राष्ट्रिय

उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ मंसिर १६ गते गर्ने भनिएको स्थानीय तहको उप निर्वाचनको शसक्त प्रकारले बहिस्कार गर्ने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले कार्तिक २८ गते एक प्रेस वक्तव्य जारी गरी सो कुराको जानकारी गराएका हुन् । वक्तव्यमा अगाडि भनिएको छ । –विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं.२०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको…
Read More
एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड

एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड

काठमाडौं : मंसिर १३ देखि २३ सम्मको पार्टी एकता महाधिवेशन नजिकिदै जाँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पारेको छ । महाधिवेशनको प्रचारको क्रममा नाकाहरुमा होडिङ बोर्डहरु झुण्ड्याइएका छन् भने सडकमा भित्ताहरुमा महाधिवेशनका मूल नाराहरुसहित वाल पेन्टिङ गरिएको छ । काठमाडौं उपत्यका लगायत प्रदेश ३, ५, ४, १ लगायत सबै प्रदेश र जिल्लाहरुमा वालपेन्टिङ र होडिङ बोर्ड झुण्ड्याउने कार्यलाई तीव्र पारिएको छ । महाधिबेशनको प्रचार प्रशारको क्रममा हालै रुपन्देहीको सुनौली नाका र बुटवल बसपार्कमा पनि होडिङ बोर्ड राखिएको छ । रुपन्देहीको बुटवल क्षेत्रको मूल सडकका भित्ताहरुमा पनि भित्ते लेखन सम्पन गरिएको छ । त्यसैगरी रुपन्देही र पाल्पाको सिमाना सिद्धबाबा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

काठमाडौं : एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन'ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा यहाँ उल्लेखित लगायत सम्पूर्ण उद्योगहरु पुनर्सञ्चालन गरी थप विकास गर्न, देशमा रोजगारी नपाएर अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिएको श्रम शक्तिलाई फिर्ता बोलाई यी उद्योगहरुमा रोजगारी दिन र राष्ट्रिय पुँजीको विकास गर्न सम्बन्धित निकायसँग विशेष माग गर्दछौँ । यदि नेपाली जनताको यो मागप्रति बेवास्ता गरियो भने हाम्रो…
Read More
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
Read More
बीपी राजमार्ग भोलिदेखि खुल्ने

बीपी राजमार्ग भोलिदेखि खुल्ने

सिन्धुली : काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ । आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उहाँको भनाइ छ । देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

काठमाडौं : अविरल बर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ५ बुँदे ध्यानाकर्षण गराउनु भएको हो । वक्तव्यमा भनिएको छ, ‘१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।, २) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी…
Read More
भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

काठमाडौ : शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण नेपालभर जनजीवन अस्तव्यस्त भएकोछ। सरकारले लामा दुरीका गाडीहरू नचलाउन सूचना जारी गरेकोछ । राजमार्गहरू अवरुद्ध भएकाले लामा दूरीका गाडी बन्द भएका छन् । हवाई यातायात पनि रोकिएकोछ । वर्षातका कारण डुबान , बाढी ,पहिरोले जनधनको क्षतिको विवरण बढ्दो छ ।भर्खरै नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हाँक टुडेलाईलाई दिएको जानकारी अनुसार ३८ जनाको मृत्यु र २९ जना बेपत्ता भएको रेकर्ड मन्त्रालयमा आएकोछ । उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएकोछ। कोशी ब्यारेजमा पानीको सतह निकै माथि आए पछि ब्यारेज हुँदै चल्ने गाडी रोकिएका छन। मकवानपुरको ईन्द्रसरोबर ताल भरिएको छ ।बाँधको…
Read More
नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मकालागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । असोज ४ गतेलाई मनोनयन तथा १२ गतेलाई निर्वाचन तालिका रहेको महासंघको निर्वाचन प्रक्रिया हाललाई अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । सोही अनुसार निर्वाचन समितिले चुनाव स्थगत गरेको हो । महासंघको निर्वाचन पटक पटक स्थगित हुन पुगेको छ ।
Read More
उपनिर्वाचन मङ्सिर १६ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव ।

उपनिर्वाचन मङ्सिर १६ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव ।

काठमाडौँ, भदौ ३० गते। आइतबार आयोग पदाधिकारीहरूले प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका छन। सरकारसँग स्थानीय तहको उपनिर्वाचन मङ्सिर १६ गते गर्ने प्रस्ताव निर्वाचन आयोगले गरेकाे छ।   भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो।उक्त अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर  स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिनुभएको हो।  स्थानीय तहमा हाल जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधि पद रिक्त  छ। परामर्श भेटपछि आयोगद्वारा…
Read More
वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

काठमाडौं : आगामी मंसीर १३देखि २३ सम्म हुन गईरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन बिहीबार सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा…
Read More