
जेष्ठ १४ , काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य परि थापाले भाकपा (माओवादी)का वासवराजु सहित २८ जनालाई मोदी सरकारद्वारा हत्या गरिनु नृशंस निन्दनीय र भत्र्सना योग्य घटना बताउनु भएको छ ।

थापाले यो घटना कम्युनिष्ट आन्दोलनमा क्षति भएको भन्दै क्षतिलाई उत्साहमा बदल्नु पर्ने आवश्यकतामाथि जोड दिनु भयो । सो कुरा थापाले राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा काठमाण्डौ माइतीघरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै बताउनु भएको हो ।

गत मइ २१ गते भारतीय मोदी सरकारका सुरक्षाकर्मीहरुले छत्तिसगढमा भाकपा –माओवादी महासचिव बसवराजु सहित २८ जनाको हत्या गरेका थिए । छापाहरुमा २७ जना भनिएको भएपनि भाकपा(माओवादी) २८ जनाको हत्या भएको बताएको छ ।

थापाले विरोध कार्यक्रममा बोल्दै भन्नुभयो , “ भाकपा माओवादीको दन्त्य वडा एरिया समितिले जारी गरेको विज्ञप्ति अनुसार वासवरावलाई मुढभेडमा मारिएको थिएन । गिरफ्तार गरेपछि हत्या गरिएको थियो ।

सत्ता प्राप्तिको नजिक पुगेको ,पेरुको जनुद्धको नेतृत्व गरिरहेका पेरुभियाली कम्युनिष्ट पार्टी साइनिङ पाथका अध्यक्ष गोञ्जालोलाई पनि गिरफ्तार गरिएको थियो तर वहाँलाई हत्या नगरिएर आजीवन कारावास राखिएको थियो । गिरफ्तार गरे पछि हत्या गर्नु फासीवादी तरिका हो । ”

नेता थापाले माओवादीहरुको कार्यबारे चर्चा गर्दै भन्नु भयो –“छत्तिसगढको आदिवासी एरियामा माओवादीहरुले त्यहाँका आदिवासी हरुको अधिकारकालागि संघर्ष गर्दै आएका छन् ।

त्यहाँका जमिन्दारहरुबाट जग्गा खोसेर किसानहरुलाई वितरण गर्ने काम गरेका छन् ।भारतको प्रतिक्रियावादी सरकारलाई यो कुरा मन परेको छैन । विगतमा प्रधानमन्त्री मनमोहन सिंहले माओवादी जनयुद्धलाई भारतको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा खतरा बताउँदै यसलाई समाप्त गर्ने भनेका थिए ।

अहिलेको मोदी सरकारले पनि मनमोहनसिंहको नीतिलाई निरन्तरता दिँदै २०२६ सम्म माओवादी समाप्त गर्ने घोषणा गरेको छ । माओवादी हरुश्लाई आत्मसर्मपण गर्न लगाएर स्वयम् माओवादीहरुलाई नै बन्दुक बोकाई आफ्ना साथीहरुलाई हत्या गर्न लगाएको छ । हत्या गरेर मात्र समस्याको समाधान हुनेवाला छैन । ”

थापाले राज्य भनेको वर्गीय दमनको अस्त्र हो भन्दै वर्गसंघर्षबाट नै नयाँ जनवाद र वैज्ञानिक समाजवाद प्राप्त हुने बताउनु भयो ।

अहिलेको परिस्थितिमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति सबैको मूल्याङकन गरेर संघर्षको रुपमामाथि पुनरविचार गर्नु पर्ने समेत थापाको भनाई थियो ।

कतिपय आफूलाई वामपन्थी पार्टी बताउने पार्टीहरुले शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद आउँछ भनेका छन् ।यो दूनियाँलाई हसाउँने कुरा मात्र हो । हामलिे त त्यो कुरा पत्याउँदैनौ नै कम्तीमा प्रतिक्रियावादीले पनि यो कुरा पत्याउँदैन – थापाको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले भाकपा (माओवादी)ले नयाँ जनवादी क्रान्ति अर्थात पूँजीवादी क्रान्ति पूरा गरेर मात्र समाजवाद लागू गर्न सकिने नीति अपनाएको बताउनु भयो ।

वहाँले पनि संघर्षको स्वरुपमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । सुवेदीले हत्याको निन्दा गर्दै दमनले विचारको अन्त्य नहुने बताउनु भयो ।

कार्यक्रममा अखिलनेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण शर्माले हत्याको निन्दा गर्दै सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो । नेकपा माक्र्सवादी पुस्पलालका उपाध्यक्ष अच्युतराज ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भएको घुसपैठले आन्दोलन कमजोर भएको बताउनु भयो ।

विरोध कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरो सदस्य शारदा महतले गर्नु भएको थियो ।

कार्यक्रममा शहादत प्राप्त गर्ने माओवादी नेताहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको शुरु र अन्त्यमा नारा लगाइएको थियो । मइ २१ के छत्तिसगढ हत्याकाण्डको निष्पक्ष छानविन गर, फासिष्ट मोदी सरकार मूर्दावाद ।कार्यक्रममा शहादत प्राप्त गर्ने माओवादी नेताहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको शुरु र अन्त्यमा नारा लगाइएको थियो । मइ २१ के छत्तिसगढ हत्याकाण्डको निष्पक्ष छानविन गर, फासिष्ट मोदी सरकार मूर्दावाद । कमरेड केशवराव जिन्दावाद ,भारतीय विस्तारवाद मुर्दावाद , कम्युनिष्ट अन्तर्राष्ट्रियतावाद जिन्दावाद ,राष्ट्रिय क्रान्तिकारी मोर्चानेपाल जिन्दावाद लगायतका नाराहरु लगाइएका थिए ।
कमरेड केशवराव जिन्दावाद ,भारतीय विस्तारवाद मुर्दावाद , कम्युनिष्ट अन्तर्राष्ट्रियतावाद जिन्दावाद ,राष्ट्रिय क्रान्तिकारी मोर्चानेपाल जिन्दावाद लगायतका नाराहरु लगाइएका थिए ।
