तै हो । द्वन्द्ववादको नियम अनुसार पनि एकता अस्थायी, क्षणिक, शर्तबद्ध र सापेक्ष हुन्छ । संघर्ष वा फुट स्थायी, निरन्तर निशर्त र निरपेक्ष हुन्छ । मानिसहरु सहज र सजिलै प्रश्न गर्छन् कम्युनिस्टहरु फुट्न मात्र जान्दछन् र जुट्न बडो मुश्किल हुन्छ भनेर महान लेनिनले त्यसको सटिक उत्तर दिंदै भन्नुभएको छ सर्वहारा क्रान्तिकालमा निम्न पुँजीवादी…