क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोले फासिबादी मोदि सरकारको गर्यो भन्डाफोर

प्रदिप अस्तानी/बनेपा,काभ्रे : काभ्रेको वनेपामा भाकपा(माओवादी ) महासचिव बसराजको हत्याको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर व्यूरोको आयोजनामा फासीवादी मोदी सरकारको भन्डाफोर गर्दै विरोध कार्यक्रम सम्पन्न भएको छ ।

विरोध सभामा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राम सिंह श्रीसले माओवाद अन्तर्राष्ट्रियवाद भएकोले कसैको हत्या गरेर विचार समाप्त नहुने बताउनु भयो।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी ) हाम्रो भाइचारा पार्टी भएकोले हत्याको विरोध गरेको बताउदै हत्याको विरुद्ध उभिन सबै क्रान्तिकारी जनतालार्इ आह्वान गर्नु भयो।

कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य तथा १० नम्बर ब्युराे इन्चार्ज सुरेश श्रेष्ठले भाकपा (माओवादी) महासचिव बसराजको हत्या युद्ध विरामको समयमा युद्धको नियम विपरित हत्या गरिएकोले दमनपुर्ण हत्याको भत्सर्ना गर्नु भयो।

१० नम्बर ब्युराे सचिव सोमान सिंह तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन ब्युरो सदस्य पुर्ण बहादुर खड्काले गर्नु भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?