विचार

एनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

एनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

कार्ल माक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रसिद्ध घोषणापत्र (सन् १८४८) मा लेख्नुभएको छ, “बुर्जुवावर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ता कि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस् ।” माक्र्स– एङ्गेल्सले आजभन्दा करिब १७६ वर्ष पहिले भनेको एनजीओ, आईएनजीओबारेको यो यथार्थ नेपालमा अहिले बुर्जुवावर्ग मात्रै नभई, वामपन्थको खोलभित्रको अर्को ठूलो हिस्सा ‘कम्युनिस्ट’ पनि नेपालबाट सामाजिक व्यथाहरूलाई हटाउन ‘कम्मर कसेर’ यसकारणले लागेका छन् ता कि त्यसबाट आउने ठूलो धनराशीलाई आफ्नो व्यक्तिगत पद–प्रतिष्ठा तथा पारिवारिक हितमा उपयोग गर्न सकियोस् । साथै, बुर्जुवा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन खोज्ने अन्य क्रान्तिकारी कम्युस्टिहरूलाई सुस्तसुस्त सुधारवाद र विकासवादमा ढाल्न सकियोस् ।माक्र्स–एङ्गेल्सको समयका एनजीओ, आईएनजीओहरूको उद्देश्य र अहिलेका एनजीओ–आईएनजीओहरूको उद्देश्यमा…
Read More
दलित मुक्ति आन्दोलनको पुँजीवादी वैचारिकी

दलित मुक्ति आन्दोलनको पुँजीवादी वैचारिकी

हजारौं वर्षदेखि उत्पीडित अवस्थामा रह“दै आएका दलित जातिको सामाजिक मुक्तिको प्रश्न आज पनि छलफल, विमर्श र वहसको विषय बन्दै आएको छ । यो नेपालको मात्र होइन, दक्षिण एशियाको भारतीय उपमहाद्वीप वा आर्यव्रतकै समस्या हो । भारतमा डा. भीम राव अम्वेडकरको नेतृत्वमा दलित मुक्तिको आवाज जोडले उठेको इतिहास पाइन्छ । डा. अम्वेडकर भारतको संविधानका निर्माता थिए । नेपालको दलित आन्दोलनको वैचारिकीलाई अध्ययन गर्न भारत हाम्रा लागि निकै महत्वपूर्ण पाठ हुन सक्दछ । दलित तथा जनजातिको प्रश्नमा भारतको संविधानमा अनुसूचित जाति भनेर उल्लेख गरिएको छ । तर यो दलित भन्ने शब्द डा. अम्वेडकरको नेतृत्वमा भारतमा जातीय मुक्ति आन्दोलन सञ्चालन गर्ने सिलसिलामा स्थापित…
Read More
भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ । यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती…
Read More
दर्शनः नेपाली समाजमा धार्मिक नियतिवाद

दर्शनः नेपाली समाजमा धार्मिक नियतिवाद

नियतिवादले जनजीवनमा यति गहिरो जरा गाडेको छ कि पढेलेखेका डिग्रीधारी व्यक्तिहरूले पनि त्यसलाई त्याग्न सकेका छैनन् । हाम्रो कुनै पनि वस्तुलाई हेर्ने दृष्टिकोण वैज्ञानिक बन्न सकेको छैन । मानिसको आफ्नो सामर्थ्यमा होइन, बाहिरी शक्तिमा प्रबल विश्वास देखिन्छ । धार्मिक नियतिवादले जगत्‌का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि सार्दछ । यसले के कुरामा जोड दिन्छ भने आफूलाई परिस्थितिले प्रदान गरेका सामान्य कार्य…
Read More
क्रान्तिबारे निम्न पुँजीवादीहरुको धारणा र त्यसका विरुद्ध मार्क्सले र लेनिनले गरेको संघर्ष

क्रान्तिबारे निम्न पुँजीवादीहरुको धारणा र त्यसका विरुद्ध मार्क्सले र लेनिनले गरेको संघर्ष

“क्रान्ति एउटा लामो प्रकृया हो भन्नेकुरा निम्नपुँजीवादी तत्वहरुलाई पचाउन मुस्किल पर्दछ ।” कार्ल मार्क्समाथि उल्लेखित भनाई माक्र्सले जर्मनका निम्न पुँजीवादी तत्वहरुको क्रान्तिबारेको धारणामा भएको प्रमुख कमजोरीलाई औल्याउँदै भन्नु भएको थियो ।क्रान्तिबारे निम्न पुँजीवादी तत्वहरुको धारणा के हुन्छ ? त्यसबारे माक्र्सले जर्मनका जर्मनको तत्कालिन परिस्थिति र निम्न पुँजीवादीहरुको क्रान्तिसम्बन्धी सोचाई बारे माक्र्सले पुनः लेख्नुहुन्छ— “पार्टीका पुराना नेताहरुले कार्यकर्ताहरुलाई यो भनेर उत्साहीत पार्ने प्रयत्न गथ्र्यो । क्रान्ति छिट्टै हुने छ, टाढा भए ४–५ वर्षमा पक्कै पनि । पार्टीले प्रारम्भिक दिनहरुमा प्राप्त गरेका सफलताका पछाडि यसप्रकारको शीध्र विजय वा आशाले प्रशस्त काम गरेको थियो । तर जव क्रान्ति झन् झन् टाढाको कुरा बन्दै…
Read More
पानीबारे हजुरआमाको कथा

पानीबारे हजुरआमाको कथा

मेरो मेरो आमाको आमा हजुरआमा उमेरमा निकै राम्री हुनुहुन्थ्यो । अग्लो जिउ ,गोरो मुहार ,मुहारमा राम्रो लाहुरेफूली लगाएको अनि निधारमा उहाँको जहिलेपनि रातो टलकने टिकी रहेको हुन्थ्यो । हजुर आमाले जहिले पनि रातो मखमलको चोली लगाउने गर्नूहुन्थ्यो । वहाँले संधै कक्कड खानुहुन्थ्यो । काँचोपातको वा आँकेको कक्कड बनाएर खाने गर्नुहुन्थ्यो । वहाँले कक्कड चिलिममा भरेर खाने गर्नुहुन्थ्यो । वहाँको सबै बानी व्यवहार निकै राम्रो थियो । पानीको मुहान वरपर सफा राख्नु पर्दछ भनेर संधै भन्ने गर्नु हुन्थ्यो । मेरो हजुरआमाले पढेको लेखेको त हुनुहुन्थेन तर पनि व्यवहारिक रुपमा सबै काम राम्रो संग गर्ने, घरदेखि मेलापात सम्मको सबै काम राम्रोसंग जानेको…
Read More
सरकार परिवर्तन र संविधान संशोधनको कुरा

सरकार परिवर्तन र संविधान संशोधनको कुरा

नेपालको राजनीतिक बजारमा यतिबेला सरकार परिवर्तन र संविधान संशोधनको कुराले बिशेष चर्चा पाएको छ । हुन त नेपालको समसामयिक सन्दर्भमा उपरोक्त दुबै प्रशंग खासै महत्वका होइनन् किनकी नेकां, एमाले र माओवादी केन्द्र तीनवटै उस्तैखालका संसदवादी बुर्जवा पार्टी हुनभने प्रधानमन्त्रि पदबाट निवर्तमान हुन लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँद फेर्न लाग्नुभएका एमालेका अध्यक्ष केपी ओली दुबै दक्षिणपन्थी अवसरवादी नेता भएको कुरामा द्विमतगर्ने ठाउँ छैन । कम्युनिष्ट पार्टीमा बिचार प्रधान हुन्छ । बिचारका आफ्नै सीमा, मूल्य, मान्यता र आदर्शहरु रहेका हुन्छन् । तर एमाले र माओवादी केन्द्र नाममात्रका कम्युनिष्ट पार्टी हुन्भने उनीहरुले ‘बिचारको राजनीति छाडेर’ ‘संभावनाको राजनीति’ अर्थात अवसरवादी राजनीति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण प्रक्रियामा देखिएका विभिन्न प्रवृृत्तिहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण प्रक्रियामा देखिएका विभिन्न प्रवृृत्तिहरु

पोहोर साल (२०८० वैशाख १८ गते) मे दिवसको अवसर पारेर तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको घोषणा गरियो । यो एकतालाई कम्युनिस्ट क्रान्तिकारीहरु र वामपन्थी शक्तिहरुले सकारात्मक रुपमा लिएको पाइयो । तर तत्कालीन नेकपा (बहुमत) का केही साथीहरुले नेकपा (बहुमत) जीवित छ भनेर वक्तव्य निकाल्नु भयो । एकता प्रक्रियामा सामेल हुनु भएन । तर नेकपा (बहुमत) भन्ने अहिले अस्तित्व छैन । त्यसको केही समयपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट तत्कालिन नेकपा (बहुमत) पक्षका केही साथीहरुले नेकपा (माओवादी) बनाएको घोषणा गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अस्तित्वमा आएको ठीक एक…
Read More
प्रवासमा संगठनात्मक भूमिका

प्रवासमा संगठनात्मक भूमिका

भारतमा समाजिक संगठन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भएको थियो । तर त्यो भन्दा करिव एक वर्ष पहिला नेपाल कम्युनिष्ट पार्टी भारत शाखा पनि भूमिगत प्रणालीमा संचालन गरिएको थियो । कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली मजदूरहरुलाई सामाजिक गतिविधिमा सामेल गर्दै अन्ततः पार्टी कारण गर्ने थियो । सामाजिक संगठन एकता समाजको माध्यमबाट उनीहरुलाई क्रमशः राजनैतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक प्रशिक्षण दिएर तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनको लागि योग्य बनाउन जरुरी थियो । उनीहरुलाई संगठन, अनुशासन र पद्दतीको बारेमा बुझाउन पर्दथ्यो । त्यति बेलाको छिपछिपे ज्ञान भएका प्रवासी नेपालीहरुलाई विविध कोणबाट प्रभावित गर्दै अखिल…
Read More
मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

भारतमा १८ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म ७ चरणमा सम्पन्न चुनावको परिणाम ४ जुनमा बाहिरिएको छ । यो निर्वाचनको परिणामले नरेन्द्र मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टीलाई दह्रो सबक सिकाएको छ । हुन त भाजपाले एक्लैले २४० सिट प्राप्त गरेको छ । त्यसकारण त्यो सबैभन्दा ठूलो पार्टी भएको छ । तर ठूलो पार्टी भएर पनि एक्लै सरकार बनाउन सक्ने उसको हैसियत रहेको छैन । भाजपा नेतृत्वको गठबन्धनका घटकहरु जनता दल युनाइटेड र तेलगु देशम पार्टीले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता प्रकट गरेपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए र उनी भारतको तेस्रो प्रधानमन्त्रीको…
Read More