“क्रान्ति एउटा लामो प्रकृया हो भन्नेकुरा निम्नपुँजीवादी तत्वहरुलाई पचाउन मुस्किल पर्दछ ।” कार्ल मार्क्स
माथि उल्लेखित भनाई माक्र्सले जर्मनका निम्न पुँजीवादी तत्वहरुको क्रान्तिबारेको धारणामा भएको प्रमुख कमजोरीलाई औल्याउँदै भन्नु भएको थियो ।
क्रान्तिबारे निम्न पुँजीवादी तत्वहरुको धारणा के हुन्छ ? त्यसबारे माक्र्सले जर्मनका जर्मनको तत्कालिन परिस्थिति र निम्न पुँजीवादीहरुको क्रान्तिसम्बन्धी सोचाई बारे माक्र्सले पुनः लेख्नुहुन्छ— “पार्टीका पुराना नेताहरुले कार्यकर्ताहरुलाई यो भनेर उत्साहीत पार्ने प्रयत्न गथ्र्यो । क्रान्ति छिट्टै हुने छ, टाढा भए ४–५ वर्षमा पक्कै पनि । पार्टीले प्रारम्भिक दिनहरुमा प्राप्त गरेका सफलताका पछाडि यसप्रकारको शीध्र विजय वा आशाले प्रशस्त काम गरेको थियो । तर जव क्रान्ति झन् झन् टाढाको कुरा बन्दै गयो, निम्न पुँजीवादी तत्वहरुको यो सक्रियता र त्यागको भावना पनि सेलाउँदै गयो ।”
माक्र्सले फ्रान्सको उदाहरण दिंदै १९औ शताब्दीको पूर्वाद्धमा फ्रान्सको आधाभन्दा बढता जनसंख्या किसानहरुको थियो र जसको कारण फ्रान्स निम्न पुँजीवादी समाजवादको जन्मभूमि बन्न गएको थियो भन्नु भएको छ ।
माक्र्सले जर्मनका निम्न पुँजीवादी तत्वहरुको बारेमा गरेको यो आलोचना अहिले पनि नेपालको सन्दर्भमा खासगरी युवा, विद्यार्थीहरु जो क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा विभिन्न समूहहरुमा आवद्ध भएर क्रान्तिकारी सिद्धान्त, विचार र कार्यदिशाप्रति आवद्ध छन्,भन्ने गर्दछन कि क्रान्ति ४—५ वर्ष भित्रै सम्पन्न गर्नु पर्छ ढिलो गर्न हुँदैन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा युवा, विद्यार्थीहरुको महत्वपूर्ण योगदान छ तर यो पनि त्यत्तिकै सत्य हो कि क्रान्तिको लामो प्रकृयामा उग्ररुपले अगाडि देखिएका कैयाँै युवा, विद्यार्थीहरु क्रान्तिबाट पलायन भएका उदाहरणहरु छन् । क्रान्ति क्रान्तिकारीहरुले चाहेर मात्रै हुने होइन भन्ने उनीहरुले बुझन सकेनन ।
यसो हुनुको एउटा प्रमुख कारण नेपालको आधाभन्दा बढता जनसंख्या किसानहरुको हुनु र परिणाम यहाँको कम्युनिस्ट पार्टीहरुभित्र किसान (निम्न पुँजीवादी) पृष्ठभूमि र आधार भएका नेता तथा कार्यकर्ताको बाहुल्यता र मजदुर (सर्वहारा) को नगण्य उपस्थिति हुनु हो ।
यिनै निम्न पुँजीवादी कम्युनिस्टहरु सबै मिलेर अहिले नेपालमा नेपाली विशेषताको समाजवाद भन्न थालेका छन् जो निम्न पुँजीवादी समाजवाद हो । माक्र्सको परिभाषा अनुसार निम्न पुँजीवादी समाजवाद भनेको निम्न पुँजीवादी शासन व्यवस्थाको विरोध र आलोचना त गर्ने तर त्यस्तो आलोचना र विरोधको मापदण्ड किसान र निम्न पँुजीपतिहरुलाई प्रयोग गरिन्थ्यो । निम्न पुँजीपतिवर्गसँग केही सम्पत्ति र जीवन निर्वाहका केही साधनहरु हुन्छन । तर त्यो विद्यमान सम्पत्ति र उनीहरुसँग भएको जीवन निर्वाहका साधनहरुको अस्तित्व सधैभरि खतरामा रहिरहेको हुन्छ । यो खतरा उनीहरुलाई सधैभरि पँँुजीपति वर्गबाटै भइरहन्छ । त्यसैले निम्न पुँजीपतिवर्गले आफनो सम्पत्ति र जीवन निर्वाहका साधनहरुलाई बचाएर राखिरहन सधैभरि पुँजीपतिवर्गसित संघर्ष गरिरहनु पर्छ । निम्न पुँजीपतिवर्गको अवस्थाको बारेमा माक्र्सले उहाँका साथी अन्निनकोवको नाममा लेखेको पत्रमा यसरी उल्लेख गरेको पाइन्छ — निम्न पुँजीपतिवर्ग एकै समय “ पुँजीपति पनि हुन्छन, जनताका मान्छे पनि” । उनीहरु पुँजीपतिवर्गद्वारा उत्पीडित हुन्छन, त्यसैले पुँजीपतिवर्गका विरोधी हुन्छन, जनताका मान्छे हुन्छन । पुँजीपतिवर्गको विरोध गर्न उनीहरु समाजवादी हुन्छन । यसरी उनीहरु किन समाजवादी भएत केवल पूँजीवादको विरोध र आलोचनाको अर्थमा । यसैक्रममा समाजवादी आन्दोलनमा निम्न पुँजीवादी तत्वहरुको महत्वपूर्ण र क्रान्तिकारी भूमिका र योगदान रहेको इतिहास छ । तर माक्र्सले कम्युनिस्ट घोषणापत्रमा निम्न पुँजीवादी समाजवादी प्रवृत्तिको खुलेरै विरोध गर्नु भएको छ र त्यस्तो प्रवृत्तिलाई प्रतिक्रियावादी प्रवृत्ति भन्नु भएको छ । माक्र्सले यसो किन भन्नु भयो त ? किनभने निम्न पुँजीवादी समाजवादी प्रवृत्तिले “इतिहासको चक्रलाई पछाडितर्फ घुमाउन कोशिश गर्दछ ।”

सबैलाई थाहा छ कि पुँजीवादी व्यवस्था वा पुँजीवाद ठूलो पैमानाको स्वामित्वमाथि आधारित हुन्छ । क्रान्तिको आवश्यकता ठूलो पैमानाको पुँजीवादी स्वामित्वको ठाउँमा समाजवादी स्वामित्वको स्थापना गर्नु हो । निम्न पुँजीवादी प्रवृत्तिले क्रान्तिद्वारा त्यसो नगरी पुनः सानो पैमानाको स्वामित्वको पुनस्र्थापनामा जोड दिन्छ, जो माक्र्सको भनाईमा प्रतिक्रियावादी सोचाई नै हो ।
विश्वको इतिहासले देखाएको छ कि जति जति पुँजीवादीको विकास हँुुदै जान्छ, त्यही क्रममा निम्न पुँजीपतिवर्ग विस्श्रृखलित हुँदै र टुटदै जान्छ । केही मुठ्ठीभर व्यक्तिहरुले आफूलाई पुँजीपतिवर्र्गको रुपमा विकास गर्दै जान्छन भने बहुसंख्यक जनसंख्या गरिव हुँदै, दिवालिया बन्दै सर्वहारावर्गको रुपमा बदलिन जान्छन । तर पनि निम्न पँुजीपतिवर्गले आफूलाई आफनो शक्तिले भेटेसम्म, अनेक उपाय लगाएर भएपनि आफूलाई सर्वहारावर्गमा आर्थिक रुपमा खस्नबाट जोगाउने कोशिश गर्दछ तर राष्ट्रिय अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादी विकासका कारण उसको त्यो सपना पुरा गर्न कठिन हुन्छ र झनझन सर्वहारावर्गका नजिक पुग्दै जान्छन र अन्त्यमा उनीहरुको निम्ति पुँजीवादी विश्व दृष्टिकोण त्याग्नु र सर्वहारा विश्व दृष्टिकोण अपनाउनु जरुरी हुन जान्छ । तर पनि निम्न पुँजीपतिवर्गले पुँजीपतिवर्गको आड र भरोसामा आफनो वर्तमान अवस्थालाई फेर्दै पुँजीपति, धनी बन्ने सपना छाडेको हुँदैन र कैयौले यसमा प्राप्त गरेका सफलताका कथाहरुले पनि उनीहरुलाई अवसरवादी चरित्र कायमै राख्न र केहीले त निम्न पुँजीपतिवर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडि बढाउँदछन् ।
माथि उल्लेखित ऐतिहासिक तत्थ्यमा आधारित माक्र्सवादी विश्लेषणको अध्ययनबाट नेपालका कम्युनिस्टहरुका केही नेताहरुको चरित्र, व्यवहार र उनीहरुले अपनाउँदै गएका कार्यशैलीले क्रमसः निम्न पँुजीपतिवर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडि बढाएका त छैनन भन्ने प्रशस्त शंका गर्ने आधारहरु छन् । उनीहरु आफूलाई सर्वहारावर्गको नेता र क्रान्तिकारी भन्न छाडदैनन तर निम्न पुँजीपतिवर्गको आड र भरोसामा आफनो वर्तमान अवस्थालाई फेर्दै पँुजीपति र धनी बन्ने सपना भने बोकी रहेका हुन्छन् । र यसका लागि शक्तिले भेटेसम्म, अनेक उपाय (पुँजीपतिवर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडि बढाएर भएपनि) आफूलाई सर्वहारावर्गमा आर्थिक रुपमा खस्नबाट जोगाउने कोशिश गरिरहेका छन् तर जनतामा भ्रम छर्न आफूलाई समाजवादी भन्न छाडेका छैनन ।
निम्न पुँजीवादी समाजवादका विरुद्धको लडाईको कति महत्व रहेछ र यसले संघर्षलाई कहाँसम्म पुराउँदछ त्यसबारे लेनिनले आफनो किताव ‘राज्य और क्रान्ति’ मा जोड दिएर भन्नु भएको छ—“निम्न पुँजीवादी समाजवादका विरुद्ध माक्र्सले आफनो जीवनभरि नै लडनु भयो । ” त्यो दौरानमा उहाँले सिस्मोदी (१७७३–१८४२) जस्ता निम्न पुँजीवादी समाजवादका चर्चित बेलायती साहित्यका नेता, प्रुधो (१८०९–१८६२ ) र वाकुनीन (१८१४–१८७६) आदि निम्न पुँजीवादी समाजवादी नेताहरुका विरुद्ध सैद्धान्तिक, वैचारिक संघर्ष गर्नु भयो । त्यस संघर्षको क्रममा माक्र्सले क्रान्तिकारी सर्वहारा समाजवादका सिद्धान्त र कार्यनीतिको रुपरेखा निश्चित गर्नु भयो । माक्र्स तथा एङ्गेल्सको यो लडाई दुश्मनका दलाल, प्रतिक्रान्तिकारी वा गद्दारसँग नभै निम्न पूँजीवादी समाजवादी नेताहरु कैयौँ आफनो समयका स्थापित क्रान्तिकारीहरु थिए, उनीहरुसँग थियो । उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र वीरताको प्रदर्शन विश्व समाजवादी क्रान्तिका अमर उदाहरणहरु मानिन्छन । उनीहरुप्रति अत्यन्त आदरभाव राख्दा राख्दै माक्र्सले उनीहरुको विरोधमा आफूलाई उभ्याउनु प¥यो किनभने उनीहरुको समाजवाद र क्रान्तिसम्बन्धी धारणाहरु अवैज्ञानिक, काल्पनिक र रोमान्टिक थिए । माक्र्सको विश्लेषणमा तिनीहरुद्वारा क्रान्तिलाई लाभ र फाईदा होइन हानी र वेफाईदा नै ज्यादा पुग्दथ्यो ।
माक्र्स, एंगेल्स, लेनिन र माओले बारम्बार जोड दिएको तत्थ्य के हो भने सर्वहारा वर्गीय क्रान्तिकारी पार्टीको निम्ति सिद्धान्त र राजनीतिप्रति निरन्तर लगन, संगठन, अनुशासन र दृढताको परिचय यी अनिवार्य शर्त हुन र निम्न पुँजीवादी क्रान्तिकारीपनका विरुद्धको संघर्षलाई माक्र्सवादी—लेनिनवादी विरोधी धाराका रुपमा लिनुपर्दछ तर साथै उनीहरुलाई निम्न निम्न पुँजीपतिवर्गको “दृष्टिबिन्दु” र “मापदण्ड” लाई परिवर्तन गर्न उनीहरुलाई ‘सर्वहारावर्गिय दृष्टिकोण’ र ‘मापदण्ड’ को आधारमा सैद्धान्तिक र वैचारिक रुपमा प्रशिक्षित, संगठित र आन्दोलित गराउँदै लैजानुपर्छ । किनभने माक्र्सवादका संस्थापकहरु र उनीहरुका अनुयायीहरु लेनिन, स्टालिन र माओले निम्न पुँजीवादी क्रान्तिवादका विरुद्ध बारम्बार संघर्ष गर्नका बाबजुद बेग्ला बेग्लै देश, काल, परिस्थितिमा त्यो नयाँ नयाँ भेषमा आश्चर्य लाग्दोगरी देखा पर्ने गर्दछ, हामीले ती सबै रुपहरु र भेषहरुलाई बेलैमा चिन्दै तिनीहरुका विरुद्ध संघर्ष गरिरहन पर्ने आवश्यकता छ ।
माक्र्स तथा एंगेल्सले जे जसरी उनीहरुका विरुद्धको लडाईमा उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र वीरताको प्रदर्शनप्रति अत्यन्त आदरभाव राख्दा राख्दै उनीहरुको विरोधमा आफूलाई उभ्याउनु प¥यो, त्यसैगरी नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमानमा जवर्जस्त रुपमा अगाडि ल्याइएका समाजवाद र क्रान्तिसम्बन्धी गलत धारणाहरुका विरुद्ध निर्मम संघर्ष चलाउन पर्ने खाँचो छ ।
निम्न पँुजीवादी तत्वहरुले क्रान्तिबारे ल्याएको बहुलट्ठीपनाबारे माक्र्सवाद—लेनिनवादको प्रशिद्ध कृति ‘लेनिनवादका आधारहरु’ मा विस्तृत व्याख्या र विश्लेषण गरिएको छ, जसमा भनिएको छ “विजय खाली अग्रगामी दस्ताका आधारमा मात्र प्राप्त हुन सक्दैन त्यसलाई मात्र निणर्यात्मक युद्धमा होमिदिनु ……..मूर्खता मात्र होइन तर अपराध हुने छ ”