नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको करिव ८ दशक पूरा हुँदैछ । यस अवधिमा जनसंघर्ष र वर्गसंघर्षका क्रान्तिकारी गतिविधिहरु कम्युनिस्ट पार्टीको नेतृत्व भएका छन् । यस दौरान पार्टीभित्रको अन्तरसंघर्ष र वर्ग संघर्षले थुप्रै आरोह र अवरोह पार ग¥यो । वर्गसंघर्षले सशस्त्र संघर्षको उच्चतम रुप पनि लियो । वर्गसंघर्षले निर्णयात्मक अवस्था पैदा गरे पनि पटकपटक भएका सम्झौता झै ऐतिहासिक जनयुद्धमा पनि मूल नेतृत्वको षडयन्त्रकारी र आत्मसमर्पणको भूमिकाले जनयुद्ध सम्झौतामा नै टुंगिन पुग्यो । समय मै मूल नेतृत्वको अवसरवादी, आत्मसमर्पणवादी प्रवृत्ति बुझ्न नसक्दा क्रान्ति प्रति ठूला गद्दारी र विश्वासघात भयो ।
पार्टी स्थापनाकालदेखि छिटै (२००८ साल) नै क्रान्तिकारी धारा र संशोधनवादी दक्षिणपन्थी अवसरवादी धाराका बीच संघर्ष चल्दै गयो । २०१९ को तेस्रो महाधिवेशन सभा यो प्रक्रियामा राजापरस्त, संसदपरस्त चिन्तन प्रवृत्तिले नेतृत्व हत्याउन सफल भयो । तत्पश्चात असक्षम नेतृत्व र वैचारिक विचलनका कारणले टुटफुट र विभाज्यका घटनाहरु धेरै भए जसले गर्दा कम्युनिस्ट पार्टी र त्यसको क्रान्तिकारी गतिविधिमा नकारात्मक असर प¥यो ।
अन्तर्राष्ट्रिय रुपमा क. स्टालिनको मृत्युपश्चात् सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्वमा खु्रश्चेभको आगमनपछि भएको प्रतिक्रान्तिले नेपालमा पनि खुश्चेभी आधुनिक संशोधनवादी धारा राजावादी, संसदवादी खु्रश्चेभीपन्थीको रुपमा देखा परे । क. माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको नयाँ जनवादी क्रान्तिले अन्तर्राष्ट्रिय रुपमा मालेमावादी क्रान्तिकारी धारालाई उत्साहित र नेतृत्व प्रदान गरिरह्यो । क. माओको सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिले अविछिन्न रुपमा क्रान्तिकारी धाराको नेतृत्व उत्कर्षको रुपमा रह्यो । क. माओको मृत्यु पश्चात् तेङको नेतृत्वमा चीनमा प्रतिक्रान्ति भएपछि क्रमशः यहाँ नयाँ खु्रश्चेभपन्थी र तेङ पन्थीहरु थपिदै गए । क्रान्तिकारी धाराका क्रान्तिकारीहरु पनि स–साना मतभिन्नता र प्रँविधिक विषयलाई निहुँ बनाएर टुटफुट र विभाजित हुँदै स–साना समूह र गुट उपगुटमा बाँडिएर यसमा मुख्यतः कम्युनिस्ट पार्टीभित्र रहेको निम्न पुँजीवादी चिन्तन प्रवृत्तिको धरातलीय चेतनाले काम गरेको पाइन्छ भने बाह्य रुपमा प्रतिक्रियावाद र दक्षिणपन्थी अवसरवादको प्रभावले पनि काम गरेको छ ।
पंचायतको विघटन पछि कतिपय पार्टीहरु आफ्नो संसदीय उद्देश्यको लागि एमालेमा एकताबद्ध भए । यिनीहरुले माओलाई परित्याग गरेर सारमा माक्र्सवाद नै परित्याग गरे । अन्य कतिपय माओलाई अंगालेको भन्नेहरु पनि नारामा नयाँ जनवादी क्रान्ति र समाजवादका कुरा गरेर व्यवहारमा संसदवादी र ढुलमुले बन्द्र संसदीय व्यवस्था कै संरक्ष्णमा लिप्त रहे । संसदीय निर्वाचन मार्फत् जुनसुकै मूल्य मान्यता चुकाएर भए पनि संसदमा जानेर त्यसैबाट सब चीज प्राप्त गर्न सकिन्छ भन्दै मालेमावादी नीति र सिद्धान्तको विरुद्ध एमालेहरु गए । यिनीहरुले यही प्रतिक्रियावादी संसदीय व्यवस्था र सरकारका लागि बहुदलीय जनवादको नाममा बहुदलीय व्यवस्थाको संरक्षक बने । एमाले दक्षिणपन्थी नवसंशोधनवादी हुँदै नवप्रतिक्रियावादी कित्तामा पुग्यो र प्रतिक्रियावादी सरकारमा ढलीमली गरिरहेको छ । माओको नाम लिंदै माओवादी केन्द्र पनि अहिले यही धारामा जोडिन पुगेको छ । दोस्रो धारा वा प्रवृत्ति कहिल्यै कम्युनिस्ट क्रान्तिकारी धार नअंगाल्ने क्रान्तिको कार्यदिशामा व्यापक अस्पष्टता रहेको संसदीय निर्वाचनलाई कार्यनीतिक प्रश्न भने पनि व्यवहारतः संसदीय निर्वाचनमा भाग लिइरहने पार्टी पनि छन् । जसले कम्युनिस्ट क्रान्तिका कुरा त गर्छन्–यी मध्यमार्गी धाराको रुपमा स–साना समूह र गुटमा विभाजित कम्युनिस्ट पार्टीहरु रहेको र यसको खासै प्रभावकारी भूमिका नरहेकोले अस्तित्व संकटमा देखिन्छ ।
अर्को अहिले क्रान्तिकारी कम्युनिस्टहरु मालेमावादी सिद्धान्त, त्यसको क्रान्तिकारी कार्यदिशा र आमूल परिवर्तनको लागि एकजुट हुने प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्दै गएको छ । यो नै अहिलेको प्रमुख र मालेमावाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त अँगाल्ने सही क्रान्तिकारी धारा र प्रवृत्तिको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल हो । गत साल १८ वैशाखमा मे दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को बीचमा पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएको थियो । यो एकताबाट क्रान्तिकारी कम्युनिस्टहरु र वामपन्थी शक्तिहरु एवं क्रान्तिकारी जनसमुदायहरुमा सकारात्मक प्रभाव प¥यो । यसले क्रान्ति र आमूल परिवर्तनकारी कम्युनिस्ट क्रान्तिकारीहरुलाई तरंगीत र उत्साहित गर्दै एकताबद्ध गर्न पे्रेरित ग¥यो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थापित भएको ठीक वर्ष दिनपछि करिव २ वर्षसम्मको लामो गम्भीर वार्ता, छलफल र बहस पश्चात यही २०८१ वैशाख १८ गते १३५ औं मई दिवसकै अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नाममा दुई पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बीचमा पार्टी एकता सम्पन्न भयो । पार्टी एकतालाई ऐतिहासिक आवश्यकता ठान्ने दुवै पार्टीहरुले एकताको लागि सैद्धान्तिक, राजनीतिक र सांगठनिक आधार एवं धरातल समेत स्पष्ट गरेका छन् –जस्तो कि एकताको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ–
(क) माक्र्सवाद–लेनिनवाद–माओवाद/विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने,
(ख) नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने ।
(ग) नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रुपमा अंगीकार गर्ने,
(घ) क्रान्तिमा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने,
(ङ) सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्वन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गर्दै जाने ।
(च) सर्वहारा अन्तर्राष्ट्रियवादलाई स्वीकार गर्ने,
(छ) जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार संगठन परिचालन गर्ने र
(ज) पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राख्ने ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राजनीतिक प्रतिवेदन पेज नं. ५ बाट यिनै आधारभूत प्रश्नहरुमा बुझाईको एक रुपता देखिएकोले नै यो पार्टी एकता सम्भव भएको हो । बारम्बार टुटफुटबाट प्रताडित देखिएकोले नै यो पार्टी एकता सम्भव भएको हो । बारम्बार टुटफुटबाट प्रताडित बन्दै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई सचेत प्रयत्यद्वारा पुनर्संगठित र एकताबद्ध गर्न सकिन्छ भन्ने यो अनुपम उदाहरण बन्नु पर्दछ । यसको ऐतिहासिक आवश्यकतालाई थप उजागर गर्न निष्ठापूर्वक लागि रहनु पर्दछ । यो एकता प्रक्रिया यही टुंगियो भन्ने होइन– अझै बाहिर छरिएर रहेका विभिन्न क्रान्तिकारी कम्युनिस्ट समूह र व्यक्तित्वहरु साथै विभिन्न संसदवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरुलाई यस एकता प्रक्रियामा सामेल गर्न अथक मेहनत र थप छलफलको खाँचो छ । एकता प्रक्रियालाई थप सुदृढ र फराकिलो बनाउनु हामी क्रान्तिकारीहरुको अहं दायित्व होर हुनुपर्दछ । हो यो काम कठिन छ अनि जटिल पनि छ तर हामीले यसलाई एकीकृत र केन्द्रीकृत मै कठोर मेहनतका साथ सम्पन्न गर्नुपर्ने छ ।
अहिले सर्वहारावर्ग, श्रमजीवी जनता तथा उत्पीडित वर्ग र समुदायको राज्यसत्ता छैन । तर विश्वव्यापी रुपमा यस वर्गले कुनै न कुनै रुपमा प्रतिध्रुवीय वर्ग र व्यवस्थासँग संशस्त्र संघर्ष लगायत वर्गसंघर्षका विभिन्न प्रक्रियामा जुधिरहेको छ । विश्व बहुधु्रवीय बन्दै गएको सन्दर्भ र अमेरिकी एक धु्रवीय पकड कमजोर बन्दै जानुले विश्व साम्राज्यवाद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा गम्भीर संकटको बीचबाट गुज्रेको पृष्ठभूमिमा कम्युनिस्ट क्रान्तिकारीहरुको एकीकरण र धु्रवीकरणले आफ्नो वर्गीय तागतलाई सुदृढ गर्न अर्थात् आत्मगत अवस्थाको विकास गर्न र आफ्नो मोर्चा बलियो बनाउन ऐतिहासिक आवश्यकताको एक मूर्त अभिव्यक्ति बन्न गएको छ । मालेमावाद÷ विचारधाराको सुसंगीत चेतनाले लैस सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी विना सर्वहारावर्ग, श्रमजीवी जनता र उत्पीडित वर्ग समुदायको मुक्ति असम्भव छ भन्ने तथ्यलाई अंगीकार गरी धेरै पटक पटकका वार्ता, छलफल, बहस र संवादमा भएका एक रुपता र सहमतिको आधारमा पहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएको हो । एक वर्षपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच एकता मै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन भएको हो । यो ऐतिहासिक एकताले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ र सुदृढ धरातलमा उभ्याउने छ ।
भर्खर ११ अषाढ बाट १६ अषाढ २०८१ सम्म पार्टीका केन्द्रीय संयोजक क. किरणको अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन केन्द्रीय आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भयो । यो बैठक मुख्यतः एकता महाधिवेशनको तयारी बैठकका रुपमा केन्द्रित रह्यो । क. किरणले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव र राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो । केन्द्रीय कार्यालयका विभिन्न कमरेडहरुले संगठनात्मक प्रस्ताव, पार्टी विधानसम्बन्धी प्रस्ताव, नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव लगायत अन्इ थप दस्तावेज र प्रस्तावहरु छलफल, बहस र अन्तक्र्रियाका लागि बैठकमा प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन र प्रस्तावहरुमाथि व्यापक छलफल, बहस र अन्तक्र्रिया गर्न आयोजक समितिका कमरेडहरुलाई विभिन्न दश वटा समूहमा विभाजन गरियो । ३(तीन) दिनसम्म समूह समूहमा व्यापक अध्ययन, छलफल, बहस र अन्तरक्रिया चलिरह्यो । हरेक समूहले आफ्नो समूह नेता र कतिपय समूहबाट थप वक्ता कमरेडहरुको छनोट ग¥यो । सबै समूहहरुले विभिन्न मत अभिमतहरु संकलन गरे–कतिपयले लिखित सुझावहरु प्रस्तुत गरे ।
त्यसपछि सबै समूहका तर्फबाट समूह प्रमुख समेतका कमरेडहरुले आ–आफ्नो समूहमा सम्पन्न भएका बहस, छलफल र अन्तक्र्रियाको सार संक्षेप सहित आफ्नो भनाई प्रस्तुत गर्नुभयो । यसप्रक्रियामा सल्लाहकार समितिका पदाधिकारीले पनि आ–आफ्ना विचारहरु र प्रतिवेदनत तथा प्रस्तावहरु माथि प्रतिक्रिया राख्नु भएको थियो । २ जना सहसंयोजकले एकता महाधिवेशनको विषयमा मन्तव्य दिनुभयो र संयोजक कमरेड–किरणले संक्षिप्त आवश्यक स्पष्टीकरण राख्नुभयो । दस्तावेज तथा प्रस्तावहरुलाई विधि र प्रक्रिया संगत ढंगले महाधिवेशनमा प्रस्तुत गर्नका लागि तयार पार्ने निर्णय गरिएको थियो ।
अब हामी दस्तावेज र प्रस्तावहरु सहित तल्लो निकायमा जाँदैछौं । यो एकता महाधिवेशनलाई हामीले अध्ययन अनुसन्धानको केन्द्रको रुपमा विकसित तुल्याउन चाहान्छौं । यो कसरी सम्भव होला ? पार्टीले केही समय अगाडि नेपालको अर्थ सामाजिक सम्बन्ध र अवस्थाबारे अनुसन्धानको लागि केन्द्रीय कार्यालय स्तरबाट एउटा टीम खटाएको थियो । त्यसले हिमाली भेग, मध्य पहाडी भेग र तराईका गरेर २४ जिल्लामा स्थलगत अध्ययन गरी निचोड निकालेको छ । त्यसका साथै यस सम्बन्धका विज्ञहरुसँग पनि अन्तक्र्रिया र परामर्श गरी निचोड निकालेको छ । साथै सरकारी र विभिन्न संघसंस्थाका विश्लेषण र त्यसका खोजपूर्ण अध्ययनलाई समेटी समष्टीमा निष्कर्ष निकालेको छ । यसलाई एउटा महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा लिएर अध्ययन गरां । यसले हामीलाई वर्तमान नेपालको अर्थ सामाजिक अवस्था बुझ्न काफी हदसम्म मद्दछत गर्नेछ । यो नीति निर्माणको लागि सहयोगी सिद्ध हुन सक्दछ ।
हामी सबैका आ–आप्mना अध्ययन र जीवन व्यवहारका अनुभवहरु छन्– हामी सबै केही हदसम्म जानेबुझे पनि छौं । त्यसले हामीलाई पटक्कै पुगेको छैन । अझ हामी जान्ने बुझ्ने दुक्ष हुन चाहन्छौं । मैले सबै बुझेको छु भनेर निस्कर्ष निकाल्नतिर गयौं भने हामीले थप विकास गर्न सक्ने छैनौं र हामीले गलत बाटो अपनाउने छौं ।
तसर्थ हामीले अरु सबैका कुरा सुन्नुपर्दछ । क्रान्तिका विभिन्न अनुभवहरुको अध्ययन मनन गर्नुपर्दछ, हामीले अन्तर्राष्ट्रिय अध्ययन सामग्रीहरुको अध्ययन र अनुभवको खजाना खोल्नु पर्दछ अनि हाम्रै सन्दर्भ का ऐतिहासिक क्रान्तिकारी जीवन व्यवहारका अनुभवको पनि अध्ययन गर्नुपर्दछ । यसलाई हाम्रो सन्दर्भको व्यवहारिक कसौटीमा ढाल्नुपर्दछ । ठोस वस्तुको ठोस विश्लेषणका आधारमा नीतिको तर्जुमा गर्न पहल गर्नुपर्दछ । तथ्यद्वारा सत्यपत्ता लगाउनु पर्दछ जुन वस्तुनिष्ट छ –त्यो सत्य हो । छलफल, बहस र अन्तक्र्रिया गरौं । आफ्नो कमिटी र कमिटीको सदस्यसँग आपसमा छलफल, बहस र अन्तक्र्रियामा सहभागी बनौं । तर छुट्टै पूर्व समूहसँग मात्र बसेर होइन–त्यो गलत हो । यसबारे पार्टीले छलफल, बहस र अन्तक्र्रिया व्यवस्थित, मर्यादित र मैत्रीपूर्ण ढंगले लैजान नीति, नियमावली र कार्यविधि निर्माण गरी परिचालन गर्नुपर्दछ ।
हामी सबैलाई थाहा छ–पार्टी भनेकै विपरीतको एकत्व हो । अनि हामी कसरी अगाडि बढ्छौं त ? यसबारे पार्टीले एकता प्रक्रिया र आधार तयार पार्ने क्रममा केही महत्वपूर्ण विधि निर्धारण गरेको छ । पहिलो, मूल विधि भनेको भौतिकवादी द्वन्द्ववादको विधि हो । यो विधि एकता संघर्ष र रुपान्तरणमा आधारित छ । यसको दुईवटा चरण हुन्छ । पहिलो चरण– एकता र संघर्ष जुन साथसाथै चल्छ । यहाँ छलफल र बहसको प्रक्रिया अपनाइन्छ । जुन विभिन्न तहमा योजनाबद्ध गरिनुपर्दछ । दोस्रो चरण रुपान्तरणको चरण, एकता–संघर्ष र नयाँ आधारमा नयाँ एकता । हामीले एकताको उद्देश्य लिएर यो पार्टी निर्माण गरेका हौं । दर्विलो एकता अर्थात् साँच्चैको एकता गर्नका लागि विभाज्यका रेखाहरुलाई राम्रोसँग कोर्नुपर्दछ र केलाउनु पर्दछ । पार्टी महाधिवेशनका सिलसिलामा बहस, छलफलका लागि फोरमहरु संचालन हुनेछ । अनि गरमागर्मी बहस अर्थात् महान बहस, छलफलको माध्यमबाट नयाँ र बलियो एकता पैदा गर्न सकिन्छ– यही हो रुपान्तरण ।दोस्रो विधि सहमतीय विधि हो । पार्टी एकता प्रक्रियामा यस विधिको विशेष महत्व रहेको छ । तेस्रो अर्को विधि जनवादी केन्द्रीयताको विधि हो । जुन मुख्यतः सांगठनिक कामकाजमा जनवादी केन्द्रीयता लागु हुने गरेको छ
कामरेडहरु ! हामी ऐतिहासिक एकता महाधिवेशनको प्रक्रियामा ज्यादै गम्भीर र संगीत मोडमा अगाडि बढिसकेको छौं । २ कार्तिक २०८१ मा काठमाडौंमा राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेका छौं । महाधिवेशनलाई व्यवस्थित, मर्यादित, भव्य र सभ्य रुपले लैजान महाधिवेशन तयारीका लागि प्रचारप्रसार समिति, व्यवस्थापन समिति र आर्थिक समिति समेत बनाउने निर्णयका साथ अघि बढ्ने पहल लिएका छौं । यो हाम्रो लागि अत्यन्तै उत्साह र गौरवको ऐतिहासिक क्षण एउटा महत्वपूर्ण उत्सवको रुपमा हुनेछ । यसले भावी क्रान्ति र उन्नत कार्यदिशाको रुपरेखा तयार पार्ने छ साथै सक्षम नेतृत्वको चयन गर्नेछ ।
समयको चाँप सँगै यतिबेला हामी वर्षाद्को मौसमी प्रतिकुलताको अवस्थामा छौं – यसको हामीले सचेततपूर्वक सामना गर्नुपर्नेछ यस प्रक्रियामा एकताका सैद्धान्तिक आधार ख्याल नगर्ने, विभिन्न तयारीका काममा ढिलाढालापन, अलिकति पनि विचलन र अधैर्यता देखा परेमा त्यसबाट थप जटिलता पैदा हुने र विग्रह आउन सक्ने सम्भावनालाई गम्भीरता र सचेततापूर्वक लिन आवश्यक छ । यसलाई संयमिततापूर्वक समाधान गर्नुपर्ने छ । यसको लागि हामीले बढो दृढता र उत्साहका साथ धैर्यता, साहस, क्रान्तिकारी निष्ठा र विवेकको समुचित प्रयोग गर्नेछौं । हामी विस्वस्त छौं, ऐतिहासिक एकता महाधिवेशन भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्ने छौं । साथै क्रान्तिको ऐतिहासिक मिसन चुम्न मार्ग प्रशस्त गर्नेछौं –अगाडि बढ्ने छाैँ ।