मानिसहरु एउटै समाजमा बस्दछन् तर जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक फरक हुन्छन् । मानिसहरुको सोंच दुईवटा दर्शनबाट प्रभावित भएको हुन्छ । जसले चेतना प्रथम पदार्थ गौण अर्थात चेतनाबाट पदार्थको उत्पत्ति भएको मान्यता राख्दछ त्यो आदर्शवादी दर्शन हो । जसले पदार्थ प्रधान चेतना गौण अर्थात् पदार्थबाट चेतनाको उत्पत्ति भएको भन्ने मान्यता राख्दछ । त्यो भौतिकवादी दर्शन हो । आदर्शवादी दर्शनले ईश्वरलाई विश्वास, गर्दछ, भौतिकवादी दर्शनले प्रकृति र वस्तुलाई विश्वास गर्दछ । भौतिकवादले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिमा विश्वास गर्दैन । प्राचीनकालमा चार्वाक जस्ता भौतिकवादी दार्शनिकले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिको विश्वास गर्दैनथे । चार्वाकका अनुसार पृथ्वी, जल, तेज, वायु, यिनी चार तत्वहरुको संयोगले मान्छेको अस्तित्व भएको मान्दछन् । अर्का भौतिकवादी दार्शनिक बृहस्पतिले स्वर्ग, नर्क, केही पनि छैन भनेका थिए । दार्शनिक थेल्सले सृष्टिको मूलतत्व पानी हो भनेका थिए । मान्छेको मृत्यु पछि शरीर खरानी हुन्छ, त्यो वायुमा मिल्दछ । त्यही मानिसको अर्काे जुनी हुन सक्दैन ।
संसारका हरेक वस्तु स्थिर छैनन् गतिशील छन् र ती परिवर्तन भैरहन्छ । भौतिकवादले त्यसलाई निषेधको निषेध भन्दछ । एकपटक मरेको उही मान्छे फेरि जन्मन सक्तैन । अठारांै सताब्दीमा जर्मन दार्शनिक फायरवाख मूलरुपमा भौतिकवादी थिए । उनले पदार्थ प्रधान हो र चेतना गौण हो भन्ने मान्यता राख्दथे । तर पनि उनले धर्मलाई मान्दथे । त्यसरी फायरबाख मूलत भौतिकवादी भएपनि उनको भौतिकवाद वैज्ञानिक थिएन । अर्का दार्शनिक हेगेलले फायरबाखको पदार्थबाट चेतनाको उत्पत्ति भएको हो भन्ने भौतिकवादी धारणाको विरोध गर्दथे हेगेलले परम चेतना ईश्वरबाट नै सञ्चालित छ भन्ने मान्यता राख्थे । फायरबाखले प्रकृति प्रथम र अनिर्मित वस्तु हो भनेर भौतिकवादलाई विकसित अवस्थामा पु¥याएका थिए भने हेगेलले परस्पर विरोधी पक्ष बीच हुने संघर्ष नै विकाश हो भनेर द्वन्द्ववादलाई विकसित अवस्थामा पु¥याए । माक्र्स र एंगेल्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई अभिछिन्न एकको रुपमा लिनु पर्दछ भनेर टाउकाले टेकेको हेगेल्सको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई खुट्टाले टेक्ने बनाएर द्वन्द्वात्मक भौतिकवादको सुत्रबद्ध गरेका थिए । हामीले जगत र जीवनलाई जस्ताको तस्तै बुझ्नका लागि द्वन्द्वात्मक भौतिकवादलाई गहिराईमा पुगेर अध्ययन गर्न जरुरी हुन्छ ।
द्वन्द्ववाद र भौतिकवादको मिश्रण द्वन्द्वात्मक भौतिकवाद हो । हेगेलले व्याख्या गरेको द्वन्द्ववाद र फायरवाखले व्याख्या गरेको भौतिकवाद “जुन अलग अलग अस्तित्वमा थिए ।” लाई एकीकृत रुप दिने काम माक्र्स र एंगेल्सबाट भएको थियो । हेगेलले व्याख्या गरेको द्वन्द्ववाद माक्र्सवादको दर्शनसम्बन्धी मुख्य श्रोत थियो । हेगेलले समाजमा जुन चीजको अस्तित्व छ त्यसको अनिवार्य विनास हुन्छ भनेर आदर्शवादको ठाडो विरोध गरेका थिए । संसारका हरेक चीज उत्पत्ति, परिवर्तन, विकाश र विनाशको स्थितिबाट गुज्रन्छन् । वस्तुमा हुने परिवर्तन र विकासको मूल कारण त्यस भित्रको विरोधी पक्षहरुको संघर्ष हो । हेगेलले द्वन्द्ववादका तीन आधारभूत नियमको व्याख्या गरेका छन् । जस्तै (१) विरोधी पक्षहरुको एकता तथा संघर्षको नियम । (२) परिणामबाट गुणमा परिवर्तनको नियम र (३) निषेधको निषेधको नियम । तर उपरोक्त योगदानका बाबजुद पनि हेगेल वस्तुगत आदर्शवादी थिए । उनको दृष्टिकोणमा चेतना प्रथम र पदार्थ गौण अथवा भौतिक संसारलाई गौण मान्दथे । चेतना र पदार्थ मध्ये कुन प्राथमिकता हो भन्ने दर्शनको आधारभूत सवालमा फायरवाखले पदार्थलाई प्राथमिकता दिए । फायरबाखको दर्शन तत्कालिन अवस्थामा भौतिकवादको क्षेत्रमा उच्चतम उपलब्धी थियो । फायरबाखको दर्शनको मुख्य त्रुटि भनेको हेगेलको द्वन्द्ववादलाई बुझ्न सकेनन् । यसरी हेगेल र फायरबाखका दर्शनमा गम्भीर प्रकारका त्रुटीहरु थिए । तर पनि माक्र्सवादको प्रतिपादनका लागि यसले बाटो सुगम बनाई दियो ।
द्वन्द्वात्मक भौतिकवादको विकसित स्वरुप दर्शन हो । संसारमा भएका वस्तुहरुको उत्पत्ति, संचालन र विसर्जनबारे हेर्ने हेराइलाई द्वन्द्वात्मक भौतिकवादी दर्शन भनिन्छ । दर्शन २ प्रकारका छन् । अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन, अध्यात्मवादी दर्शनले चेतना पहिलो हो यसैले पदार्थको कल्पना गर्दछ । संसार धेरै छन् र अलग अलग अस्तित्व छ, संसारको गतिविधि बुझ्न सकिन्न, सबै गतिविधि ईश्वरबाट संचालित छन् र आत्मा कहिले मर्दैन रुपान्तरण हुन्छ, भन्ने मान्यता राख्दछ । यसैगरी भौतिकवादी दर्शनले पदार्थ पहिलो हो । यसले चेतनाको सृष्टि गर्दछ, संसार एउटा मात्र छ, हरेक चिज एक अर्कासँग सम्बन्धित छन् । संसारका हरेक चीजलाई बुझ्न सकिन्छ । पदार्थ कहिले पनि समाप्त हुन्न रुपान्तरण मात्र हुन्छ र मृतआत्माको अस्तित्व छैन भन्ने मान्यता राख्दछ ।
भौतिकवादले कुनै पनि पदार्थको बारेमा बुझ्नका लागि र त्यसको भविष्यको अवस्था बताउनका लागि त्यसको भूतकाल र वर्तमान कालको अवस्था बुझ्नु पदार्थ भन्छ भने अधिभूतवादले वर्तमानबाट नै सबै कुरा जान्न सकिन्छ भन्दछ । कुनै पनि विषयको बारे बुझ्नका लागि त्यसका भागहरु र सम्बन्धलाई बुझ्न पर्दछ । जस्तै हाम्रो शरीरका भागहरु हात खुट्टा, टाउको, जीउ मध्य टाउको जीउस“गको सम्बन्ध बढी महत्व हुन्छ । हातकाटे पनि मान्छे बाँच्न सक्तछ भने टाउको काटे मान्छे जीवित रहन सक्तैन । भौतिकवादले सनातन न्याय, सनातन अन्याय हुन्छ भन्ने कुरालाई स्वीकार गर्दैन । समय अनुसार उही कुरा ठीक हुन सक्तछ भने उही कुरा बेठीक हुन सक्तछ । जस्तै घ्यू पौष्टिक तत्व हो पचाउन सक्नेलाई बलियो बनाउँछ भने पचाउन नसक्नेलाई कमजोर बनाउ“छ । त्यही घ्यू ठीक त्यही बेठीक भनेर भौतिकवादले भन्दछ । औषधी विरामीको लागि ठीक हो तर स्वस्थ मान्छेको लागि हानीकारक हो ।
द्वन्द्वात्मक भौतिकवादका आधारभूत नियमहरु हुन्छन् ।
(क) परस्पर विरोधीहरुमा एकता र संघर्ष दुवै हुन्छ । जस्तै चुम्वकमा विपरित ध्रुव हुन्छ । एउटा मात्र धु्रवलाई छुटउन मिल्दैन । समाजमा पूँजीपति र मजदूर हुन्छन् । परिवारमा महिला र पुरुष हुन्छन् । एक अर्कालाई छुटाउन मिल्दैन, ती दुवै बीच एकता र संघर्ष हुने भएता पनि अस्तित्वको रक्षाको लागि संघर्ष प्रधान हुन्छ । यो नियमलाई माओत्सेतु·ले द्वन्द्वात्मक भौतिकवादको आधारभूत नियम बताएका छन् ।
(ख) मात्रात्मक परिवर्तनले गुणात्मक फड्को मार्दछ । प्रत्येक पदार्थमा, घटनामा, व्यवस्थामा आ–आफ्ना गुणहरु हुन्छन् । गुणको साथै मात्रात्मक हिसाबले पनि फरक हुन्छ । हरेक चीजलाई अध्ययन गर्नका लागि पक्ष, विपक्ष गरी दुई भाग गर्नु पर्दछ । त्यही गुणात्मक फरक हो । यसका साथै मात्रात्मक हिसाबले पनि थोरै धेरै गरी फरक हुन्छ । मात्रात्मक परिवर्तन र गुणात्मक परिवर्तन बीच एकता हुन्छ । यो एक किसिमको सीमा हो । सीमा उल्लंघन गर्ने बित्तिकै मात्रात्मक परिवर्तनले गुणात्मक रुप लिन्छ । त्यसपछि फेरि मात्रात्मक हिसाबले विकास हुँदै जान्छ । मात्रात्मक परिवर्तन मन्द र क्रमबद्ध हुन्छ । गुणात्मक परिवर्तन क्रमहीन र फड्को को रुपमा हुन्छ । राजनीतिक संशोधनवादीहरुले गुणात्मक फड्कोलाई स्वीकार गर्दैनन् । उग्रवामपन्थीहरुले मात्रात्मक परिवर्तनलाई स्वीकार गर्दैनन् । क्रान्तिकारीहरुले दुवैलाई स्वीकार गर्दछन् ।
(ग) निषेधको निषेध सम्बन्धी नियम–हरेक नया“ आउनेले पुरानोलाई उदाउदोले अस्ताउ“दोलाई निषेध गर्दै अघि बढ्दछ । पुरानोलाई निषेध गर्दै उसमा भएका असल गुणहरुलाई सुरक्षित गर्दै अगाडि बढ्दछ । जस्तै बा“दरलाई मान्छेको गुणले निषेध ग¥यो । निषेधको क्रममा अझैसम्म पनि मान्छेको शरीरमा पुच्छरको हड्डी पुरा निषेध भैसकेको छैन । दिनले रातलाई निषेध गर्दछ । रातले दिनलाई निषेध गर्दछ । त्यसो गर्दै हिउ“दले वर्षालाई गर्मीले जाडोलाई निषेध गर्दै जान्छ ।
ऐतिहासिक भौतिकवाद :
ऐतिहासिक भौतिकवाद द्वन्द्वात्मक भौतिकवादको अभिन्न अंग हो । द्वन्द्ववादले प्रकृति जिवन समाज र मानव चिन्तनका नियमहरुको अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले तिनीहरुको विशिष्ट चरित्र एवं पक्षहरु र समाज निर्माण र विकासका नियमहरुको अध्ययन गर्दछ । कार्लमाक्र्सले “समग्र भौतिक एवं वैचारिक पक्षहरुको अध्ययन गरी समाजको निर्माण र विकासमा भौतिक उत्पादन कार्यको निर्णायक भूमिका रहन्छ । भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ, श्रमजीवि जनता नै इतिहासका वास्तविक निर्माता हुन्” भनेर इतिहास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण निर्माण गर्नुभयो । त्यही दृष्टिकोण नै ऐतिहासिक भौतिकवाद हो ।
मानव समाजको विकास कसरी भयो ? यसको संचालन कसले गर्दछ ? समाजमा हुने परिवर्तनहरु आकस्मिक हुन् वा अवश्यम्भावी ? परापूर्व कालदेखि नै यी प्रश्नले विचारकहरुलाई चिन्तित तुल्याउँदै आएको थियो । माक्र्स–एंगेल्सले के कुरामा पुष्टि गरिदिनु भयो भने माथि उल्लेखित प्रश्नहरु अकस्मात उत्पन्न भएका हैनन् । मानिस समाजमा बस्छ र धेरै चीजहरुले उसलाई समाजसित जोडेको हुन्छ । स्वभावतः मानिसले समाजको भविष्य प्रति वेवास्ता गर्न सक्दैन र सामाजिक विकासका गतितिर अभिरुची नलिएर मानिस अगाडि बढ्न सक्दैन भन्ने व्याख्या पनि गरेका थिए । माक्र्स–एंगेल्सले पुरानो समाजशास्त्रको त्रुटीहरुलाई हटाएर समाज विकास गुणात्मक दृष्टिले नयाँ सिद्धान्त ऐतिहासिक भौतिकवादको सिर्जना गरेर अध्यात्मवादको अस्तित्वलाई नै नकार्नु भयो । माक्र्स र एंगेल्सले समाज विकास बारे दर्शनशास्त्रको मूल प्रश्नको सही उत्तर दिनुभयो । सामाजिक जीवन वृत्तिले सामाजिक चेतनाको निरुपण गर्दछ भन्ने ऐतिहासिक भौतिकवादको मुख्य अवधारणलाई शुत्रबद्ध गर्नुभयो । समाज विकासका नियमहरुको अध्ययन नै ऐतिहासिक भौतिकवादको विषयवस्तु हो ।
द्वन्द्वात्मक भौतिकवादको नियमलाई मानव समाजमा लागु गरियो भने त्यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यसले सामाजिक अस्तित्वलाई प्रथम र व्यक्तिको चेतनालाई द्वितिय मान्दछ । जलवायु, जनसंख्या आदिले मानव विकासमा प्रभाव पार्ने भए तापनि उत्पादन प्रणालीले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खाने लाउने र बस्नेको समस्या समाधान गर्न एक मान्छेले अर्काे मान्छेस“ग सम्बन्ध कायम गर्दछ । त्यसैले उत्पादन प्रणाली जस्तो किसिमको छ समाज व्यवस्था पनि त्यस्तै किसिमको हुन्छ । किनभने उत्पादन प्रणाली जग हो र नियम, कानुन रितीरिवाज, नैतिकता, अनुशासन, संगठन, सिद्धान्त सबै उपरी संरचना हुन् । आधार जस्तो किसिमको छ उपरी संरचना पनि त्यस्तै किसिमको बन्दछ । उत्पादन प्रणालीमा परिवर्तन आयो भने ढिलो वा चा“डो उपरी संरचनामा पनि त्यस्तै किसिमको हुनु पर्दछ । तर एकपटक उपरी संरचना निर्माण भैसकेपछि उत्पादन प्रणालीमा पनि प्रभाव पार्दछ ।