काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका कार्यबहाक महासचिव गौरवले वैशाख ८ गते एक वक्तव्य प्रकाशित गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ –“रामेछाप नगरपालिका वडा नं. ५ स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर निवासी लालकृष्ण श्रेष्ठको ८४ वर्षको उमेरमा हिजो वैशाख ७ गते दिनको १ः३० बजे दुःखद निधन भएको छ । उहाँ एकजना शिक्षा प्रेमी, समाजसेवी र क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य नभए पनि नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यतः जनयुद्धको प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य कमरेड झनक श्रेष्ठका बुबा हुनुहुन्थ्यो । उहाँको श्रीमति, पाँच छोरा र सात छोरीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना क्रान्तिकारी अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका छोरा क. झनक श्रेष्ठ लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”