राष्ट्रिय

भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

काठमाडौं :सरकारले ल्याको भूमिबैंकको नीति खारेज गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । क्रान्तिकारी किसान महासंघको आयोजनामा काठमाण्डौको होटेल हार्दिकमा “सरकारको भूमि बैंकसम्बन्धी नीति र किसानका जल्दाबल्दा समस्याबारे क्रान्तिकारी किसान महासंघको अवधारणा ” विषयक अन्तरक्रियामा वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले पेश गरेको अवधारणा माथि आफ्नो धारणाहरु राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव सिपी गजुरेलले कार्यक्रम निकै सान्दर्भिक रहेको र वक्ताहरुले जुन धारणा राख्नु भएको छ ,त्यसले किसानहरुको बीचमा जान सजिलो हुने भन्दै किसानरुलाई भूमिबैंकले उत्पादकत्व बढाउने भन्दै सरकारवादी तथा सरकारका पक्षपोषकहरुले किसानहरुमा भ्रम छरेको बताउनु भयो । वहाँले राजनैतिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…
Read More
भाकपा (माओवादी)का महासचिव वसवराजुसहित २८ जनाको हत्याकाे विराेधमा प्रदर्शन

भाकपा (माओवादी)का महासचिव वसवराजुसहित २८ जनाको हत्याकाे विराेधमा प्रदर्शन

जेष्ठ १४ , काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य परि थापाले भाकपा (माओवादी)का वासवराजु सहित २८ जनालाई मोदी सरकारद्वारा हत्या गरिनु नृशंस निन्दनीय र भत्र्सना योग्य घटना बताउनु भएको छ । थापाले यो घटना कम्युनिष्ट आन्दोलनमा क्षति भएको भन्दै क्षतिलाई उत्साहमा बदल्नु पर्ने आवश्यकतामाथि जोड दिनु भयो । सो कुरा थापाले राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा काठमाण्डौ माइतीघरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै बताउनु भएको हो । गत मइ २१ गते भारतीय मोदी सरकारका सुरक्षाकर्मीहरुले छत्तिसगढमा भाकपा –माओवादी महासचिव बसवराजु सहित २८ जनाको हत्या गरेका थिए । छापाहरुमा २७ जना भनिएको भएपनि भाकपा(माओवादी) २८ जनाको हत्या भएको बताएको छ । थापाले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोले फासिबादी मोदि सरकारको गर्यो भन्डाफोर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोले फासिबादी मोदि सरकारको गर्यो भन्डाफोर

प्रदिप अस्तानी/बनेपा,काभ्रे : काभ्रेको वनेपामा भाकपा(माओवादी ) महासचिव बसराजको हत्याको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर व्यूरोको आयोजनामा फासीवादी मोदी सरकारको भन्डाफोर गर्दै विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध सभामा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राम सिंह श्रीसले माओवाद अन्तर्राष्ट्रियवाद भएकोले कसैको हत्या गरेर विचार समाप्त नहुने बताउनु भयो। भारतीय कम्युनिस्ट पार्टी (माओवादी ) हाम्रो भाइचारा पार्टी भएकोले हत्याको विरोध गरेको बताउदै हत्याको विरुद्ध उभिन सबै क्रान्तिकारी जनतालार्इ आह्वान गर्नु भयो। कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य तथा १० नम्बर ब्युराे इन्चार्ज सुरेश श्रेष्ठले भाकपा (माओवादी) महासचिव बसराजको हत्या युद्ध विरामको समयमा युद्धको नियम विपरित…
Read More
जनगणतन्त्रको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

जनगणतन्त्रको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२ जेष्ठ…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

काठमाडौं : कम्युनिष्ट हुनकालागि कम्युनिष्ट कै जस्तो विचार र कम्युनिष्ट कै जस्तो आचरण र जीवनशैली हुनु पर्दछ । कम्युनिष्ट पार्टी भनेको भौतिकवादी दर्शन र सिद्धान्तलाई अंगाल्ने पार्टी हो। लेखाई ,बोलाई र भाषणमा भौतिकवाद तर व्यवहारमा रुढीवाद र अध्यात्मवादलाई अपनाउने गरेका उदाहरणहरु समाजमा प्रशस्त छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्युसंस्कार अपनाएर समाजमा आँट र उहाहरण पेश गर्नु भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहनवैद्य किरणकी आमा जानकादेवी वैद्यको ९९ वर्षको उमेरमा दाङमा वैशाख २४ गते मृत्यु भयो । किरणले परम्परागत मृत्यु संस्कारलाई अपनाउनु भएन । किरणले दर्शनशास्त्र र संस्कृतिको क्षेत्रमा प्रगतिशील संस्कृतिको पक्षपोषण गरेर लेखेका धेरै रचनाहरु…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वरा लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वरा लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यबहाक महासचिव गौरवले वैशाख ८ गते एक वक्तव्य प्रकाशित गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा अगाडि भनिएको छ –“रामेछाप नगरपालिका वडा नं. ५ स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर निवासी लालकृष्ण श्रेष्ठको ८४ वर्षको उमेरमा हिजो वैशाख ७ गते दिनको १ः३० बजे दुःखद निधन भएको छ । उहाँ एकजना शिक्षा प्रेमी, समाजसेवी र क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य नभए पनि नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यतः जनयुद्धको प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ हाम्रो पार्टीका…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

काठमाडौं । काठमाडाैँमा चैत्र १५ गते राजावादीहरुले गरेकाे आन्दोलनका क्रममा भएकाे हिंसात्मक गतिविधिककाे घटनालाई लिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा गरेको छ । साे पार्टीका कार्यबाहक गौरवले शनिबार एक प्रेस–वक्तव्य प्रकाशित गर्दै राजावादीहरूकाे आन्दाेलनमा क्रममा भएकाे हिंसात्मक गतिविधिकाे निन्दा गरेका हुन् । वर्तमान संकटपूर्ण स्थितिको निकास जनगणतन्त्रको स्थापना एक मात्र बिकल्प भएकाे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ – “राजावादी शक्तिहरुद्वारा हिजो १५ गते आयोजित कार्यक्रम तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंशामा बदलिएको छ । दुईजना युवाले अनाहकमा ज्यान गुमाएमा छन्, दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । राजतन्त्रको पुनस्थापनाका नाममा भएका यी गतिविधिको हाम्रो पार्टीले तीव्र निन्दा तथा…
Read More
‘जातीय भेदभाव उन्मूलन दिवस’ मनाइयाे

‘जातीय भेदभाव उन्मूलन दिवस’ मनाइयाे

काठमाडौं । क्रान्तिकारी कम्यूनिष्ट पार्टी ९ नं. ब्यूरोले ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी त्रजातीय ६० औं भेदभाव उन्मूलन दिवस भव्य रुपमा मनाएको छ । एकीकृत दलित मुक्ति मोर्चाको ब्यूरो संयोजक रोशन विसंखेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा पार्टीका ब्यूरो इन्चार्ज दिनेश शर्माले सम्बोधन गरेका थिए । कार्यक्रममा ब्यूरो सचिव चिन्तामणी पौडेलकाे उपस्थित थिए।वेदराज दियालीले संचालन गरेको कार्यक्रममा वक्ताहरूले जातिय भेदभाव उन्मूलनको महासन्धिको ६० बर्षमा पनि समस्या ज्यूँका त्युँ रहेको भन्दै जातिय भेदभावको समस्या सम्पूर्ण रूपमा उन्मूलन गर्न पुनः संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरू कगेन्द्र, इन्चार्ज श्याम केसी, जगदिश्वा महर्जन, केदार खतिवडा, नबराज ढकाल लगायतय…
Read More
जनसम्बन्ध विस्तार अभियानमा जनतासँग क्रान्तिकारी कम्युनिस्ट पार्टी तस्वीरमा हेर्नुहोस चार टोलीको गतिविधि

जनसम्बन्ध विस्तार अभियानमा जनतासँग क्रान्तिकारी कम्युनिस्ट पार्टी तस्वीरमा हेर्नुहोस चार टोलीको गतिविधि

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको डेढ महिने जनसम्बन्ध विस्तार अभियानको आज पाँचौ दिन । केन्द्रीय, व्यूरो र जिल्लाका अभियान टोलीहरु जनताको घर घरमा पुगेका छन् । सहिद परिवारहरुसँग भेटघाट गरेका छन् । सहिदहरुका शालिकहरुमा माल्र्यापण गर्ने, बलिदानलाई उच्च सम्मान गर्ने कार्यहरु भइरहेका छन् । अभियान टोली जनतासँगै श्रमकार्यमा पनि जुटेका छन् । जनभेटघाट, जनश्रम, जनअन्तरक्रिया, कोणसभा, जनसभा, वाल पेन्टिङ, पर्चा वितरण, माइकिङ र जनसंगीतका माध्यमबाट आम श्रमजीवी जनतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँगै यो पार्टीका क्रान्तिकारी विचार र राजनीतिलाई स्थापित गर्ने र जनसंघर्षसँगै जनसंगठनको आधार निर्माण गर्ने कार्यमा सिंगो पार्टीपंक्ति जुटिरहेको छ । -तस्वीरमा अभियान टोली रामसिहं श्रीस‘राजविर’को टोली पूर्व पाँचथरमा हेमन्तप्रकाश…
Read More